
नेकपा एमालेले लुम्बिनी प्रदेश कमिटी गठन गरेको छ । एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल चयन भएका छन् । एमाले केन्द्रीय कमिटी बैठकले यसअघिका प्रदेश सदस्य यथावत् कायम राख्ने गरी प्रदेशको पदाधिकारी चयन गरेको हो ।
कँडेल पाल्पाका पूर्व जिल्ला अध्यक्ष तथा संविधान सभा सदस्य हुन् ।
उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ चयन भएका छन् । उनी शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए ।
प्रदेश सांसद उनी एमाले रुपन्देहीको पूर्व अध्यक्ष समेत हुन् । उनी केन्द्रीय सदस्यका आकांक्षी पनि थिए ।
सचिवमा दाङका लक्ष्मण आचार्य, सहसचिव बर्दियाका लीला राना र बाँकेका दुर्गा थारु रहेका छन् ।
राना यस अगाडि प्रदेश कमिटी सदस्य थिइन् । थारु जिल्लाको सहसचिव थिए । एमाले र माओवादीबीच पार्टी एक हुँदा पनि जिल्ला सहसचिव थिए । उनी पूर्व माओवादी खेमाकी हुन् ।