×

NMB BANK
NIC ASIA

सुदूरपश्चिमका सांसद भन्छन् : रेशम र हाम्रो बाटो अलग भयो

भदौ ४, २०७८

NTC
फाइल तस्वीर
Premier Steels

निलम्बित सांसद रेशमलाल चौधरी आफ्नो गृह जिल्ला कैलालीमा एक्लिँदै गएको पाइएको छ ।

Muktinath Bank

तटस्थ बसेका उनी अन्ततः आफू महन्थ ठाकुर पक्षले दर्ता गर्न लागेको नयाँ पार्टी जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) मा रहेको मन्जुरीनामा पत्र निर्वाचन आयोगलाई दिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर उनको गृह जिल्लाका अधिकांश नेता तथा कार्यकर्ताहरु उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा रहेको पाइएको छ । जुन कारण उनी पार्टीभित्र एक्लिँदै गएका हुन् ।


Advertisment
Nabil box
Kumari

सांसद चौधरीको पदचाप पछ्याउँदै आएका सुदूरपश्चिम प्रदेशका सांसदहरु समेत यादव नेतृत्वको जनता समाजवादी पार्टीतिर..लागेपछि उनी पार्टीभित्र कमजोर देखिएका हुन् ।

Vianet communication

यसअघि रेशमलाल चौधरीको तटस्थ रहने कदमलाई समर्थन गर्ने बताउँदै आएका सुदूरपश्चिम प्रदेश सभामा जसपा संसदीय दलका नेता कृष्णबहादुर चौधरी र प्रमुख सचेतक मालामति राना संस्थापन पक्षलाई रोजेका छन् ।

संसदीय दलका नेता चौधरी भन्छन्, ‘पहिला उहाँ तटस्थ बस्नुभएको थियो । उहाँको स्वतन्त्रको कुरा हो । उहाँ नयाँ पार्टीलाई समर्थन जनाउनुभएको छ । अहिलेसम्मको सिनारियो अनुसार उहाँ नयाँतिर देखिनुभएको छ । तर अध्यादेशले दिएको समयावधि २१ दिन हो । २१ दिनपछि को कहाँ छ ? त्यसपछि मात्रै थाहा होला ।’

त्यस्तै प्रमुख सचेतक रानाले रेशम र आफूहरुको बाटो फरक–फरक देखिएको बताइन् । आफू पहिलेदेखि संस्थापन पक्ष तथा चुनाव चिन्हप्रति अडिग रहेको बताउँदै उनले फरक–फरक बाटो लाग्दैमा मुद्धा फरक हुने होइन । अझै पनि समय छ ।’

२ सांसद मात्रै होइनन् जनता समाजवादीका अधिकांश केन्द्रीय सदस्य संस्थापन पक्षतिर लागेको बताइएको छ । जसपा केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजक कृष्णकुमार चौधरीले सुदूरपश्चिममा रहेका करिब ३० जना केन्द्रीय सदस्य मध्ये अधिकांश सदस्य आफूतिर रहेको र केही अझै खुल्न बाँकी रहेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x