×

NMB BANK
NIC ASIA

गण्डकी प्रदेश खेलकूद परिषद्को लोगो सार्वजनिक

जेठ १, २०७८

NTC
Premier Steels

प्रदेश खेलकूद परिषद् गण्डकीले आफ्नो लोगो सार्वजनिकसँगै रणनीतिक कार्य योजना तय गरेको छ । जुममार्फत आज सम्पन्न एक कार्यक्रममा प्रदेश खेलकूद परिषद्को लोगो सार्वजनिकसँगै रणनीतिक कार्य योजना तय गरिएको हो । 

Muktinath Bank

लोगोमा मूल रुपमा चार विषयलाई झल्काएको छ । नेपालको राष्ट्रिय झण्डा, प्रदेशको भौगोलिक नक्सा, प्रतिकात्मक टर्च लिएर दौडिँदै गरेको खेलाडी, राष्ट्रको गौरवका रुपमा रहेको माछापुच्छ्रे हिमाल र फेवाताल, शान्ति र समृद्धिको प्रतीक नीलो तथा सेतो रङसँगै ओलम्पिक रिङको प्रतीकात्मक सङ्केतलाई एकाकार गरी प्रदेश खेलकूद परिषद्को लोगो परिकल्पना गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त लोगो निर्माणका लागि प्रदेश खेलकूद परिषद्ले सदस्य खगेन्द्र क्षेत्रीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । सोको सदस्यमा केशव पाठक र निर्मला बराल रहनुभएको थियो । प्रदेश खेलकूदका सदस्यसचिव तेजबहादुर गुरुङले भर्चुअल माध्यमद्वारा प्रदेशको लोगो सार्वजनिक गर्दै रणनीतिक कार्ययोजना तयबारे जानकारीसमेत दिएका थिए।


Advertisment
Nabil box
Kumari

सदस्यसचिव गुरुङले प्रदेश खेलकूदको ‘भिजन’, ‘मिसन’, ‘भ्यालुज’ र ‘मोतो’सहित चार वटा रणनितिक आधार तय गरेको जनाउँदै प्रदेश खेलकूद परिषद्ले सार्वजनिक गरेको मिसनमा उत्कृष्ट जीवनशैली, खेल सबैको नैसर्गिक अधिकार, सुशासन, विश्वस्तरको पूर्वाधार र स्रोत परिचालनलाई मूलभूतरुपमा अघि सारेको बताए । 

Vianet communication

“विश्वको २१औँ शताब्दीको खेलकूदसँगै संयुक्त राष्ट्र सङ्घले अघि सारेको सन् २०३० सम्म दिगो विकास लक्ष्य प्राप्ति गर्न हामी सफल हुनेछौँ”, उनले भने, “राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकूद भन्ने मूल दृष्टिकोणलाई प्रदेश खेलकूदको मार्ग चित्रण गरिने छ ।”

प्रदेशका ११ वटै जिल्ला खेलकूदका अध्यक्षसहित पदाधिकारी र प्रदेश खेलकूदका सदस्यको सहभागितामा भएको उक्त भर्चुअल कार्यक्रममा जिल्लाका अध्यक्षले प्रशिक्षण तथा प्रतियोगिता, पूर्वाधार निर्माण, प्रोत्साहन तथा पुरस्कार, कार्यालय व्यवस्थापन र आर्थिक वर्षको बजेट निर्माण तथा नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारीका विषयमा समेत छलफल गरिएको थियो । 

बैठकले कोभिड–१९ का विषम परिस्थितिका कारण समस्यामा रहेका १३औँ दक्षिण एशियाली खेलकूद (साग) र ८औँ राष्ट्रिय खेलकूद प्रतियोगितामा पदकधारी खेलाडीको नामावली सङ्कलनका लागिसमेत प्रदेश खेलकूदले सबैलाई आग्रह गरेको छ । 

कार्यक्रममा भिजनरी इन्टनेशनलका सिइओ इन्द्र गुरुङले गण्डकी प्रदेश देशकै गौरव गर्ने प्रदेशका रुपमा रहेको उल्लेख गर्दै प्रदेशलाई खेलकूदको राजधानीका रुपमा अगाडि बढाउन प्रदेश खेलकूद परिषद्ले बोकेको सपना चाँडै नै साकार हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका निर्देशक कृष्ण तिमिल्सिना, प्रदेशका युवा तथा खेलकूदमन्त्रीका सल्लाहकार ध्वजकुमार गुरुङ, विभिन्न जिल्लाका अध्यक्षले समेत आ–आफ्ना धारणा राखेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x