×

NMB BANK
NIC ASIA

पुस ११ देखि १७ गतेसम्मको साप्ताहिक राशिफल : चम्किदैछ यी राशि भएकाहरुको भाग्य

पुस ११, २०७८

NTC
Premier Steels

मेष

Muktinath Bank

यो हप्ता कुनै पनि व्यक्तिद्वारा विश्वासघात हुन सक्छ, विचार गर्नुहोला । बहुमूल्य चीजहरूको सुरक्षा राख्नुहोस् । स्थायी सम्पत्ती र जग्गा जमिनबाट ठूलो फाइदा लिन सकिन्छ । अस्वस्थताले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । आमाको स्वास्थ्यस्थिति कमजोर बन्नाले चिन्ता बढ्न सक्छ । धनमाल हराउने, चोरिने वा ठगीमा परिने ग्रह योग छ । आँखाको समस्याले पनि सताउनसक्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वृष


Advertisment
Nabil box
Kumari

यो हप्ता धेरै व्यक्तिहरूले हजुरको उत्साह बढाउनेछन् ।  प्रेमी-प्रेमिकामा केहि मतभेद रहन सक्छ । तपाईले रिसाउनु अघि एक अर्काको भावना बुझ्नुहोस् ।  परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्छ, तर पनि ब्यापारबाट भने फाईदै हुने समय रहेको छ । विगतका कमजोरी सच्याउने मौका मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोगले विशेष अवसर पाइनेछ ।

Vianet communication

मिथुन

यो साता नजिकका आफन्तहरूको घरमा पुग्न सकिने समय रहेको छ । रमाइलो वातावरण हुनेछ र कुनै विशेष मुद्दामा पनि छलफल हुनेछ । आम्दानी भन्दा बढी खर्च गर्नुपर्ने समय छ । लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला । ठूला ब्यक्तीहरुबाट मानसम्मान प्राप्त होला । बुधबारपछि आर्थिक समस्या समाधान हुनेछ । शत्रुहरूलाई परास्त गर्न सकिनेछ । धनलाभ पनि होला ।

कर्कट

विशेष अवसर प्राप्त भए पनि ईर्ष्या गर्नेहरूले दुःख दिनेछन् । दाजुभाइ तथा दिदिबहिनीमा केही असमझदारी बढ्ने सम्भावना छ । समाजले बहिष्कार गरेका वा खराब आचरण भएकाहरूसँग नजिकिनुपला । दाजुभाइ तथा दिदीबहिनीहरुमा केही असमझदारी बढ्ने सम्भावना छ । समाजले बहिष्कार गरेका वा खराब आचरण भएकाहरूसँग नजिकिनुपर्ला ।

सिंह

यो साता पतिपत्नीले आपसी सद्भावले घरको व्यवस्था मिलाउने छन ।  युवावर्गमा मित्रता बढ्नेछ र  प्रेम मामिलामा केहि अप्ठ्यारा परिवर्तन आउन सक्नेछ ।अरूको भर पर्दा धोका हुन सक्छ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ । सहयोगीहरूले फाइदा दिलाउनेछन् । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ ।

कन्या

यो हप्ता गर्भवती महिलालाई बढी सावधान हुन आवस्यक छ ।  शेयर बजारमा पैसा लगानी गर्नेहरू पैसा डुब्न सक्नेछ, नया कदम नलिएको नै बेश रहला । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला । कसैसंग सामान्य मनमुटाव पनि पर्न सक्छ । केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । नयाँ ज्ञान प्राप्त हुने योग छ । 

तुला

यो साता तपाईको खाना र पेयमा विशेष ख्याल राख्नुहोस्, बिरामी पर्न सकिने छ । विशेषगरी माइग्रेन बिरामीहरूले समयमै खाना खान छोड्नु हुँदैन, अन्यथा व्यर्थमा भावनात्मक तनावबाट व्यतित हुनु पर्नेछ । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ ।

वृश्चिक

हप्ताको सुरुवातमा प्रगतिको लागि बाटो प्रशस्त हुनेछन । बेरोजगारी हटाउन प्रयासहरू सफल हुनेछन् । समयको अनुकूलताको फाइदा लिनुहोस् । स्वास्थ्य  कमजोर रहन सक्छ । जोखिम नलिनुहोला । खुशी हुनुहोस् । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । मानसम्मान पनि पाइनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । धैर्यसाथ जुट्नुहोला, लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ ।

धनु

यो साता सामान्य टाउको दुख्ने र पेट दुख्न सक्नेछ । समस्या हल हुन सक्नेछ । घरको कुनै पनि सदस्यको मायाले साता राम्रो बित्नेछ । कुनै अवसर प्राप्त भए पनि कुरा लगाउनेहरूको फन्दामा परिने सम्भावना छ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला । पढाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।

मकर

यो हप्ता यदि कुनै भवन निर्माण सम्बन्धी कार्य रोकिएको छ भने  योजनाको लागि  सही समय छ । यदि तपाईं भोज मनाउने सोच्दै हुनुहुन्छ भने, तब आफ्ना राम्रा साथीहरूलाई बोलाउनुहोस् । आफ्नै कमजोरीले ढिलासुस्ती हुने देखिन्छ । परिवारजनमा असमझदारी बढ्नाले काममा बाधा पुग्ने सम्भावना छ । व्यापारब्याबसायमा बढी नै फाइदा हुने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । काम बिग्रने डरले सताइरहनेछ ।

कुम्भ

यो साता ब्यापारको काम सहजसँग चल्नेछ तर त्यहाँ एक कर्मचारीको कारण समस्या हुन सक्छ । उचित रणनीति बनाएर काम गर्न आवश्यक छ । कार्यालय वातावरण अनुकूल रहनेछ । आफन्तहरूको सञ्जालबाट फाइदा लिन सकिनेछ । मेहनतले अध्ययनमा प्रगति हुनेछ । सामान्यतया राम्रै रहेको छ । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ ।  छरछिमेकमा झैझगडा हुन सक्छ, सावधान रहनु होला, रुपैयापैसा हराउन सक्छ ।

मीन

यो हप्ता खोकी, चिसो र  ज्वरोको समस्या हुनेछ । लापरवाह नहुनुहोस् र तुरून्त उपचार खोज्नुहोस् । यदि तपाई समयमै सचेत हुनुभयो भने उत्तम हुनेछ  । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । सजिलै काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । मानसम्मानमा पनि ठेस पुग्ने देखिन्छ ।

ज्यो. पं.  घनश्याम पोख्रेल  (९८४१४७९७०७)

[email protected]

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३१, २०७८

मेष स्वास्थ्यप्रति लापरवाही नहुनुहोला र व्यर्थको तनाव नगर्नुहोला किनभने यसले तपाईंको कार्य क्षमतामा नकरात्मक प्रभाव पार्नसक्छ । वृष आज तपाईसँग प्रभावकारी र आत्मिक व्यक्तिहरूसँग सम्पर्कहरू छन र धेरै महत्त्वपू...

जेठ २३, २०७९

मेष फोन र मिडियामार्फत तपाईको साथीहरूसँग सम्पर्कमा रहनुहोस्  । यी जडानहरूले तपाईंको लागि प्रगतिको नयाँ मार्गहरू पनि खोल्न सक्छ । चलिरहेको पारिवारिक मामलाको समाधानका लागि पनि समय अनुकूल रहन्छ । व...

बैशाख ८, २०७९

मेष नजिकको साथी वा आफन्तले तपाइँलाई धोका दिन सक्छन । आज पैसाको बारेमा कुनै प्रकारको लेनदेन नगर्नुहोस्,  किनभने फिर्ताको ग्यारेन्टी छैन । तपाईंको क्षमता भन्दा बाहिर काम गर्दा तपाईंको स्वास्थ्यलाई पनि असर ...

चैत ३१, २०७७

धनु-अन्य साढेसाती ग्रसित यो वर्ष अन्य ग्रहको प्रभावले सकारात्मक फल मिल्नेछ । राहु ग्रहले सुखको अनुभूति र धनागममा मद्दत गर्नेछ । केतुग्रहले नराम्रा फल दिएतापनि कर्मक्षेत्रमा इज्जत र सम्मान बढ्नेछन् । कार्यमा प्रगति मिल्ना...

चैत २६, २०७७

मेष आफन्तहरुले प्रेममा समर्थन गरेर सहयोग गर्नेछन् । प्राविधिक क्षेत्रका पेशाकर्मीहरुले राम्रो सफलता हात पार्नेछन् । स्वास-प्रस्वासमा समस्या आउन सक्नेछ । वृष नयाँ सम्बन्ध नजोडेकोनै राम्रो रहला । ...

भदौ ७, २०७८

  मेष आज तपाईंको प्रयास पारिवारिक र व्यापार गतिविधिहरू सुचारु रूपमा मिलाउनको लागि हुनेछ । यसको साथसाथै धार्मिक र आध्यात्मिक गतिविधिहरूमा पनि बढ्ने प्रवृत्ति हुनेछ। पुरानो ऋण पनि फिर्ता पाउनबाट रा...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x