११ असार २०८३, बिहीबार

अर्जेन्टिना : रक्सी पिएर गाडी चलाए यी व्यक्तिले, अनि भयो यस्तो (भिडियो)

मंसिर १०, २०७८
अर्जेन्टिना : रक्सी पिएर गाडी चलाए यी व्यक्तिले, अनि भयो यस्तो (भिडियो)

अर्जेन्टिनाको मार दे प्लाता शहरमा रक्सी पिएर गाडी चलाएका एक व्यक्तिले आफूलाई मृत्युको डर नलाग्ने घमण्ड गरेका छन् । 

इग्नासियो आरोस्तेगुईलाई मदिराले मत्त भएर गाडी चलाएको आरोपमा पक्राउ गरिएको छ । घटना गत शुक्रवार भएको हो । 

आरोस्तेगुईले गाडीलाई रुखमा ठोकेका थिए । उनी र गाडीमा रहेका अर्का व्यक्तिलाई चोटपटक लागेन । 

ब्रेथलाइजर टेस्ट गर्दा आरोस्तेगुईको शरीरमा अल्कोहलको मात्रा १.०३ पाइयो । त्यो निर्धारित सीमा ०.५ भन्दा निकै बढी हो । उनको लाइसेन्स रद्द गरिएको छ । 

आरोस्तेगुईले फोक्सवागन फक्स गाडी चलाएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्