३१ जेठ २०८३, आइतबार

मनाङमा बाढीपहिरोमा फसेका ३५ जनालाई हेलिकप्टरमार्फत उद्धार

असार ३, २०७८
मनाङमा बाढीपहिरोमा फसेका ३५ जनालाई हेलिकप्टरमार्फत उद्धार

विगत ३ दिनदेखि मनाङमा बाढीपहिरोमा फसेका ३५ जनालाई बिहीवार हेलिकप्टरद्वारा उद्धार गरिएको छ ।

मौसममा आएको खराबीका कारण यसअघि त्यस क्षेत्रमा हेलिकप्टर जान सकेको थिएन । 

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार नेपाली सेनाको हेलिकप्टरमार्फत सिरानतालका २४ जना र थोंचेको गुम्बामा ११ जनाको उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ ।

विघटित प्रतिनिधिसभा सदस्य पाल्तेन छोपाङ गुरुङको पहलमा सो उद्धार सम्भव भएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्