×

NMB BANK
NIC ASIA

कोरोना संकट

निषेधाज्ञामा नाई मजदुरको चित्कार– भोकै मर्ने भइयो, हामीलाई पनि हेरिदिनुपर्‍यो [भिडियो रिपोर्ट]

असार ११, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरस (कोभिड- १९) संक्रमण फैलिन नदिन भन्दै घोषित निषेधाज्ञाका कारण अन्य कैयन क्षेत्रजस्तै सैलुन र ब्युटीपार्लर पनि पूर्ण प्रभावित भएको छ ।

Muktinath Bank

अघिल्लो वर्ष महिनौं प्रभावित भएको व्यवसाय लयमा फर्किन नपाउँदै करीब २ महिनादेखि पूर्णरूपमा ठप्प बनेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले निषेधाज्ञालाई विस्तारै खुकुलो बनाए पनि यी व्यवसायलाई भने सञ्चालन अनुमति दिएको छैन । जसका कारण यसमा आश्रित व्यक्ति र उनीहरूको परिवारलाई हातमुख जोर्न पनि समस्या हुन थालेको छ ।


Advertisment
Nabil box
Kumari

यस्तै पीडा भोग्ने मध्येका एक हुन्, २४ वर्षका सुनिल ठाकुर ।

Vianet communication
Laxmi Bank

घरायसी कारणले बीचमै पढाइ छाडेका ठाकुरले कपाल काट्ने पुर्ख्यौली पेशा अंगाले । कमाइ राम्रै थियो ।

अहिले आएर कोरोना महामारीका कारण हातमुख जोर्नै समस्या हुन थालेको छ ।

महामारीमा व्यवसाय बन्द भएपछि उनका बुवा काठमाडौं छाडेर घर फर्किसकेका छन् ।

अघिल्लो लकडाउनमा त घरमै पुगेर पनि कपाल काटेका उनी अहिले कसैले घरमा नबोलाउँदा थप समस्यामा छन् ।

मान्छेहरूले आफैंले मशिन किनेर टाटेपांग्रे भएपनि कपाल काटेर हिँड्न थालेको उनको गुनासो छ ।

निषेधाज्ञाका कारण भोकै मर्नुपर्ने अवस्था आउन लागेको दुखेसो ठाकुरले पोखे ।

लेडिज पार्लर चलाउँदै आएकी फूलचरण कुमारीको पीडा पनि उस्तै छ ।

नेपाल पिछडा वर्ग समाजको कोषाध्यक्ष समेत रहेकी उनलाई अहिले बच्चाको फी, कोठा भाडा र रासनका लागि पैसा कहाँबाट जुटाउने भन्ने चिन्ता छ ।

भोकै मर्नुपर्ने अवस्था आएको भन्दै उनले सडक संघर्ष चर्काउनुको विकल्प नरहेको बताइन् ।

आदित्य ठाकुर १६ वर्षका भए। उनी १० कक्षामा पढ्दैछन् । पढाइसँगै बुवालाई सघाउने इच्छाले कपाल काट्ने काम सिक्दै थिए ।

तर बीचमै आएको कोरोना महामारीका कारण उनले काम सिक्न पाएनन् ।

त्यसमाथि बुवाको समेत काम बन्द हुँदा परिवार चलाउनै मुस्किल परेको ठाकुरको गुनासो छ ।

धनुषाका देवन्त ठाकुरलाई पसल खोल्न नपाएको भन्दा बढी चिन्ता मानिसहरूले घरघरमै मशिनले कपाल काट्न थालेपछि भएको छ ।

घरमा पाँचजना बालबच्चा उनीसँग आश्रित छन् । कमाइको बाटो बन्द हुँदा अब सामान प्याक गरेर गाउँ फर्किनुपर्ने अवस्था आएको गुनासो उनले गरे ।

पीपीई सेट लगाएरै भएपनि काम गर्न तयार रहेको भन्दै ठाकुरले आफूहरूको पेशा बचाइदिन सरकारसँग आग्रह गरे ।

प्रधानमन्त्री, मन्त्रीदेखि जनतासम्म सबैलाई कपाल काट्नु परे पनि अहिलेसम्म कसैको ध्यान आफूहरूतर्फ नगएको नाई मजदुरहरूको गुनासो छ ।

सरकारबाट उपेक्षित महशुस गरिरहेका उनीहरूले सावधानी अपनाएर व्यवसाय चलाउने भन्दै सरकारसँग व्यवसाय सञ्चालनको अनुमति मागिरहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x