०२ साउन २०८३, शनिबार

एमाले लुम्बिनी प्रदेश कमिटी गठनः अध्यक्षमा कँडेल, उपाध्यक्षमा श्रेष्ठ

मंसिर २६, २०७८
एमाले लुम्बिनी प्रदेश कमिटी गठनः अध्यक्षमा कँडेल, उपाध्यक्षमा श्रेष्ठ

नेकपा एमालेले लुम्बिनी प्रदेश कमिटी गठन गरेको छ । एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल चयन भएका छन् । एमाले केन्द्रीय कमिटी बैठकले यसअघिका प्रदेश सदस्य यथावत् कायम राख्ने गरी प्रदेशको पदाधिकारी चयन गरेको हो । 

कँडेल पाल्पाका पूर्व जिल्ला अध्यक्ष तथा संविधान सभा सदस्य हुन् । 

उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ चयन भएका छन् । उनी शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए । 

प्रदेश सांसद उनी एमाले रुपन्देहीको पूर्व अध्यक्ष समेत हुन् । उनी केन्द्रीय सदस्यका आकांक्षी पनि थिए । 

सचिवमा दाङका लक्ष्मण आचार्य, सहसचिव बर्दियाका लीला राना र बाँकेका दुर्गा थारु रहेका छन् । 

राना यस अगाडि प्रदेश कमिटी सदस्य थिइन् । थारु जिल्लाको सहसचिव थिए । एमाले र माओवादीबीच पार्टी एक हुँदा पनि जिल्ला सहसचिव थिए । उनी पूर्व माओवादी खेमाकी हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्