योगेन्द्र कार्कीको निर्देशनमा ‘तिजको महिना छ’ (भिडियो)

योगेन्द्र कार्कीको निर्देशनमा ‘तिजको महिना छ’  (भिडियो)

चर्चित गायिका रचना रिमालको “तीजको महिना छ” बोलको गीतको भिडियो सार्वजनिक भएको छ।


Advertisement

उक्त गीतमा शब्द डि.पि खनालको रहेको छ भने संगीत नबिन कार्कीको छ गीतमा स्वर भने रचना रिमालको रहेको छ। भिडियोलाई एरेन्ज र मिक्सिङ बिसाल निरौलाले गरेका हुन् ।


Advertisement

डान्स बिटमा तयार भएको गीतको भिडियोमा कोरस डान्सरहरुका बिचमा अनिता बस्नेत, सबिना आचार्य, रक्षा बुढाथोकी र एलिना राना फिचर्ड छिन् ।

यी चारै जना मोडलले गीतको भिडियोमा मज्जैले कम्मर मर्काएकी छन् । तीजमा कोरोनाका कारण खुलमखुल्ला भिडभाडमा नाच्न नपाइएको अवस्था र साथीसंगीहरु संग रमाउन नपाइएको अवस्थालाई गीतमा उठान गरिएको छ । मिराज अर्यालको छायांकन तथा सम्पादन रहेको भिडियोलाई योगेन्द्र कार्कीले निर्देशन गरेका हुन् ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्