माघ ८, २०८०
राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...
पञ्च फुरण आलु र चाम्रे खाने हाम्रो पुरानो संस्कार हो । पहाडी जिल्लामा यो परिकार अहिले पनि निकै लोकप्रिय छ ।
खेतालालाई होस् या ज्वाइँ मेजमानी नै किन नहोस्, झटपट खाजाका लागि यो पञ्च फुरण आलु र चाम्रे निकै उपयोगी र मन पराइएको सेट हो ।
पञ्च फुरण आलुको चर्चरे बनाउन चाहिने सामाग्रीः
२ वटा मध्यम खालको रातो आलु, तोरीको तेल ६० एमएल, पञ्च फुरण मसला (मेथि, जिरा, सोप, जंगली सेलरीको गेडा/राधुनी अथवा सर्सोको गेडा, प्याजको गेडा/निगेला/कलञ्जी) १ चिया चम्चा, नून स्वाद अनुसार, सुकेको खुर्सानी ४ पिस, बेसार आधा चिया चम्चा ।
पञ्च फुरण आलुको चर्चरे बनाउने विधिः
आलुलाई पखालेर ताछ्ने र पातलो डाइमण्ड सेभमा काट्ने । पानीमा भिजाएर १ साइड लगाउने । बाक्लो कराइ तताएर तेल हाल्ने र पन्च फुरण फुराउने । सँगै सुकेको खुर्सानी पनि पड्काउने र काटेको आलु ओइराइदिने । एकछिन भुट्नासाथ पानी सुक्खा हुन्छ र बेसार, नून, खुर्सानीको धुलो हालेर चलाउँदै छोपेर पकाउने ।
चाम्रे बनाउन चाहिने सामग्रीः
कुनै पनि ब्राण्डको लामो साइजको बासमती चामल–आधा किलो, शुद्ध नेपाली घ्यू ३ चिया चम्चा, बेसार १ चिया चम्चा, चिनी आधा कप, पानी आवश्यकता अनुसार ।
चाम्रे बनाउने विधिः
सर्वप्रथम चामल पखालेर एकछिन भिजाउने । प्रेसर या बाक्लो कसौडी तताएर घ्यू पगाल्ने र मेथि फुराउने । पानी छानेर चामल भुट्ने र राम्ररी पानी सुक्खा हुनासाथ आवश्यकता अनुसार पानी हाल्ने र चिनी हालेर चलाउने । मध्यम आचमा ओयल डन हुने गरी पकाउने र तातो–तातो पञ्च फुरण चर्चरे आलु, गोलभेडाको सिलाउटे अचार, काक्रो, मुला, गाँजरको अचारको साथमा सर्भ गर्ने ।
राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...
नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...
दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...
जाडो मौसममा दिन काट्न धेरैलाई गाह्रो हुन्छ । जाडोभन्दा गर्मी नै ठीक भन्नेहरू पनि धेरै भेटिन्छन् । हुन पनि कठ्यांग्रिने जाडो कसलाई मन पर्ला र ? तर पनि हाम्रा चाडपर्व र अवसरहरूले जाडोबाट जोगिन र शरीरलाई तताइरा...
कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...
(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...