×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

म्यानमारका १३ सय कैदीलाई रिहा गर्न आदेश

काठमाडाैं | कात्तिक १, २०७८

NTC
TVS INSIDE

म्यानमारको कारागारमा रहेका १३ सयभन्दा बढी कैदीहरूलाई रिहा गर्न सोमबार आदेश दिइएको छ । देशको राज्य प्रशासन परिषद्ले सोमबार एक हजार ३१६ जना कैदीलाई कैदमुक्त गर्न आदेश दिएको समाचारमा जनाइएको छ ।

Sanima Bank
morang Auto yamaha

मानव अधिकार र उनीहरूलाई लगाइएको आरोप तथा वस्तुस्थितिलाई दृष्टिगत गरी उनीहरूलाई कारागार राखिरहन नमिल्ने आदेश परिषद्ले दिएको हो । कारागारमा रहेकामध्ये अरू चार हजार ३२० जनाको बारेमा भने देशका विभिन्न अदालतमा कानुनी प्रक्रिया चलिरहेको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

गत फेबु्रअरीमा म्यानमारको नागरिक सरकारलाई अपदस्थ गरी ‘कु’ गरेको सैनिक सरकारकोे विरोध गर्दैै प्रदर्शन गरेको आरोपमा जेलमा परेकाहरू रिहा हुन थालेका छन् । सरकारी अधिकारीहरूले जेल परेकामध्ये ५ हजारभन्दा बढी व्यक्तिलाई रिहा गरिने तयारी भइरहेको जनाएका छन् ।

अक्टोबरको अन्त्यमा थन्डिथयुत पर्वको उपलक्ष्यमा ५ हजार ६३६ कैदीलाई रिहा गरिने सरकार प्रमुख मिन आङ ह्लाइनले बताउनुभएको हो ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

क्षेत्रीय शिखर सम्मेलनको क्रममा म्यानमारमा हाल जारी सङ्कटलाई कम गर्ने आफ्नो सरकारको प्रतिबद्धताअनुसार म्यानमार सैन्य सरकार प्रमुखको उक्त घोषणा आएको बताइएको छ ।  

प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेर सेनाले सत्ता लिएपछि त्यसको विश्वभरिबाट विरोध भएको थियो भने देशभित्र आन्दोलन भएको थियो । आन्दोलन र राजनीतिक सङ्कटका कारण देशमा अराजकता छाएको छ ।

आन्दोलनमा संलग्न व्यक्तिहरूलाई सैनिक सरकारले गरेको कारबाहीको क्रममा एक हजार १०० भन्दा बढी नागरिक मारिनुको साथै ८ हजारभन्दा बढी गिरफ्तार भएको एक मानव अधिकारवादी समूहले जनाएको छ ।

अझै पनि सात हजार ३०० भन्दा बढी प्रदर्शनकारी देशभरका जेलहरूमा रहेका राजनीतिक कैदीहरूको सहायतासम्बन्धी एक संस्थाका अधिकारीहरूले जानकारी दिएका छन् । 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ८, २०७८

१–२ सर्प देख्दा पनि कतिपय मान्छे डराउँछन् तर एकै व्यक्तिलाई सय बढी सर्पले घेरेपछि के होला ? अमेरिकाबाट यस्तै घटना सार्वजनिक भएको छ । अमेरिकाको मेरील्यान्डमा एक व्यक्तिलाई सय बढी सर्पले घेरेको घटना सार्वज...

माघ ९, २०७८

जर्मनीको जलसेनाका प्रमुखले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई सम्मान दिनुपर्ने भनी बयान दिएपछि विवाद उठेकाले राजीनामा दिएका छन् ।  रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको डरका बीच यो बयान आएको हो । ...

माघ ८, २०७८

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहमदलाई केही हप्तामै तेस्रो पटक अस्पतालमा भर्ना गरिएको र उनको स्वास्थ्य अवस्था स्थिर रहेको उनकी छोरीले शनिबार जानकारी दिएकी छन् । पूर्व प्रधानमन्त्रीको दुई दिनदेखि क्वालालम्पुरस्थित...

माघ ७, २०७८

युद्धका लागि तम्तयार रहेका सयौं बेलायती सैनिकहरू युक्रेनका छिमेकी मुलुकमा तैनाथ गरिन सक्ने बताइएको छ ।  रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने जोखिम बढेको भन्दै सैनिकहरूलाई तैनाथ गर्न लागिएको छ ।  ...

माघ ७, २०७८

इराकको पूर्वी प्रान्त दियालामा इस्लामिक स्टेट (आइएस) समूहको एउटा कट्टरपन्थी समूहले रातिको समयमा गरेको आक्रमणमा परी कम्तीमा ११ इराकी सैनिकको मृत्यु भएको प्रान्तीय प्रहरीले शुक्रबार जनाएको छ । दियालाको प्रान्तीय ...

माघ ८, २०७८

जर्मनीको उदारवादी समूह, क्रिश्चियन डेमोक्र््याटिम यूनियन (सीडीयू)ले शनिबार पूर्व चान्सलर एन्जेला मर्केलका कटुआलोचक फ्रेडरिक मर्जलाई भारी बहुमत दिएर नयाँ नेता निर्वाचित गरेको छ । मर्केलले १६ वर्षसम्म जर्मनीको चान्...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...