×

NMB BANK
NIC ASIA

लकडाउन डायरी - भाग ५

बैंकर्स एसोसिएसनका अध्यक्षको लकडाउन डायरी– ‘घरभित्रै पनि इन्टरनेटको सहायतामा कुरा गर्नुपर्‍यो’

जेठ १७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना संक्रमण दिनानुदिन बढ्दै गइरहेको छ । बैंक तथा वित्तीय संस्थाहरूले सीमित कर्मचारी राखेर काम गरिरहेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

कोरोना महामारीको दोस्रो लहरका क्रममा धेरै बैंकर्सहरू संक्रमित भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसबीचमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवं नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालको परिवारमा पनि कोरोना संक्रमण भयो ।


Advertisment
Nabil box
Kumari

खुशीको कुरा, अहिले उनको परिवारका सदस्यहरू कोरोना संक्रमणमुक्त भइसकेका छन् ।

Vianet communication
Laxmi Bank

निषेधाज्ञा अवधिमा केकस्ता कामहरू गरियो ? सीईओ दाहालले आफ्ना अनुभव यसरी सुनाए :

‘हामीले कुराकानी गर्दा पनि इन्टरनेटको सहायता लिनुपर्ने अवस्था आयो । श्रीमती तथा छोरासँग मैले म्यासेन्जरमा नै नियमित कुरा गरिरहेँ । सँगै बसेर गफ गर्न पाइनँ ।’ 

लोकान्तरको लकडाउन डायरीका लागि सानिमा बैंकका सीईओ भुवन दाहालसँग लोकान्तरकर्मी परिवर्तन देवकोटाले गरेको कुराकानीको सम्पादित अंश उनकै शब्दमा :

भुवनकुमार दाहाल
सीईओ, सानिमा बैंक
अध्यक्ष, नेपाल बैंकर्स एसोसिएसन

निषेधाज्ञा शुरू भएपछि नै हामीले अफिसका साथीहरूको कार्यविभाजन गर्‍यौं । कसले घरबाट, कसले अफिसबाट काम गर्ने भन्ने छुट्याइएको छ । यसमा पनि एक–एकजना सिनियर कर्मचारी भने दैनिक रूपमा पालैपालो अफिस जाने कार्यसूची राखिएको छ ।  अरू कर्मचारीहरू भने घरबाटै काम गरिरहनुभएको छ । 

केही दिन अगाडि मेरो श्रीमती सरिता दाहालमा पनि कोरोना संक्रमण पुष्टि भयो । गत अघिल्लो सोमवार मात्रै उहाँ कोरोनामुक्त हुनुभएको छ ।

उहाँलाई संक्रमण भएपछि म एक हप्ता बिदा लिएर बसें । म पनि क्वारेन्टीनमै बसें । 

परिवारकै सदस्यलाई कोरोना संक्रमण भएपछि हामी चिकित्सक डा. अनुप सुवेदी (ह्याम्स अस्पताल)सँग फोनमा सम्पर्कमा रह्यौं ।

लक्षणसहित संक्रमण भएपनि अस्पताल जानुपरेन । 

यसैबीचमा छोरालाई पनि रुघाखोकी र ज्वरो आएपछि उसलाई आइसोलेसनमा राखियो । 

बैंकमा बिदा लिएपनि एसोसिएसनका केही काममा म आफैं संलग्न भएँ । बिहान बेलुका अफिसको मेलहरू चेक गर्ने गर्छु । अफिसमा के भइरहेको छ, यसमा चासो दिइरहन्छु । त्यसकारण पनि खासै फुर्सद जस्तो महशुस भएको छैन ।

म बिहान ५ बजे अगाडि नै ब्युँझिसक्छु । त्यसपछि उठेर बिहान २ गिलास मनतातो पानी पिउँछु । त्यसपछि सूर्यनमस्कार गर्छु । श्वासप्रश्वासको एक्सरसाइज १० /२० पटक गर्छु । अरू खासै एक्सरसाइज गर्दिनँ ।

कहिलेकाहीँ म छोरासँग घरको छतमा क्रिकेट खेल्छु । फूटबल पनि कहिलेकाहीँ खेल्छु । स्कूले जीवनमा म गोलकिपर भएर फूटबल खेल्थें । 

यसपटक आइसोलेसनमा, क्वारेन्टीनमा बस्दा के गर्नुपर्छ भन्ने विषयमा अध्ययन गर्ने अवसर पाएँ । चीनको कोरोना खोपको साइडइफेक्टमा पनि केही अध्ययन गरेँ । 

हामीले परिवारभित्रै कुराकानी गर्दा पनि इन्टरनेटको सहायता लिनुपर्ने अवस्था आयो ।

श्रीमती तथा छोरासँग मैले म्यासेन्जरमा नै नियमित कुरा गरिरहेँ । सँगै बसेर गफ गर्न पाइएन । घरमै एकअर्कालाई भेट्दा मास्क लगाएर भेट्नुपरेको छ । 

संक्रमणको अवस्थामा हामीले परिवारमा कसरी सकारात्मक सोच ल्याउन सकिन्छ भन्नेतर्फ ध्यान दियौं । म क्वारेन्टीनमा । श्रीमती र छोरा फरक–फरक आइसोलेसनमा थियौं । म्यासेन्जरमा अनुहार चाहिँ देखाइरहन पर्छ है भन्थ्यौं । जोकहरू शेयर गरिरहन्थ्यौं । राम्रा चलचित्र, सफलताका कथाहरू शेयर गर्ने जस्ता काम गरिरह्यौं । 

यसबीचमा सानिमा बैंकका करीब ३ सयजना कर्मचारीमा कोरोना संक्रमण भएको छ । उनीहरू सबैलाई मैले फोन सम्पर्क गर्ने, हौसला दिने काम गरिरहेँ । मेरो घरमा पनि संक्रमित हुनुहुन्छ, आत्तिनु हुन्न, केही हुँदैन भनेर सन्देश दिइरहेको छु ।

निषेधाज्ञाको अवधिमा केही पुस्तक पढ्छु भन्ने लागेको थियो । तयारी पनि गरेको थिएँ, तर नियमित मोबाइल फोन बजिरहने हुनाले त्यता ध्यान दिनै सकिनँ । डीआर अम्बेकरको बुद्धबारे लेखिएको एउटा पुस्तक, श्रीलंकाको भिक्षुको बुद्धबारे लेखिएको पुस्तक डाउनलोड गरेर केही पढेँ पनि । तर फोन र म्यासेजका कारण समय दिन सकिनँ । 

तर यसबीचमा मैले बलिउड चलचित्र पीके, ओ माइगड हेरें । सादीकी पहली रात भन्ने पाकिस्तानी शर्ट मूभी मैले हेरें ।

पीकेमा हाम्रो समाजमा भएका विकृति विसंगतिलाई व्यंग्य हानेको छ भने ओ माइगडमा धार्मिक रूपमा अन्धभक्तता र विसंगतीलाई व्यंग्य हानिएको छ । यस्तै सादीकी पहली रात पनि निकै रमाइलो लाग्यो ।

म आध्यात्मिक व्यक्ति त हैन, तर मलाई बुद्ध र बुद्धका शिक्षाप्रति झुकाव छ । धर्मप्रति रुचि छैन । हिन्दू धर्ममा हुने पूजापाठ त पाखण्ड जस्तै लाग्छ ।

हामीकहाँ खाना पकाउने वा किचेनका काम गर्नका लागि कर्मचारी राखिएको छैन । हामी मिलीजुली नै काम गर्छौं । अहिले परिवारभित्रका सदस्यहरूबाट नै खाना बनाउँछौं ।

मैले अहिले २/४ जनाले खाएको भाँडाकुँडा आफैंले माझ्ने गरेको छु । यसअघि पनि मैले आफूले खाएको भाँडा आफैं माझ्ने गर्थें । अहिले भाडाँकुडा माझ्ने, कोठा सफा गर्ने काम मैले गरिरहेको छु ।

हामी कहीँ न कहीँ स्वास्थ्य मापदण्डमा चुकेकै कारण मेरो परिवारलाई कोरोना संक्रमण भएको हो । त्यसकारण हामीले सिकेको सबैभन्दा महत्त्वपूर्ण कुरा घरमै बस्दा पनि मास्क लगाउनुपर्ने रहेछ । अझै सम्भव भएसम्म एउटा कोठामा एक जनामात्रै बस्ने संस्कार कोभिड रहुञ्जेल बसाल्नुपर्छ जस्तो लाग्छ । 

हाम्रो परिवारमा आमाबाहेक सबैले कोरोना विरुद्धको खोप लगाइसकेका थियौं ।

त्यसकारण हामीलाई कोरोना सर्दैन भन्ने आत्मविश्वास बढाउने काम यसले पनि गर्दोरहेछ । त्यसैले सम्भव भएसम्म सबैले कोरोना खोप लगाउन म आग्रह गर्दछु । 

बैंकमा फ्रन्टलाइनमा काम गर्ने कर्मचारीहरूले स्वास्थ्य मापदण्डको पूरा पालना गरेर, मास्क लगाएर काम गर्ने गर्नुहुन्छ ।

हाम्रै बैंकमा पनि फ्रन्टलाइनमा भन्दा पनि ब्याक अफिसमा काम गर्ने साथीहरूले कम शतर्कता अपनाउनुभयो कि जस्तो देखिन्छ ।

मेरो श्रीमती पनि कृषि विकास बैंकमा काम गर्नुहुन्छ । उहाँ पनि मापदण्डमा कतै चुक्नुभयो जस्तो लाग्छ । त्यसकारण स्वास्थ्य मापदण्डको पूर्ण पालना अहिलेको अनिवार्य आवश्यकता हो  ।

 



 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x