२९ असार २०८३, सोमबार

आन्तरिक प्रतिस्पर्धा गरी स्थायी गर्ने निर्णय तत्काल फिर्ता गर्न माग

मंसिर १६, २०७८
आन्तरिक प्रतिस्पर्धा गरी स्थायी गर्ने निर्णय तत्काल फिर्ता गर्न माग

अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयमा करारमा कार्यरत उपप्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धा गरेर स्थायी गर्ने निर्णय तत्काल फिर्ता गर्न माग गरेको छ । अनेरास्ववियुले उक्त निर्णय तत्काल फिर्ता गरी खुला प्रतिस्पर्धाबाट आवश्यक दरबन्दीको पदपूर्ति गर्न सरकार समक्ष माग गरको हो ।

अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले आज विज्ञप्ति जारी गर्दै विश्वविद्यालय शिक्षाको महत्वपूर्ण अङ्गका रूपमा रहेको शिक्षण र अनुसन्धानलाई थप प्रभावकारी बनाउन सक्षम र दक्ष प्राध्याापकको आवश्यता पर्ने हुँदा आवश्यकताका आधारमा खुला प्रतिस्पर्थाबाट छनोट गरिनुपर्ने बताएकी छन् ।    

    विश्वविद्यालयलाई प्राज्ञिक थलो बनाउन पनि विज्ञप्तिमार्फत सरोकारवाला सबैसँग माग गरिएको छ । उक्त निर्णयको विरोधस्वरूप भोलि देशभरका आङ्गीक क्याम्पसमा प्रमुखमार्फत कुलपति, सहकुलपति र उपकुलपतिलाई ज्ञापनपत्र बुझाउने कायक्रम रहेको पनि जानकारी गराइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्