कात्तिक १८, २०८०
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
नेपालगञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको भे १ ख ३१६७ नम्बरको यात्रुवाहक बसको टायर पङ्चर भई दुर्घटना भएको खुलेको छ । मंगलवार भएको सो दुर्घटनामा परी ३२ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
दिउँसो १ बजे छायाँनाथ रारा नगरपालिका—७ पिना गाउँको तपने खोलामा दुर्घटनामा परेको थियो । उक्त बसमा ४६ जना यात्रु थिए । दुर्घटना भएको बसको चालक बस्ने साइडतिरको टायर पङ्चर भई बस अनियन्त्रित हुँदा पाँच सय मिटर जति तल खसेको छ । यस दुर्घटनामा परेर १३ जना घाइते भएको प्रहरीले बताएको हो ।
दुर्घटनास्थल पिना गाउँमा रहेको प्रहरी चौकीबाट दुई मिनेट टाढा भिरालो मोड रहेको छ । दुर्घटना समयमा पिना चौकीको प्रहरी गस्ती घटनास्थल मुनि थियो ।
प्रहरी गस्तीले ठूलो आवाज आएको सुन्ने बित्तिकै बस भीरबाट खसेको देखेका र बसको अवस्था हेर्दा चालकतिरको टायर च्यातिएको देख्दा दुर्घटना अन्य कारण नभई टायर पङ्चर भएका कारण भएको अनुमान गरिएको छ ।
सोही मोडमा बस अनियन्त्रित भई भीरबाट खस्दा ३२ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईले जानकारी दिए ।
दुर्घटनामा परी मृत्यु र घाइते हुनेहरू दशैं बिदामा घर आएका काठमा8f}+लगायत अन्य शहरका कलेजमा अध्ययन गर्ने अधिकांश विद्यार्थी रहेका बताइएको छ ।
मृत्यु हुनेमा १८ पुरुष र आठ महिला र दुई नाबालक रहेका छन् भने चारजनाको सनाखत हुन बाँकी छ ।
प्रहरीले दिएको जानकारीअनुसार घटनास्थलमै मृत्यु हनेमा छायाँनाथ रारा नगरपालिका–७ की १९ वर्षीया लग्ना सेजुवाल, नाम नखुलेको सेजुवालको २ वर्षको छोरा, सोही वडाका अन्दाजी २० वर्षीया मनदेवी बम, १८ वर्षीया पूजा बुढा, सोही नगरपालिका—८ का ३३ वर्षीया प्यारी बिक, सोही वडाका २२ वर्षीया सन्तोष बिटालु, सो नगरपालिका–१२ का २२ वर्षीया छारा सावत, अन्दाजी ३५ वर्षीय बस चालक दानबहादुर रावल, सोही नगरपालिका—१० की २० वर्षीया सरिता खड्का, १४ का २२ वर्षीय कर्णसिंह बुढा, १ की २३ वर्षीया चन्द्रादेवी मल्ल, ६ की रामामाया भाम, १८ वर्षीय उम्मर सावद र वडा नं ११ का २२ वर्षीय प्रकाश बुढा रहेका छन् ।
त्यसैगरी सोही नगरपालिका– ५ का २९ वर्षीय अजय कार्की, सोही वडाकी ३२ वर्षीया कमला बिसी, १० का २२ वर्षीय सुनबहादुर विक, १४ का शिव बुढा, ७ का २१ वर्षीया अमृता शाही राना र उनका अन्दाजी ५ वर्षीय आयुश राना, १४ का २० वर्षीय रुपसिंह कार्की, ७ का २२ वर्षीय महेन्द्र शाही, सोरु गााउँपालिका—३ का मनरुप कुमाई रहेका छन् । बाँके जिल्ला राँझाका हाल गमगढी बसोबास गर्ने २२ वर्षीय प्रदीप स्वर्णकार रहेका छन् ।
उपचारका क्रममा नेपालगञ्ज नर्सिङ होममा लगिएका छायाँनाथ रारा नगरपालिका–४ का १८ वर्षीय चन्द्रप्रकाश भाम सोही नगरपालिका—७ का उमेर नखुलेका आदित्यविक्रम शाह शिक्षण अस्पातल कोहलपुरमा लगिएका सोरु गाउँपालिका—८ का २३ वर्षीय आइतसिंह कामी र छायाँनाथ रारा नगरपालिका—८ का २८ वर्षीय टोपबहादुर बिष्टको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घाइते हुनेहरुमा छाँयानाथ रारा नगरपालिका—५ का अन्दाजी ३५ वर्षीय प्रेमबहादुर रावल, सोही नगरपालिका—१ का २१ वर्षीय शुक्रराज मल्ल, ८ का २१ वर्षीय रतनसिंह रावल, ७ का १८ वर्षीय शैलेन्द्र शाही सोही वडाका २१ वर्षीय गणेशबहादुर रावल, १ की ९ वर्षीया सुस्मिता शाही, ८ कि २० वर्षीया सम्झना रावल, ११ की ३१ वर्षीया रेखा सावद, ५ का लक्ष्मीचन्द्रा रावल, १४ कि दन्ता बुढाको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।
नर्सिङ होम नेपालगञ्जमा छायाँनाथ रारा नगरपालिका—१३ की ७ वर्षीय सुजता बम, ११ का हर्षबहादुर सावद र जिल्ला अस्पताल मुगुमा छाँयानाथ रारा नगरपालिका-३ की ६ वर्षीया भूमिका बुढाको उपचार भइरहेको छ ।
मृतकहरूको जिल्ला अस्पतालमा सनाखत भई शव परीक्षणपछि दाहसंस्कारका लागि घरपरिवारलाई जिम्मा लगाइने तयारी भइरहेको प्रनाउ भट्टराईले बताए । रासस
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...