राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गरेर टिकटक बनाउने पक्राउ

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गरेर टिकटक बनाउने पक्राउ
प्रतिकात्मक तस्वीर

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्रीको फोटो जोडेर ट्रोल भिडियो बनाई सामाजिक सञ्जाल ट्विटरमा पोस्ट गरी चरित्र हत्या गर्ने व्यक्तिलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ ।


Advertisement

प्रहरीले झापाको मेचीनगर नगरपालिका–६ बस्ने सोमप्रसाद घिमिरेलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा पक्राउ गरेको हो ।


Advertisement

आरोपी घिमिरेलाई थुनामा राख्न अदालतबाट ७ दिने म्याद थप गरी अनुसन्धान भइरहेको साइबर ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्