०५ साउन २०८३, मंगलबार

फेरि गयो ५.३ म्याग्‍निच्यूडको भूकम्प

फेरि गयो ५.३ म्याग्‍निच्यूडको भूकम्प

बुधबार दोस्रो पटक भूकम्प गएको छ । लमजुङको भुलभुले केन्द्रबिन्दु भएर  ८ बजेर २६ मिनेट जाँदा दोस्रो पटक भूकम्प गएको हो । भूकम्प ५.३ म्याग्‍निच्यूडको गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

बुधबार बिहान ५ बजेर ४२ मिनेटमा पनि भुलभुले नै केन्द्रबिन्दु भएर ५.८ म्याग्नेच्यूडको भूकम्प मापन गरिएको थियो । 

बुधबार बिहान पहिलो पटक गएको भूकम्पमा परी ३ जना घाइते भएका छन् । प्रहरीका अनुसार जिल्लाका मर्स्याङ्दी गाउँपालिकाका ४० वर्षीया उमा गुरुङसहित ३ जना सामान्य घाइते भएका हुन् । 
प्रहरीका अनुसार भूकम्पबाट केही कच्चीघरहरु भत्किएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्