×

NMB BANK
NIC ASIA

कांग्रेसमा महाधिवेशनको सरगर्मी

कांग्रेस महाधिवेशन- पदाधिकारीमा दाबी गरेका युवा नेताले कसलाई रोज्दैछन् सभापति ?

भदौ २८, २०७८

NTC
Premier Steels

कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा युवा पुस्ताको मत कता जान्छ भन्ने कुराले नेतृत्वको निर्धारण गर्ने देखिएको छ । आगामी मंसिर ९ देखि १३ सम्म काठमाडौं हुने महाधिवेशनमा पदाधिकारी तहमा युवा पुस्ता हावी हुने देखिएको हो । अहिले पदाधिकारी तहमा उम्मेदवारी घोषणा गर्ने धेरैजसो युवा पुस्ता नै छन् । 

Muktinath Bank

विश्वप्रकाश शर्मा र गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । त्यसै गरी, प्रदीप पौडेल, धनराज गुरूङ, चन्द्र भण्डारी, गुरूराज घिमिरेले पनि महामन्त्रीमा उम्मेदवारी दिने बताउँदै आएका छन् । त्यसबाहेक प्रकाशशरण महत, मीनेन्द्र रिजाललगायतका नेताहरूले पनि महामन्त्री पदमा आँखा लगाइरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेस महाधिवेशनमा उम्मेदवारीको लहर र चर्चा हेर्दा पार्टीको मूल नेतृत्वबाहेकको पदाधिकारीमा युवा पुस्ता हावी हुने देखिन्छ । त्यो पनि कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ र तरूण दलको नेतृत्व गरेका व्यक्तिहरू नै पदाधिकारी तहमा उम्मेदवारी दाबी गरिरहेका छन् । 


Advertisment
Nabil box
Kumari

महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका विश्वप्रकाश शर्मा नेपाल विद्यार्थी संघको अध्यक्ष र गगन थापा महामन्त्री भएका व्यक्ति हुन् । त्यसै गरी पदाधिकारीमा दाबी गरिरहेका प्रदीप पौडेल, धनराज गुरूङ, चन्द्र भण्डारी, गुरूराज घिमिरे पनि नेवि संघको नेतृत्वमा पुगिसकेका व्यक्ति हुन् । 

Vianet communication

नेवि संघको अध्यक्ष भएका कल्याण गुरूङले त पार्टी सभापति पदमै उम्मेदवारी दिने घोषणा गरेका छन् ।

यो पनि पढ्नुहोस् : कांग्रेसमा महाधिवेशनको सरगर्मी : तानातानमा युवा नेता

कांग्रेस केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी १४ औं महाधिवेशनले कांग्रेसलाई नेताबाट मुक्ति मिल्ने दाबी गर्छन् । आसन्न महाधिवेशनबाटै कांग्रेसको नेतृत्व युवा पुस्तामा आउन शुरू हुने उनको तर्क छ ।  

‘कांग्रेसलाई नेताहरूबाट पनि निकास चाहिएको छ । युवा पुस्ताले कांग्रेसको नेतृत्व नगरेसम्म देशले विकासको गति समात्न सक्दैन,’ भण्डारीले भने, ‘हामीले वर्तमान राजनीतिको निकास मात्रै खोजेका छैनौं, वर्तमान राजनीतिको सोच, दृष्टिकोणबाट पनि पार्टीलाई निकास दिन चाहेका छौं । सोच, नेतृत्व र समाज परिवर्तनको तीनवटा कुरा लिएर हामी अगाडि बढेका छौं । त्यसैअनुसारको उम्मेदवारलाई अघि बढाउँछौं,’ भण्डारीले भने । 

भण्डारीका अनुसार आगामी महाधिवेशनमा कांग्रेसको केन्द्रीय पदाधिकारीमा युवा टीम उम्मेदवार बनेर आउँछ । त्यसमा अहिले उम्मेदवारी घोषणा गरिसकेका नेताहरू पनि समेटिने उनले बताए । 

कांग्रेसका अर्का युवा नेता गुरूराज घिमिरे कांग्रेसका आमकार्यकर्ताले पुस्तान्तरणसहित नेतृत्व हस्तान्तरण चाहेको बताउँछन् । तल्लो तहको अधिवेशनमा करीब ७० प्रतिशत ठाउँमा ४० देखि ६० वर्ष उमेर समूहका व्यक्ति नै नेतृत्वमा आएको उनको भनाइ छ । त्यसमध्ये एक तिहाइ जति ४० वर्ष मुनिकै व्यक्तिहरू नेतृत्वमा आएको उनको दाबी छ । उनीहरूले पार्टीको केन्द्रीय नेतृत्वमा पनि युवा नै चाहेको घिमिरेले बताए ।

‘पार्टीको नेतृत्व मात्रै युवा होइन, पार्टीको नीतिमा पनि युवाकरण गर्न आवश्यक छ । त्यसका लागि युवा पुस्ता नै नेतृत्वमा स्थापित हुनुपर्छ,’ घिमिरेले भने, ‘अहिले नेतृत्वमा पहिलो पुस्ताकै नेता आए पनि आगामी महाधिवेशनमा युवा नै मूल नेतृत्वमा पुग्ने आधार तय भएको छ । पार्टीभित्रको व्यवहारिक पक्षको कारण पनि अहिलेको महाधिवेशनमा पहिलो पुस्ताकै नेताहरू मध्येबाट पार्टीको मूल नेतृत्व बन्ने सम्भावना छ ।’

कांग्रेसका अर्का नेता धनराज गुरूङ पनि आसन्न महाधिवेशनले युवा पुस्तालाई नेतृत्वमा स्थापित गराउने बताउँछन् । ‘१४ औं महाधिवेशन परम्परागत गुट भत्काएर नेतृत्व चयन गर्ने तागत लिएर आएको छ । कतिपयको उम्मेदवारी घोषणा भएको छ कतिपयको घोषणा हुनै बाँकी छ । घोषणा गर्न बाँकी रहेका मान्छे नेतृत्वमै पुग्ने गरी आउन पनि सक्छ,’ गुरूङले भने । 

युवा नेता कसको पक्षमा ?

कांग्रेसको १४ औं महाधिवेशनमा नेतृत्वका आकांक्षीहरू सभापतिदेखि सबै पदाधिकारीमा प्यानल बनाएरै चुनावी मैदानमा आउँदैछन् । अहिले व्यक्तिगत रूपमा उम्मेदवारी घोषणा गरेकाहरू पनि कसको नेतृत्वको प्यानलमा सेट हुने भन्ने छलफलमा छन् ।

महामन्त्रीमा उम्मेदवारी घोषणा गरेको पार्टी प्रवक्ता समेत रहेका विश्वप्रकाश शर्मा पाएसम्म वर्तमान सभापति शेरबहादुर देउवाकै प्यानलमा सेट हुने प्रयासमा छन् । देउवाको प्यानलमा डा. प्रकाशशरण महत, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्कीलगायतले महामन्त्री दाबी गरिरहेका छन् । 

वर्तमान महामन्त्री पूर्णबहादुर खड्काले पनि कुन पदमा उम्मेदवार बन्ने भन्ने सार्वजनिक घोषणा गरिसकेका छैनन् । यस्तो अवस्थामा शर्माले देउवाको प्यानलमा महामन्त्रीको स्थान नपाउने सम्भावना प्रवल छ । 

देउवाको प्यानलमा महामन्त्रीको टिकट नपाउँदा शर्मा विमलेन्द्र निधि नेतृत्वमा प्यानलमा सहभागी हुने तयारीमा सोचमा रहेको उनी निकट नेताहरू बताउँछन् । देउवा प्यानलमा रहेका निधिले देउवाले सभापतिमा दोहोरिने रुचि गरेपछि विद्रोह गरेर सभापतिमा उम्मेदवारी दिने घोषणा गरेर प्रचार अभियानमा जुटेका छन् । 

अघिल्लो महाधिवेशनमा कृष्ण सिटौलाको टीमबाट महामन्त्रीको उम्मेदवार बनेका गगन थापा विजयी हुन सकेनन् । उनीसँग उनका आफ्नै ससुरा अर्जुन नरसिंह केसी र बीपीपुत्र शशांक कोइरालाले प्रतिस्पर्धा गरेका थिए । १३ औं महाधिवेशनमा शशांक महामन्त्रीमा विजयी भएका थिए । 

तर, यसपटक थापाले पुरानो गुट छाड्ने संकेत गरेका छन् । भदौ १७ मा कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित भएर उनले आफू संस्थापन इतर समूहबाट महामन्त्रीको उम्मेदवार बन्ने संकेत गरेका थिए । उक्त पत्रकार सम्मेलनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संस्थापन इतर समूहबाट सभापतिमा साझा उम्मेदवार ल्याउने प्रतिबद्धता गरेका थिए । तर, अझै पनि उनीहरूले साझा उम्मेदवार तय गर्न सकेका छैनन् । 

पौडेल स्वयं सभापति पदका आकांक्षी छन् । त्यसबाहेक महामन्त्री शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह र शेखर कोइरालाले सभापतिमा दाबी गरेका छन् । तर, साझा उम्मेदवार बनाउँदा शशांक र प्रकाशमानमध्ये एक जना सभापतिको उम्मेदवारमा आउने पदाधिकारीको उम्मेदवारीमा दाबी गरिरहेका एक युवा नेताले बताए । 

संस्थापन इतर समूहबाटै चन्द्र भण्डारी, गुरूराज घिमिरेलगायतका युवा नेताले महामन्त्री पदमा उम्मेदवारी दाबी गरिरहेका छन् । उनीहरू आफ्नो समूहमा छलफल पछि मात्रै सार्वजनिक रूपमा उम्मेदवारी घोषणा गर्ने योजनामा छन् । 

‘मेरो दाबी महामन्त्रीको उम्मेदवारीमै हो । तर, सभापतिको उम्मेदवार अहिलेसम्म तय भएको छैन । समूहमा छलफलपछि मात्रै उम्मेदवारी के गर्ने भन्ने टुंगो लाग्छ । केन्द्रीय सदस्यको उम्मेदवार चाहिँ बन्दिनँ,’ नेता गुरूराज घिमिरेले भने । 

महामन्त्री पदमा उम्मेदवार बन्ने तयारी थालेका अर्का युवा नेता प्रदीप पौडेल भने यस पटक कृष्ण सिटौलाको प्यानलमा सहभागी हुने चर्चा कांग्रेस वृत्तमा छ । ‘सिटौलाले आफ्नो गुट कमजोर नरहेको सन्देश दिने गरी महाधिवेशन उम्मेदवारको सेट बनाउन लागेका छन् । त्यसमा पौडेललाई महामन्त्रीको उम्मेदवार बनाउने उनको तयारी छ,’ कांग्रेसका एक नेताले भने ।

*गगन थापा नेपाल विद्यार्थी संघको महामन्त्री भइसकेको हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x