१३ असार २०८३, शनिबार

परीक्षा नै नभएको एसईईको प्रश्नपत्र छपाइमा २ करोड २० लाख खर्च

परीक्षा नै नभएको एसईईको प्रश्नपत्र छपाइमा २ करोड २० लाख खर्च

आर्थिक वर्ष २०७६/०७७ मा कक्षा १० को नियमित तथा पूरकतर्फको ५० लाख ७० हजार सेट प्रश्नपत्र छाप्नमा २ करोड २० लाख ५७ हजार रूपैयाँ खर्च भएको छ । परीक्षा नै सञ्चालन नहुँदा उक्त रकम व्यर्थमा खर्च भएको हो ।

प्रति सेट ३.८५ रूपैयाँका दरले प्रश्नपत्र छाप्नका लागि राष्ट्रिय परीक्षा बोर्डले जनक शिक्षा सामग्री केन्द्रसँग सम्झौता गरेको थियो । तर, मन्त्रिपरिषद्ले कोभिड महामारीका कारण भौतिक रुपमा लिइने परीक्षा रद्द गरी विद्यालयले गरेको मूल्यांकनका आधारमा नतिजा प्रकाशन गरेकाले छापिएका ती प्रश्नपत्रहरू प्रयोगविहीन भएको थियो । 

२०७७ मंसिर १४ मा ती प्रश्नपत्रहरू धुल्याउने निर्णय बोर्डले गरेको भए पनि हालसम्म नधुल्याएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्