×

NMB BANK
NIC ASIA

गाडिएका पोल कुहिएर फेरिसके, तर मोरङको भोगटेनीमा अझै बलेन बत्ती

साउन १, २०७८

NTC
Premier Steels

बिजुलीको पोल गाडिएको र तार टाँगिएको लामो समय बित्दा पनि बत्ती बाल्न नपाउँदा मोरङको लेटाङ नगरपालिका वडा न. १ भोगटेनीका बासिन्दा निराश बनेका छन् ।

Muktinath Bank

चुनावमा गाउँ आइपुग्ने नेताहरूले बत्ती बल्छ भनेर आश्वासन दिएपनि आजसम्म पूरा नभएको स्थानीयको गुनासो छ । सरकार परिवर्तन हुँदा र नयाँ मन्त्री आउँदा स्थानीयमा आशा पलाउँछ, केही समय बित्न नपाउँदै निराशामा बदलिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘चुनावमा हामीलाई जिताउनुभयो भने बिजुली आउँछ भनेर भन्छन्, तर जितेर गएपछि फर्केर पनि हेर्दैनन्,’ स्थानीय ८० वर्षीय वृद्ध जगबहादुर लिम्बूले दुखेसो पोखे ।


Advertisment
Nabil box
Kumari

घरमा झिलीमिली बत्ती बाल्ने र टिभीमा बत्ती बालिदिनेहरूको अनुहार हेर्ने उनको धोको छ ।

Vianet communication

शुरूमा तत्कालीन ऊर्जामन्त्री वर्षमान पुन अनन्तले केही बजेट पारिदिएपछि लेटाङ नगरपालिकाबाट बजेट थप गरी पोल गाड्ने र तार टाँग्ने काम भएको थियो ।

शुरूमा गाडिएका पोल बत्ती बाल्न नपाउँदै कुहिए । त्यसपछि दोस्रोपटक गाडिएका पोलसमेत ढल्न थालेका छन् । 

बत्ती बाल्ने सपना देखेका भोगटेनीका करीब ३ सय घर परिवार लामो समयदेखि बिजुलीको पोल र तार हेरेर अन्धकारमा रात बिताउन बाध्य छन् ।

बिजुली नहुँदा कष्टकर जीवन बिताउन बाध्य भएको स्थानीय गृहिणी आइतमाया लिम्बूले बताइन् । 

महिलाहरू अझै ढिकी जाँतो गर्दैछन् ।

‘गाउँमा कुटानी पिसानीका लागि मिल छैन,’ आइतमाया भन्छिन्, ‘ढिकी जाँतोकै भरमा चलेका छौं । मिल धेरै टाढा भएकाले जान/आउन समेत समस्या हुने गरेको छ ।’

पोल गाडेर, तार टाँगेपनि ट्रान्समटिर पुग्न नसक्दा बत्ती नबलेको हो ।

‘बिजुली बत्ती नआउँदा उद्योग धन्दा खोल्ने कुरा त परै जाओस्, सिञ्चाइका लागि पम्प सेट राखेर पानी तान्न नपाउँदा खेतबारी समेत बाँझै छन्,’ स्थानीय युवा राजकुमार लिम्बूले भने ।

यता लेटाङ नगरपालिकाका प्रमुख शंकर राई भने कोरोना महामारीका कारण उक्त गाउँमा बिजुली बत्ती पुर्‍याउन ढिलाइ भएको दाबी गर्छन् ।

मोरङ जिल्लालाई सुगम जिल्लाका रूपमा लिने गरिन्छ । काठमाडौं पछि भौगोलिक सुगमताका आधारमा मोरङको नाम आउँछ । तर त्यही सुगम जिल्लाका नागरिकहरू भने अन्धकारमा रात बिताउन बाध्य छन् ।

प्रदेश राजधानी रहेको जिल्लाका बासिन्दाको यो हालतले अन्य विकट जिल्लाहरूमा कस्तो अवस्था होला भन्ने प्रश्न उब्जाउँछ ।

हुनेखानेले सोलारबाट बत्ती बालेका छन् । विपन्नहरू भने अझै टुकीको सहारामा जिउन छन् ।

लेटाङ मात्र होइन, मिक्लाजुङ, केराबारी लगायतका स्थानीय तहमा समेत कतिपय गाउँमा बिजुली पुग्न सकेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x