×

NMB BANK
NIC ASIA

ओमानविरुद्ध फेरि अर्को दुर्लभ विश्व कीर्तिमानको निकट सन्दीप लामिछाने

काठमाडाैं | कात्तिक १७, २०८०

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् ।

Muktinath Bank

यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विकेट लिएर सन्दीपले विश्वकीर्तिमान आफ्नो नाममा लेखाएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्वकप एसिया छनोटको फाइनल खेलमा आगामी आइतवार कीर्तिपुरमा उही ओमानविरुद्ध सन्दीप फेरि टी–२० अन्तर्राष्ट्रियमा पनि सबैभन्दा छिटो एक सय विकेट लिने दुर्लभ कीर्तिमानको नजिक पुगेका हुन् । 


Advertisment
Nabil box
Kumari

विश्वकप छनोटको निर्णायक र महत्वपूर्ण खेलमा सन्दीपले शुक्रवार यूएईविरुद्ध दुई विकेट लिएका थिए । सन्दीपले यी दुई विकेटसँगै ५१ खेलबाट विकेटको संख्या ९६ पुर्‍याएका छन् । अब आइतवार ओमानविरुद्ध सन्दीपले चार विकेट लिन सके ५२ खेलबाट एक सय विकेट पुर्‍याउने छन् ।

Vianet communication
Laxmi Bank

सन्दीपले यो लक्ष्य हासिल गरे यस अघि ५३ खेलबाट एक सय विकेट लिएका अफगानिस्तानका राशिद खानको कीर्तिमान तोडिनेछ । 

null

अब दुई खेलमा चार विकेट लिए सन्दीपले सबैभन्दा छिटो टी–२० एक सय विकेट लिनेमा राशिदसँग बराबरी गर्नेछन् । 

सन्दीपले ५३ खेलमा सबैभन्दा छिटो एक सय विकेट लिने कीतिमान आफ्नो नाममा लेखाउन नसके पनि दोस्रो स्थान भने पक्का गर्नेछन् । किनकि राशिदपछि श्रीलंकाका लाशिथ मालिंगाको नाममा दोस्रो कम ७६ खेलमा एक सय विकेट पूरा गर्ने दोस्रो खेलाडीको रेकर्ड छ ।

एक दिवसीयमा पनि सन्दीपले राशिदकै ४४ खेलको कीर्तिमान ४२ खेलमा पूरा गर्दै तोडेका थिए ।

नेपालले टी–२० विश्वकपमा स्थान पक्का गरेको निर्णायक खेलमा सन्दीपले ४ ओभरमा १ मेडन राख्दै १४ रन दिएर महत्वपूर्ण २ विकेट लिएका थिए । सन्दीपले ओमानविरुद्ध बिहीवार पनि कीर्तिपुरमा २ विकेट लिएका थिए । 

तर सन्दीपले यो प्रतियोगिता अघि नेपालले यूएई र हङकङसँग त्रिदेशीय सिरिज खेलेको थियो । यो सिरिज भने सन्दीपले खेलेका थिएनन् ।

यो सिरिजका ५ खेल खेलेको भए सन्दीपले सहजै विश्वकीर्तिमान आफ्नो नाममा लेखाउन सक्ने थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

फागुन १४, २०८०

'ए ग्रेड'मा परेका ६ जना राष्ट्रिय क्रिकेटरले मासिक १ लाख रूपैयाँ पारिश्रमिक पाउने भएका छन् । नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय कार्यसमिति बैठकले कप्तान रोहित पौडेलसहित ६ खेलाडीले मासिक १ लाख रुपैय...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x