साउन ७, २०७९
साँझ करीब ७ बजेतिर आफू हराएको निष्कर्ष निकाल्यो गोपालले । माघ महिनामा साँझ ७ बजेको समय भनेको धेरै नै हो प्रयागराज (गंगायमुना संगम) को होचो भूमिमा । तथापि बिजुलीको उज्यालो र मेलाको रौनकका कारण अँध्यारो मह...
पौराणिक भण्डारमा विशिष्टतम् स्थान छ, शिव महापुराणको । अठार महापुराणमा गणनाको हिसाबले चौथो स्थानमा पर्छ यो पुराण । ब्रह्म महापुराण प्रथम र ब्रह्माण्ड महापुराण अन्तिम मानिएका छन्, यिनमा । यसको अर्थ महत्त्वको हिसावले पनि चौथो स्थानमै पर्छ भन्ने चाहिँ होइन र भन्न पनि हुँदैन । कसारको कुन बोक्रा कुन गुदी ! सारमा सबै बोक्रा सबै गुदी । सबै पुराणको महत्त्व उत्तिकै छ आ–आफ्नो स्थानमा ।
पुराणहरू पुराणपुरुषोत्तम भगवान्को अंगविग्र मानिएका छन्, यसै पनि । यस अर्थमा पनि सबै पुराण समान हैसियतका छन् भन्नैपर्ने हुन्छ । शिरको काम शिरले गर्छ, पाउको काम पाउले गर्छ । न आँखाको काम कानले गर्न सक्छ, न कानको काम आँखाले गर्न सक्छ । हो, कलेबरको हिसाबले साना र ठूला जरुर छन् । जहाँसम्म शिवमहापुराणको कुरा छ कलेबरको हिसावले पनि ठूलो मध्येकै मान्नुपर्छ ।
खासगरी पुराणहरूका पाँच उद्देश्य हुन्छन्, भनिएका छन् पौराणिक ग्रन्थहरूमा । आदि सृष्टिको व्याख्या, पुनःश्रृष्टिको विवेचन, मन्वन्तर कथन, मानव वंश र वंशानुचरित वर्णन नै हुन् तिनका उद्देश्य भनेका ।
यिनै विषयका सेरोफेरोमा घुमेका छन्, पुराणहरू । यद्यपि पुराणका उद्देश्य दशवटा हुन्छन् भन्ने उल्लेख पनि नभेटिने होइन कतैकतै ।
श्रीमद्भागवत महापुराण र ब्रह्मवैवर्त महापुराणमा यसको कथन भेटिन्छ खासगरी । तथापि ती सबै एक अर्कामा अनुस्युत रहेकाले मूलतः पुराणहरूका उद्देश्य पाँचवटै हुन्छन् भन्ने मत प्रबलरूपमा अगाडि आएका छन् । शिवमहापुराणमा पनि यी सबैको सम्यक विवेचन भएका छन् ।
सात खण्ड छन् शिवमहापुराणका, जसलाई संहिता भनिन्छ । यिनमा विद्यासंहिता, रुद्रसंहिता, शतरुद्रसंहिता, कोटीरुद्रसंहिता, उमासंहिता, कैलाशसंहिता र वायवीयसंहिता रहेका छन्, क्रमशः ।
यीमध्ये दोस्रो खण्ड रुद्रसंहिताको पाँच उपखण्ड रहेका छन्, जसमा सृष्टिखण्ड, सतीखण्ड, पार्वतीखण्ड, कुमारखण्ड र युद्धखण्ड रहेका छन् । अन्तिम खण्ड वायवीय संहिताको दुई उपखण्ड छन्, जसमा पूर्व वायवीयखण्ड र उत्तर वायवीयखण्ड पर्छन् ।
शिवमहापुराण नामबाटै प्रष्ट छ शैवपरक महापुराण हो । सृष्टिमा भगवान् शिवको स्थान, मान र विशेषता वर्णन गर्नु यस महापुराणको उद्देश्य हो । यसको अर्थ साम्प्रदायिक सिद्धान्त बोकेको महापुराण हो भन्ने होइन । प्रसङ्ग अनुसार वैष्णव, शाक्त, गाणपत र सौर सबै सम्प्रदायको विवेचन पनि उत्तिकै महत्वका साथ भएका छन् । यस अर्थमा भन्नुपर्दा साम्प्रदायिक सद्भावले युक्त महापुराण हो भन्नुपर्ने हुन्छ यसलाई ।
कतै विष्णु, कतै शिव, कतै शक्ति, कतै गणेश र कतै सूर्यलाई प्रधान शक्ति मानिएको छ, पुराणहरूमा । एउटा प्रधान र अन्य सहायक शक्ति भएर रहेका हुन्छन्, यस्तो अवस्थामा । यसै अनुरूप शिवमहापुराणमा शिवलाई प्रधान र अन्य देवतालाई उनका सहायकको रूपमा विवेचना भएको छ, तर उल्लेख छ जरुर सबैको ।
कुनै विषयवस्तु वा वर्ण्य विषयको आधारमा, कुनै प्रश्नोत्तरकर्ताको नामको आधारमा नामकरण भएका छन्, महापुराणहरूको । तिनमा विषयवस्तुको आधारमा नामकरण भएको महापुराणमा पर्छ, शिवमहापुराण ।
शुरूदेखि अन्त्यसम्म भगवान् शिव नै केन्द्रवर्ती भएर रहेका छन्, यस पुराणमा । यस अनुसार सृष्टिपूर्व पनि शिव नै थिए र महाप्रलय पश्चात् पनि शिवतत्व नै बाँकी रहन्छन् । सृष्टिकर्ता पनि उनै हुन्, प्रलयकर्ता पनि उनै हुन् र स्थिति व्यवस्थापनमा पनि उनकै सर्वोपरि भूमिका देखिन्छ । यिनै कुरालाई अनेक दृष्टान्त तथा कथोपकथनद्वारा प्रस्ट पार्ने काम गरेको छ यस महापुराणले ।
विषयवस्तुको उठान पनि नैमिषारण्य क्षेत्रबाट भएको छ र समापन पनि त्यहीँ भएको छ यस पुराणको । यद्यपि धर्म क्षेत्रमा जम्मा भएका ऋषिहरूले धर्मस्थापनसम्बन्धी प्रश्न गरे भनिएको छ, शुरूमा । जहाँ धर्मको काम र कुरा हुन्छ त्यही नै धर्मक्षेत्र हो । धर्मको चर्चा नैमिषारण्य क्षेत्रमै हुने गरेकाले यसले पनि त्यतै संकेत गरेको प्रस्टै अनुभूत गर्न सकिन्छ । प्रधान प्रश्नोत्तरकर्ता शौनकादि ऋषिहरू रहेका छन् भने उत्तर दिने काम सूतानामा पौराणिकले गरेका छन् प्रायः अन्य महापुराणहरूमा जस्तै ।
पुराणहरू संस्कृत भाषामा लेखिएकाले संस्कृतेतर पाठकलाई केही असहज हुँदै आएको पक्कै हो पुराणको विषयवस्तु बोध गर्ने मामिलामा । यद्यपि केही समय अघिदेखि हिन्दीमा अनुवाद गर्ने क्रम चल्दै नआएको होइन । तथापि नेपाली भाषी पाठकका तिर्खा खासै मेट्न सकेका थिएनन् तिनले, तर हाल आएर त्यो समस्या पनि टरेको छ ।
जयतु संस्कृतम्का वर्तमान अध्यक्ष डा. बद्री पोखरेलले अठारवटै महापुराणको नेपाली भाषामा अध्यायगत सारांश लेखिसकेका छन् । तीमध्ये अधिकांश प्रकाशित भइसकेका छन् । यसैभित्र पर्छ, शिवमहापुराण पनि । यसलाई प्रकाशित गर्ने काम बाबुराम पन्थले गरेका हुन् । वितरणको अभिभारा भने उद्धमकुमार घिमिरे, विश्व स्वतन्त्र सञ्चार, काठमाडौं नेपालले लिएको छ । बाँकी पनि प्रकाशनको क्रममा रहेको बुझिएको छ ।
यस अर्थमा अनुवादक, प्रकाशक तथा वितरक साधुवादका पात्र भएका छन्, भन्नैपर्छ, जसले महापुराणप्रति चासो राख्ने पाठकको प्यास मेट्ने जमर्को गरेका छन् ।
यद्यपि अनुवाद अध्यायगत सारांश भएकाले पुराणको समग्र विषयवस्तु बोध गराउन सक्षम छन्, भन्न नमिल्ला । विस्तृत जानकारीका लागि मूल ग्रन्थकै अध्ययन आवश्यक हुन सक्छ । तथापि चासो जगाउने काम भने पक्कै गरेका छन्, यिनले । अनुवादको आशय पनि यही रहेको बुझिन्छ, भूमिका खण्डबाट ।
साँझ करीब ७ बजेतिर आफू हराएको निष्कर्ष निकाल्यो गोपालले । माघ महिनामा साँझ ७ बजेको समय भनेको धेरै नै हो प्रयागराज (गंगायमुना संगम) को होचो भूमिमा । तथापि बिजुलीको उज्यालो र मेलाको रौनकका कारण अँध्यारो मह...
कवि तथा चर्चित गीतकार बसन्त चौधरीले २०७८ सालको ‘छिन्नलता गीत पुरस्कार’ पाएका छन् । असार २६ गते राजधानीमा वरिष्ठ गीतकार रमोलादेवी शाह(छिन्नलता)को १०० औं जन्मजयन्ती तथा ४० औं छिन्नलता गीत ...
भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलद्वारा लिखित ‘लय छुटेको समय’ नामक पुस्तक सार्वजनिक भएको छ । नेपाली कांग्रेसका केन्द्रीय नेता डा शेखर कोइरालाले शनिबार ...
रमेश थापा यो मेरो सानो देश जहाँ केन्द्रीय सरकार छ यही सानो देशभित्र सात प्रदेश सरकार छन् यही सानो देशभित्र सात सय त्रिपन्न स्थानीय सरकार छन् यही सानो देशभित्र छ हजार सात सय त्रिचालीस वडाहर...
नेपाल मानव धर्म सेवा समितिले २०९औं भानु जयन्तीको अवसरमा अन्तर विद्यालय कविता प्रतियोगिता आयोजना गरेको छ । शनिवार काठमाण्डौंमा आयोजना गरिएको प्रतियोगितामा वेद विद्याश्रमका उत्सव ढुंगाना प्रथम भएका छन् ...
कवि तथा चर्चित गीतकार वसन्त चौधरीले २०७८ सालको ‘छिन्नलता गीत पुरस्कार’ पाएका छन् । असार २६ गते राजधानीमा वरिष्ठ गीतकार रमोलादेवी शाह (छिन्नलता)को १०० औं जन्मजयन्ती तथा ४० औं छिन्नलता गीत...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...