कात्तिक २३, २०८०
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
काठमाडाैं | कात्तिक १७, २०८०
सोउल–उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गरेपछि उत्तर कोरियाको उक्त भनाइ आएको हो ।
सरकारी सञ्चारमाध्यम र स्थानीय अधिकारीहरूका अनुसार गत साता प्योङयाङले अफ्रिकी सहयोगी अङ्गोला र युगान्डामा आफ्नो दूतावास बन्द गरेको छ । त्यस्तै हङकङ र स्पेनमा पनि कूटनीतिक नियोगहरू बन्द गरेको छ ।
यसै साता आफ्ना दूतावास बन्द गर्ने उत्तर कोरियाको कदमले उसको गम्भीर आर्थिक अवस्थालाई चित्रण गरेको छ भन्दै सोलले उत्तर कोरियालाई आफ्ना परम्परागत सहयोगीहरूसँग न्यूनतम कूटनीतिक सम्बन्ध कायम राख्न पनि गार्हो भएको बताएको छ ।
तर शुक्रवार प्योङयाङको विदेश मन्त्रालयको वेबसाइटमा पोस्ट गरिएको टिप्पणीमा मन्त्रालयका एक अनाम प्रवक्ताले ‘बाह्य सम्बन्धमा आफ्नो राष्ट्रिय हितलाई प्रवर्द्धन गर्नका लागि दूतावास बन्द गर्नु नियमित मामिलाको हिस्सा’ भएको बताएका छन् ।
‘अन्तर्राष्ट्रिय परिवेश र राज्यको विदेश नीतिमा आएको परिवर्तनलाई ध्यानमा राख्दै हामी अन्य देशमा कूटनीतिक नियोग बन्द गर्न गइरहेका छौँ वा नयाँ खोल्न गइरहेका छौँ,’ कुन कुन दूतावास बन्द गर्ने वा खोल्ने भन्नेबारे स्पष्ट नभएको भन्दै ती अधिकारीले भने, ‘हामीले पहिला पनि धेरै अवसरमा यस्तो कदम चालेका छौँ ।’
दक्षिण कोरियाको एकीकरण मन्त्रालयका अनुसार उत्तर कोरियाको एक सय ५० भन्दा बढी मुुलुकसँग कूटनीतिक सम्बन्ध छ तर आर्थिक अवरोधका कारण सन् १९९० को दशकदेखि विदेशमा उसको नियोगको सङ्ख्या घटिरहेको छ ।
पछिल्लो पटक आणविक हतियार सम्पन्न उत्तर कोरियाले मुलुकमा अनिकाल लागेर लाखौँ मानिस मरेपछि सन् १९९० को दशकको मध्यदेखि अन्त्यसम्म उक्त स्तरमा कूटनीतिक नियोगको सङ्ख्या कम गरेको थियो ।
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
डोनाल्ड ट्रम्प यदि आगामी नोभेम्बरमा पुन: निर्वाचित भए के हुन्छ ? उनी व्हाइट हाउस फर्केर चिनियाँ उत्पादनमा ६० प्रतिशत कर लगाउने उनको वाचा लागू गरे झन् के होला ? यदि ट्रम्प फर्किएर यस्तो प्रावधान कार्यान्वयनमा आयो भने...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...