०७ साउन २०८३, बिहीबार

ट्रकमा आगजनी

ट्रकमा आगजनी

अज्ञात समूहद्वारा पूर्वपश्चिम राजमार्गअन्र्तगत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ महुली पुलमा आज एउटा ट्रकमा आगजनी भएको छ । गिट्टी बोकेर पूर्वतर्फ जाँदै गरेको ना ६ ख ७६२९ नंको ट्रकमा अज्ञात समूहले आगजनी गरेको हो ।

आगजनीबाट ट्रकको अगाडिको भाग जलेको छ । ट्रकमा लगाइएको आगो निभाउन वारुणयन्त्र खटाइएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले अज्ञात व्यक्तिद्वारा ट्रकमा आगजनी गरेको भन्दै उक्त व्यक्तिको खोजी भइरहेको जानकारी दिए  ।

salt training

कमेन्ट गर्नुहोस्