×

NMB BANK
NIC ASIA

विवादको भुमरीमा अर्थमन्त्री

वर्षमानको जोडबलमा सुन तस्करलाई छुटाउन हतारो !

काठमाडाैं | फागुन ३०, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ ।

Muktinath Bank

अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फाइल बुझाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक वर्षको अवधिमा पटक-पटक गरी भएको उक्त तस्करी मुख्य नाइके जीवनकुमार गुरुङ विभागको हिरासतमा छन् । गुरुङसँग अर्थमन्त्री पुनको ११ पटक फोन संवाद भएको प्रमाण भेटिइसकेको छ ।


Advertisment
Nabil box
Kumari

भन्सार विभागमा रहेको मुद्दा कमजोर पार्न पुनले भूमिका खेलेका हुन् । गुरुङको मुद्दाको फाइल हतार-हतार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको हो ।

Vianet communication
Laxmi Bank

संगठित अपराधमा अनुसन्धानका लागि ६० दिनको समय हुन्छ । यही फागुन १४ गते पक्राउ परेका गुरुङको फाइल २ साताभित्रै सरकारी वकिलकोमा पुगेको छ । 

अनुसन्धान गरिराख्दा आफ्नो सहभागिताका थप प्रमाण भेटिने डरले अर्थमन्त्रीको दबाबमा अनुसन्धान टुंग्याइएको स्रोतको दाबी छ ।

गुरुङको मुद्दासम्बन्धी फाइल आफूहरूकोमा आइपुगेको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख सह-न्यायाधिवक्ता सन्देश श्रेष्ठ बताए ।

'भन्सारले अनुसन्धान सकेर फाइल यहाँ पठाएको छ,' श्रेष्ठले लोकान्तरसँग भने, 'अब हामी मुद्दा प्रक्रियामा अगाडि बढ्छौं ।'

मुद्दा कमजोर बनाइएको विषय भने आफूलाई थाहा नभएको उनले बताए ।

'अनुसन्धान सकेपछि फाइल यहाँ आउने सामान्य प्रक्रिया हो । अनुसन्धानबाट के-के पत्ता लाग्यो भन्ने कुरा मैले फाइल पूरै अध्ययन गरेपछि मात्र थाहा हुन्छ । मुद्दा कमजोर या बलियो भन्ने हुँदैन । अनुसन्धान गर्दा जे देखियो, त्यही मुद्दा बन्ने हो ।'

उनले मुद्दा चलाउने सिफारिसका साथ फाइल आएको र मुद्दा अघि बढ्ने जिकिर गरे ।

६० केजी सुन तस्करी प्रकरणमा सीआईबीले अनुसन्धान गरेको थियो । तर, गुरुङको मुद्दा भने पुनकै दबाबका कारण सीआईबीलाई दिइएन ।

अर्थमन्त्रालय मातहत रहेको विभागबाटै गुरुङलाई रिहा गराउने पहल सफल हुन नसकेपछि मुद्दा कमजोर बनाएर सरकारी वकिलको कार्यालयमा फाइल पुर्‍याइएको विभाग स्रोत बताउँछ ।

'पहिला त पक्राउ गर्नै समय लगाइयो । दोस्रो, पक्राउ परेपछि तत्काल रिहा गर्न र बाहिरै राखेर अनुसन्धान गर्न दबाब आयो । तेस्रो, अहिले मुद्दा कमजोर गराएर छिट्टै अदालत लैजाने र सफाइ दिने प्रपञ्च भइरहेको छ,' नाम उल्लेख नगर्ने शर्तमा विभागका एक कर्मचारीले भने ।

सुन तस्करी प्रकरणमा अर्थमन्त्री पुनको सहभागिता रहेको खुलासा गर्दै लोकान्तरले मंगलवार समाचार लेखेको थियो ।

गत मंसिर २१ गते फ्लाइ दुबईमार्फत ल्याइएको १४ किलो सुन विमानस्थलबाट बरामद गरिएको थियो । त्यसमा संलग्न रहेको भन्दै गोरखाका चन्द्र घले पक्राउ परे ।

अनुसन्धानका क्रममा मुख्य नाइकेका रूपमा पहिचान भएका गुरुङ भने फरार भए । पछि आएर फागुन १४ मा उनलाई पक्राउ गरियो ।

१४ किलो सुनबारे अनुसन्धान गर्न विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन भएको थियो ।

उक्त समितिले पछिल्लो १ वर्षमा भएको १ सय ३८ किलो सुन तस्करीमा गुरुङ, चन्द्र घले, मीनबहादुर घले र कृष्णकुमार श्रेष्ठ संलग्न रहेको निष्कर्ष निकालेको थियो ।

गुरुङसँग अर्थमन्त्री पुनको ११ पटक फोन संवाद

भन्सारको हिरासतमा रहेका गुरुङसँग जोडिएका अर्थमन्त्री पुनको पनि सहभागिता देखिने आधार लोकान्तर डट्कमले फेला पारेको छ ।

विशेष स्रोतबाट प्राप्त सीडीआर (कल डिटेल रेकर्ड) मा सन् २०२३ जनवरी १ देखि डिसेम्बर ३१ सम्म गुरुङ र पुनबीच ११ पटक फोनमा कुराकानी भएको देखिन्छ ।

पुनको मोबाइल नम्बर ९८५११०२**२ बाट गुरुङको मोबाइल नम्बर ९८६९०००**४ मा ४ पटक फोन गएको छ भने गुरुङले ७ पटक पुनलाई फोन गरेका छन् ।

यसबारे प्रतिक्रिया लिन खोज्दा अर्थमन्त्री पुन सम्पर्कमा आउन चाहेनन् ।

२०७९ मंसिरपछि अहिलेसम्म भएको १ सय ३८ किलो सुन तस्करीका मुख्य योजनाकार गुरुङ पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका परराष्ट्र सल्लाहकार थिए ।

उनी प्लाटिनम कलेजका सञ्चालक समेत हुन् ।

पढ्नुहोस्, यो पनि:

१३८ किलो सुन तस्करीमा वर्षमानको 'कनेक्सन'– हिरासतमा रहेका मुख्य नाइकेसँग ११ पटक फोन !
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x