०५ साउन २०८३, मंगलबार

एमाले कार्यदलद्वारा पार्टी विवाद अन्त्य गर्दै १० बुँदे सहमति

एमाले कार्यदलद्वारा पार्टी विवाद अन्त्य गर्दै १० बुँदे सहमति

एमालेभित्रको जारी विवाद समाधान गर्न १० बुँदे सहमति भएको छ । एमालेको विवाद समाधान गर्न गठित कार्यदलको आइतबार ११ घण्टा लामो समय बसेको बैठकले १० बुँदे सहमति गरेको नेता भीम रावलले जानकारी दिए ।
सहमतिअनुसार पार्टीभित्रको कटुतापूर्ण अवस्थालाई विधिसम्मत ढंगले समाधान गर्दै अघि बढिने भएको छ ।
यस्तै पार्टीका सबै तहका कमिटी, निकाय र जनसंगठनहरु नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्था बमोजिम ०७५ जेठ ३ को अवस्थामा फर्किने सहमति गरिएको छ ।
यसैगरी माओवादीबाट एमालेमा प्रवेश गरेकाहरुलाई तत्कालीन नेकपा हुँदाको बखत जुन कमिटीमा थिए सोही अनुसारको जिम्मेवारी एमालेमा दिने भनिएको छ ।

यस्तै कार्यदलले गरेको १० बुँदे सहमतिको छैठौ नम्बरमा सर्वोच्चमा विचाराधीन मुद्दाबारे उल्लेख छ । ‘प्रतिनिधि सभाको विघटन सम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र सरकारका सम्बन्धमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं सस्थागत निर्णय अनुरुप हामी अगाडि बढ्ने छौं’ सहमतिमा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्