×

NMB BANK
NIC ASIA

माओवादीको सुदूरपश्चिम सम्मेलनमा अध्यक्षका ६ आकांक्षी

मंसिर २५, २०७८

NTC
Premier Steels

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलन शनिवारदेखि शुरु हुँदैछ ।

Muktinath Bank

मंसिर २५ र २६ गते हुने सम्मेलनबाट ९ पदाधिकारीसहित २२३ (१० प्रतिशत मनोनितसहित) जनाको प्रदेश समिति चयन हुनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पदाधिकारी तथा सदस्यका आकांक्षी नेताहरू गृहकार्यमा जुटेका छन् । सकेसम्म सहमतिमै नेतृत्व चयन गर्ने माओवादी केन्द्रको तयारी छ ।


Advertisment
Nabil box
Kumari

माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले नेतृत्व चयनको लागि सबैभन्दा पहिले सहमतिकै प्रयास हुने बताए । अन्तिम विकल्पको रूपमा मात्रै लोकतान्त्रिक विधिमा पनि जान सक्ने इन्चार्ज भट्टको भनाइ छ ।

Vianet communication

को–को छन् अध्यक्षका आकांक्षी ?

सुदूरपश्चिममा हाल माओवादी केन्द्रका १३ जना केन्द्रीय सदस्य छन् । १७५ जनाको प्रदेश आयोजक समिति छ भने हाल १ हजार १४७ जना प्रतिनिधिहरू पालिका अधिवेशनबाट छनोट भई आएका छन् । 

माओवादी भित्रको एकथरीले केन्द्रीय सदस्यबाट नै अध्यक्षसहित पदाधिकारी चयन गर्नुपर्ने भन्दै लविङमा छन् ।

केन्द्रीय सदस्यमध्ये हालका प्रदेश अध्यक्ष शरदसिंह भण्डारी (अछाम), नरेन्द्र कुँवर (बैतडी), प्रदेशसभा सदस्य समेत रहेका वीरमान चौधरी (कैलाली), प्रदेश समिति सचिव नेपबहादुर चौधरी (कैलाली) पनि अध्यक्ष बन्ने दौडमा रहेको बताउँछन् माओवादी केन्द्रका अर्का केन्द्रीय सदस्य देवराज रेग्मी । 

तर १ व्यक्ति, १ पदको नीति लिएको माओवादीमा केन्द्रीय सदस्यले प्रदेश पदाधिकारी बन्नको लागि केन्द्रीय सदस्यबाट राजीनामा दिनुपर्ने प्रावधान रहेको बताउँछन् माओवादी केन्द्रका निर्वाचन आयोगका केन्द्रीय सदस्य हरि श्रीपाइली ।

माओवादीभित्र अर्कोथरीले हालका केन्द्रीय सदस्यहरू केन्द्रीय सदस्यमै रहनुपर्ने र प्रदेश समितिका सदस्य तथा पदाधिकारीलाई नै नयाँ बन्ने प्रदेश समितिको नेतृत्व दिनुपर्ने भन्दै बहस चलाएका छन् । केन्द्रीय सदस्य भइसकेका व्यक्तिले तल्लो तहमा दाबी गर्न नहुने भन्दै उनीहरूले जोडदार बहस चलाएका छन् ।

हालका प्रदेश समिति सदस्य तथा राष्ट्रियसभा सदस्य हरिप्रसाद चौधरी ‘उत्सव’ (कैलाली), हरि ज्ञवाली ‘अखण्ड’ (कैलाली) पनि अध्यक्षको दौडमा देखिएका केन्द्रीय सदस्य रेग्मीले बताए ।

प्रदेश समिति पदाधिकारीका लागि सबैभन्दा बढी कैलाली जिल्लाबाट देखिएका छन् । सबैभन्दा बढी सदस्य रहेको कैलाली जिल्लाबाटै अध्यक्ष चयन गर्नुपर्ने छलफल पनि चलिरहेको एक जना नेताले बताए । यद्यपि सबै भूगोलको प्रतिनिधि हुनुपर्ने पनि आवाज उठेको छ ।

सुदूरपश्चिममा माओवादीका ८८ हजार सदस्य रहेका छन् । जसमध्ये सबैभन्दा बढी कैलालीमा २८ हजार ५४३ जना सदस्य छन् ।

पदाधिकारीको दौडमा प्रदेशसभा सदस्य तथा कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी पनि खुलेर लागेका छन् । सचिव पदमा आफ्नो दाबी रहेको बताउँदै उनी लविङमा उत्रिएका छन् ।

२२३ सदस्यीय प्रदेश समितिमा १ जना अध्यक्ष, ३ जना उपाध्यक्ष, १ जना सचिव, ३ जना सहसचिव र १ जना कोषाध्यक्ष गरी ९ जना पदाधिकारी चयन हुनेछन् ।

माओवादी केन्द्रको अन्तरिम विधान २०७८ अनुसार बन्ने प्रदेश समिति समावेशी चरित्रको हुनेछ । ३५ प्रतिशत महिला, १५ प्रतिशत दलित, ५ प्रतिशत मुस्लिम र २० प्रतिशत युवाको प्रतिनिधित्व गराउनुपर्ने व्यवस्था छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x