माओवादीले अन्तत: फिर्ता लियो सरकारलाई दिएको समर्थन

नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

माओवादीको मंगलवार बसेको स्थायी कमिटी बैठकले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।


Advertisement

सरकारलाई आफूहरूको समर्थन नरहने बताए पनि माओवादीले आजसम्म औपचारिक रूपमा समर्थन फिर्ता लिने निर्णय गरेको थिएन ।

यससँगै वर्तमान सरकार अल्पमतमा परेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली आफैंले विश्वासको मत लिने घोषणा गरिसकेको परिप्रेक्ष्यमा माओवादीले समर्थन फिर्ता लिएको हो ।

पूर्व घोषणा नगरिसकेको अवस्थामा पनि समर्थन फिर्तापछि ओलीले विश्वासको मत लिनुपर्ने थियो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्