०१ असार २०८३, सोमबार

कैलालीमा ‘महाप्रस्थान यान’ सञ्चालन

कैलालीमा ‘महाप्रस्थान यान’ सञ्चालन
तस्वीरः रासस

कैलालीमा निःशुल्क ‘महाप्रस्थान यान’ शुक्रबारदेखि सञ्चालनमा ल्याइएको छ । कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा व्यवसायी गोपाल हमालले ३० लाख रूपैयाँ लागतमा सो ‘यान’ सञ्चालनमा ल्याएका हुन् । 

हमालले आज एक कार्यक्रम गर्दै यान सञ्चालनको जिम्मा पाएका सामाजिक अगुवा सिद्धराज पनेरुलाई यानको चाबी हस्तान्तरण गरे । 

धनगढीमा शव बोक्ने उपयुक्त वाहन नहुँदा मृतकका आफन्तजनले भोग्दै आएको समस्यालाई मध्यनजर गर्दै ‘महाप्रस्थान यान’ नाम दिएर वाहन सञ्चालनमा ल्याएको हो । 

सो यान धनगढी उप-महानगरपालिकास्थित मोहना नदी आर्यघाट, गोदावरी नदी आर्यघाट, खुटिया, कञ्चनपुरको महाकाली आर्यघाटसम्म सञ्चालन हुने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्