×

NMB BANK
NIC ASIA

सामाजिक सञ्जालको सदाचारी प्रयोग विषयमा गरिएको प्रशिक्षणमा मैले बटुलेको अनुभव

पुस १८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

भुवन खत्री

Muktinath Bank

सहृदयता समाज नेपालले जातीय छुवाछुत, विभेद, घृणावादी कित्ताकाट र द्वन्द्वको सम्भावनालाई निस्तेज पारेर सहृदयताको सम्बन्ध स्थापना गर्न काठमाडौँका १० हजार विद्यार्थीलाई प्रशिक्षण दिने योजना कार्यान्वयन गरिरहेको रहेछ |


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसै कार्यक्रममा मैले पनि सहृदयता समाज नेपालकै आजीवन सदस्य प्रशिक्षक सुशील गौतम दाइसँगै प्रशिक्षण कार्यक्रममा सहभागी हुन पाएँ | अर्को सौभाग्यको कुरो के रह्यो भने उक्त कार्यक्रम मैले नै वि.स. २०७२ सालमा एस्. एल्. सि. दिएको शिशु मिलन स्कुलमा हुन गएको थियो | पहिलो पटक यस किसिमको कार्यक्रम लिएर प्रशिक्षकसँगै आफैले पढेको विद्यालय जाने मौका पाउँदा म अत्यन्तै उत्साहित थिएँ | विद्यालयका प्रधानाध्यापक श्री बुद्ध (तामांग) गोले सरलाई केहि दिनअघि नै निवेदन दिएर सुचित गरि अनुमति लिएर वि.स. २०७८/०९/१२ गते सोमबार हामी "शिशु मिलन स्कुल"मा म र प्रशिक्षक सुशील गौतम दाइ गयौँ |


Advertisment
Nabil box
Kumari

त्यहाँ पुगेर कार्यक्रम सुरु हुनु अघि एकै छिन प्राविधिक व्यवस्थापन गर्दैगर्दा सुशील दाइ र बुद्ध सरविच संवाद पनि भयो | त्यसपछि सर कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई लिन जानु भयो | हामीले व्यवस्थापन गरि सक्दा केहि विद्यार्थीहरु आए तर अन्य आउनभन्दा आगाडी दाइले अनौपचारिक परिचय सत्र सुरु गर्नुभयो विशेष गरि थरहरु ख्याल गर्दै हुनुहुन्थ्यो | कक्षा ८ क विद्यार्थीहरु रहेछन् | त्यस सत्र सक्दा नसक्दै अन्य विद्यार्थीहरु पनि आई पुगे र अन्य केहि शिक्षकहरु पनि आइपुग्नु भयो | मैले सुशील दाइलाई हामीलाई नि वहाँहरुले नै यो यो पढौनुहुन्थ्यो भनेर भनें र अभिवादन आदि सक्किएपछी औपचारिकता तर्फ लाग्यौँ |

Vianet communication
Laxmi Bank

म पुर्व विद्यार्थी भएको कारण बुद्ध सरको अनुमतिमै मैले सुरु गरें | " नमस्कार सबैजना ! नमस्कार ! म भुवन खत्री यसै विद्यालयको पूर्व विद्यार्थी हुँ | मैले यसै विद्यालयबाट वि.स.२०७२ सालमा एस्. एल. सि. दिएको हुँ । अहिले २०७८ साल भनेपछि ६ वर्ष बितिसकेछ ।  आज चाँही हामी यहाँ सहृदयता समाज नेपालको तर्फबाट सामाजिक सञ्जालको सदाचारी प्रयोग भन्ने विषय लिएर आएका छौँ । समाजमा भएका जातीय छुवाछुत, भेदभाव लगायतका घृणा फैलाउने कुरितिहरु हटाउन यो प्रशिक्षण कार्यक्रम अगाडि बढाइएको हो । अब कत्ति पनि ढिला नगरी म यसै संघका आजिवन सदस्य सुशील गौतम दाइलाई हार्दिक आग्रह गर्दछु ।" यति भनेर म एकाछेउ तिर उभिएर रहेँ । 

 त्यसपछि सुशिल दाइले सुरुमै केहि विद्यार्थीलाई हात उठाउन लगाउनुभयो र थर सहित नाम सोध्नुभयो । उनीहरुका मिल्ने साथी (Best friend)का नाम थर पनि सोध्नुभयो । तब बल्ल अनि स्लाईडसो प्रस्तुति तर्फ लाग्नुभयो । पहिलो स्लाईडमा "सामाजिक सञ्जालको सदाचारी प्रयोग" यो लेखिएको थियो र क्रमश सुशील दाइले यस प्रकार स्लाइडहरु व्याख्या गर्दै जानुभयो |

दोस्रो स्लाइडमा विभिन्न संजालका चित्रहरु थिए जसका नाम विद्यार्थीहरुलाई नै पनि सोध्नुभयो | सबैले वताए अहिलेको जमानामा नवतौने कुरै भएन | 

त्यसपछि सामाजिक संजालका फाइदाहरु वताउनुभयो | सूचना आदान प्रदान, सम्पर्कमा सहजता, विज्ञापन, ज्ञान आर्जन आदिमा सहजता प्रदान गरेका कुरा वताउनुभयो | त्यसपछि वेफाइदहरु लत लाग्ने, वास्तविकतादेखि टाढा राख्ने, अवसाद (Depression)मा पुर्याउने आदि र अर्को मुख्य रुपमा गलत सुचनाको प्रवाहको समस्या हुने पनि वताउनुभयो | कसैले विदेशमा वसेर महिनाभरि मिहिनेत गरेको त संजालमा देखिदैन  हलिदैन तर एकदिन घुमेको, राम्रो खाएको लाएको मात्रै थाहा हुने यस किसिमले पनि विदेश गए त राम्रै मात्र हुन्छ भन्ने बनाउछ र वास्तविकतादेखि पर राख्छ भन्ने कुरामा पनि सचेत पार्नुभयो | गलत सुचनाको प्रवाहले त झन् के के सम्म हुनसक्छा भनेर अब विस्तारमा व्याख्या गर्न लाग्नु भएको थियो |स्लाइडहरुमा प्रमाण सहित विभिन्न गलत नाम-थर राखेर फेक अकाउन्ट (Fake account)बाट पुरा घृणा, द्वेष फैलाउने, जात, जाति, भाषा, सम्प्रदाय, क्षेत्रीयता, आदिलाई आधार बनाई गलत कुरा लेखिदिएर झै-झगडा बढाउने किसिमका पोष्टहरु देखाउनुभयो | अझ भयानक र नेपालले पनि बुझेर जोगिनु पर्ने त रुवान्डाको घटना र त्यसको कारण सुन्दा पो थाहा हुन्छ त |

"रुवान्डाको जातीय द्वन्द्व" यो शिर्षकमा सुशील दाइले यस्तो कुराको सचेतना गराउनुभयो कि हामीले सामान्य रुपमा ख्यालै नराखेका तर त्यै कुराले कालान्तरमा अझ सोच्नै नसकिने भयानक घटना हुनसक्छ भनेर स्पष्ट पारिदिनु भयो | रुवान्डाको त्यस घटना काहाली लाग्दो थियो | ८५% हुतु, १४% तुत्सी र १% तो जातिका देशमा एकसय दिनसम्म हुतु र तुत्सी विच द्वन्द्व मच्चिएको थियो | त्यस द्वन्द्वमा आठदेखि दश लाखसम्म मानिसहरुको हत्या भएको थियो एकसय दिनभित्रमै | २ लाख ५० हजार महिला बलात्कृत भएका थिए | कागेरा नदिनै थुनिने गरि लासहरु थुप्रिएको थियो । मुटु चसक्क जिउ सिरिङ्ग हुँदैन त यस्तो भयानक घटना सोच्दा मात्रै पनि ? के अवस्था भयो होला त्यहाँ ? तर यो नि जानेर सजक त हुनैपर्छ कि यि र यस्ता घटनाको कारण के हो त ?

त्यहाँ हुतु जाति ले तुत्सिलाई इथियोपियाबाट आएको आरोप लगाउने परिपाटि सुनियोजित रुपमा बढाईएको थियो । घृणा फैलाउने समाचार, गफगाफ, आरोपहरु यति बरम्बार गरिन्थ्यो कि ति कुराहरु हो नै भन्ने जस्तो सामान्य भईसकेको थियो । यसरि घृणावादी कुराको अति सामान्यिकरण गरिएको थियो । अझ जुन साझा एवं मौलिक चाढपर्वहरु थिए जसले सबै जातिलाई एकठाउँमा ल्याएर सद्भाव बढाउन ठूलो मद्दत पुर्याउँथ्यो ति चाढहरु पुर्णरुपमा मासिएको थियो । ति सांस्कृतिक विषयहरुलाई राजनितिक रुपमै प्रयोग गरेर द्वेषको भावना बढाईएको थियो । जसरि अहिले नेपालमा घृणा फैलाउने र सहृदयताको सम्बन्ध गाँस्ने दुबै थरि छन् त्यसरी नै  त्यहाँ पनि थियो तर जतिञ्जेल सहृदयीहरु प्रभावकारी थिए द्वन्द्व भएन जब त्यहाँ घृणा फैलाउने ज्यादा प्रभावकारी हुँदै गए तब मिल्नुपर्छ भन्ने शक्ति कमजोर भयो र भयानक द्वन्द्व मच्चियो ।

जसरी त्यहाँ द्वन्द्वको बिज रोपिएको थियो त्यसरी नेपालमा द्वन्द्वको बिज के के भईराखेका छन् त ? यो कुरा पनि "नेपालमा फैलाउने गरिएका अफवाह" भनेर सुशील दाइले स्पष्ट पारिदिनुभयो | नेपलामा विभेदकारीहरुले एकातिर जो थेप्चो नाक र मसिना आँखा भएका राई, लिम्बु, गुरुङ, मगर, तामाङ, शेर्पा छन् तिनलाई मंगोलियाबाट आएका मंगोल भनेर अफवाह फैलाईएको छ भने अर्को तिर जसका नाक चुच्चो छ, आँखा विस्फारित भएका बाहुन, क्षेत्री, ठकूरी, दशनामीहरु ककेसियाबाट आएका आर्य हुन् भनेर अफवाह फेलाई रहेका छन् ।

र "वास्तविकता" के हो त ? यो कुरो पनि सुशील दाइले स्पष्ट पारिदिनुभयो । भुगोलमा जहाँ तार्तर क्षेत्र छ त्यहाँको मंगोलियामा बस्ने एउटा सानो जातीय समुहलाई मंगोल भनिन्छ ।

राई, लिम्बु, गुरुङ, मगर, तामाङ, शेर्पाहरुको आ-आफ्नै संस्कृति, परंपरा, रितिरिवाज छँदै छ नि । सोलोडोलोमा वास्तविकता देखि टाढा मंगोल भनिदिनु अप्रामाणिक भ्रामक घृणावादी कुरा हो । त्यसैगरी आर्य एक संस्कृत शब्द हो जसको प्रयोग जताततै गुणवाचक रुपमा प्रयोग भएको छ। कृन्वन्तो विश्वमार्यं भन्ने संस्कृतको श्लोक अंशले विश्वलाई आर्य बनाउ भनेको छ । नाक तानेर चुच्चो बनाउने भन्या हो त ? हैन नि असल बन र बनाउ पो भन्या हो त। बुद्धले आर्य अष्टाङ्गिक मार्ग भनेर आर्य हुन असल हुन आठ वटा मार्गका कुरा गर्नुभएको छ । त्यसैले बाहुन, क्षेत्री, ठकूरी, दशनामीहरु मात्र आर्य हैनन् । जो सुकै व्यक्तिलाई पनि असल गुणवान् छन् भने आर्य भन्न मिल्दछ ।  यि वास्तविक कुराले समाजमा सहृदयता बढाउँछ र द्वन्द्व हुन दिँदैन |

तर यदि अफवाहका जस्ता कुराहरु थिए त्यस्ता कुरा गलत सूचना प्रवाह गरेमा त्यसको लागि कानुनले के वताएको छ त ? सुशील दाइले "विद्युतीय (electronic) कारोवार ऐन, २०६३"को बारेमा पनि वताउनुभयो | सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामाग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाती र सम्प्रदायबिचको     सुमधुर सम्बन्धलाई खलल पार्नेलाई १ लाख वा ५ वर्षसम्म कैद वा दुवै सजाय र पटक पटक गरेमा सजायको डेढी सजाय हुने कुरा र यसरि विद्युतीय कानुन हेरेर त्यस्ता किसिमका पोष्ट आदिलाई लाईक, कमेन्ट आदि कुनै किसिमको प्रतिक्रिया गर्नु हुन्न, सेयर पनि गर्नुहुन्न भन्ने कुराको सचेतना गराउनुभयो |

त्यसोभए त्यतिकै छाडिदिने कि के गर्ने त ? त्यस्ता पोष्टलाई रिपोर्ट (Report) गरिदिने भनेर वताउनुभयो र तरिका पनि सिकाउनुभायो । रिपोर्ट कसरि गर्ने त ? सुरुमा पोष्टको माथिल्लो भागतिर रहेका तिनवटा थोप्लाले जनाएको अप्शनमा छुने, त्यसपछि जे देखाउँछ त्यसको अन्तिमतिर Find support or report photo मा छुने,  त्यसपछि Hate speech, त्यसपछि race or ethnicity र अन्तिममा submit गरिदिने ।अनि यो पनि वताउनुभयो कि एक दुई जनाले रिपोर्ट गर्दा वास्ता भैदिदैन तर हामी धेरै जनाले गर्यौँ भने त्यसलाई हटाइदिने, ब्लक गरिदिने आदि नियमानुशार जे गर्न पर्ने त्यो हुन्छ ।

 त्यसैगरि त्यसपछि "छुवाछुत र विभेद" शिर्षकमा पनि सचेतना गराउनुभयो | २ वटा चित्रमा कथित ठूलाले अन्यलाई अलग्गै नछुने किसिमको व्यवहार गरेको देखाउनुभयो र  वैज्ञानिक रुपमा पुरा सन्दर्भलाई ध्यान दिने बुझ्ने हो भने कुनै कार्य पनि अलग्गै भएकै हुँदैन कतै न कतै कुनै किसिमले छुईएकै हुन्छ भन्ने कुरा वताउनुभयो। "जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय)  ऐन २०६८ मा ३ महिनादेखि ३ वर्षसम्म कैद, १-२५ हजारसम्म वा दुवै सजाय हुने तोकिएको छ भन्ने कुरामा पनि वताउनुभयो | 

तर अब प्रश्न उठ्छ "कानुन बनाउँदैमा छुवाछुत र विभेद हट्छ त ?" यहि स्लाइड देखाउँदै सुशील दाइले विद्यार्थीहरुलाई सोध्नुभयो । त्यहाँमध्ये एक विद्यार्थीले उठेर "विकट गाउँ ठाउँमा गएर कानुनका कुरा र चेतनाका कुरा गर्नुपर्छ ।" भन्ने कुरा स्पष्ट राख्नुभयो । सुशील दाइ "हो ठिक भन्यौ चेतना बढाउने कार्य गर्न अत्यावश्यक छ " |

"सामाजिक चेतनामा अभिवृद्धि" शिर्षकमा सुशील दाइले यस प्रकार कुराहरु वताउनुभयो | "जात विभाजन ( नेवार, मधेसी, पहाडी)" भनेर सुशील दाइले विभिन्न शाषकले मन मर्जी रुपमा अनेक जात विभाजन गरेको स्पष्ट ऐतिहासिक उदाहरणहरु राख्नुभयो । जस्तै मल्ला कालीन समयमा नेवार समुदायमा जात विभाजन भयो त्यसै गरी राणा शाषणको बेला पनि उनिहरुले आफ्नो स्वार्थानुसार जात बढाईदिने र घटाईदिने गरे । यसरि ति कुरा बुझ्दा के स्पष्ट छ भने अहिले जो ठूला भनिएका ति पहिला साना र साना भनिएका ठूला नि हुनसक्थे अर्थात यो सबै बिनै विज्ञान शाषकको स्वार्थले बनाईएका कुरा हुन् ।  अहिले ठूला साना भनिएकाहरुको सबैमा घालमेल भएकोमा जस्-जस्को गोत्र मिल्छ नि उनिहरुको पुर्खा मिल्छ अर्थात वैज्ञानिक परिक्षण गर्ने हो भने डि. एन्. ए. मिल्न जान्छ तब दाजु भाई दिदि बहिनिमा जसरि ठूला साना छुवाछुत विभेद रहदैन त्यसैगरि कसैको कसैसँग पनि विभेद रहदैन भनेर यस किसिमले स्पष्ट पार्नुभयो |

 तर फेरी विभेद हटाउनको लागि के गर्दा उचित हुन्छ त ? "वंशियार र अंशियार" भनेर सुशील दाइले समाधानको सूत्र प्रस्तुत गर्नुभयो । वंशियार अर्थात एकै वंशका सन्तान र अंशियार अर्थात एउटै आमाका सन्तानले बराबर अंश पाउने भन्ने यी भाव हुनासाथ विभेद हटिहाल्यो ।  तल्लो जात र माथिल्लो जात होइन, हामी सबै नेपाल आमाका सन्तान । नेपाल आमाप्रति सबै सन्तानहरुको बराबर हक लाग्छ भनेर मिल्ने सक्ने कुराहरु अघि सार्नुभयो |

 नेपालमा अर्को पनि ठूलै समस्या छ । के हो त त्यो ? 

"भैया" सुशील दाइले यो कुरा उठान गर्नुभयो कि पानीपूरी खान जाँदा "भैया पानिपुरी दो ना", "भैया सुक्खा पानिपुरी दो ना" यस्तो भन्ने गरेको पाईन्छ । नेपालमा सबै त्यस किसिमका देखिनेहरु हिन्दि बोल्ने नहुनसक्छन् | भोजपुरी, मैथिली, आदि थुप्रै छन् ति भाषा बोल्ने पनि हुनसक्छन् | नेपालीमै दाइ आदि शब्दद्वारा सम्बोधन पनि गर्न सकिन्छ भनेर मिल्ने कुरा गर्नुभयो | सामान्य गफगाफमा धोति भन्दिने सम्मनको कुरा नि छ । के यसले रुवान्डामा भएको सानोदेखि सुरु भएर रगतको खोलै बग्ने १०औँ लाखको हत्या हुने जस्तो अवस्थामा नपुर्याउला भन्न सकिदैन | समयमै सजक नभए जे नि हुनसक्छ, हैन त ?

यि सम्पूर्ण समस्याले द्वन्द्वको अवस्थासम्म नपुर्याओस् भन्ने सुनिश्चित गर्न के गर्ने त ? "सहृदयताको सम्बन्ध" सुशील दाइले यो व्याख्या गर्नुभयो | समान हृदय यी २ शब्दबाट सहृदयता शब्द बनेको छ । केहि विद्यार्थीलाई उठाउनु भयो र उनिहरुको नाम-थर सोध्नु भयो र उनिहरुका मिल्ने साथिका पनि नाम-थर सोध्नु भयो । उत्तरमा बाहुनको साथी मगर र क्षेत्रीको साथी नेपाली(दमाई) देखियो । अनि दाइले फेरी सोध्नुभयो "तिमिहरुले जात सोधेर साथि बनाएका हौ त ?", "मिठो मिठो खान दिएको भएर हो त ?" उत्तर आयो हैन । किन भन्दा मन मिलेर है न त भन्दा हो भने । यसरि हामिले भनेको सहृदयताको सम्बन्ध भनेको जात, जाति, सम्प्रदाय, भाषा, क्षेत्रियताको आधारमा होईन मनको, हृदयको आधारमा सम्बन्धलाई सुमधुर बनाउन पर्छ भनेर स्पष्ट पारिदिनुभयो ।

अनि हामीले सबै विद्यार्थीलाई सहृदयता पत्र वितरण गरायौँ र सुशील दाइले वाचन पनि गराउनुभयो । सुशील दाइले त्यो पत्र सबैलाई आ-आफ्नो घरको सँधै देखिने ठाउँमा टाल्न र सामाजिक सञ्जालमा पोष्ट गर्न पनि उपाय दिनुभयो ।

फेरी अन्त्यमा वताउनुभयो कि वैज्ञानिक सत्ययुगको लक्ष प्राप्त गर्न आधारशिला चतुष्टय (विज्ञानको बुद्धि, प्रविधिको प्रगति, धर्मको विवेक र सहृदयताको सम्बन्ध)लाई आधार बनाएको जरोकिलो महाअभियानको विशिष्टिकृत संस्था सहृदयता समाजले यो प्रशिक्षण कार्यक्रम आयोजना गरिरहेको हो । यति यस्तै किसिमले आयोजक संस्थाको बारेमा छोटो कुरा वताएर प्रशिक्षण कार्यक्रम टुंग्याउनुभयो | 

त्यसपछि शिक्षकहरुले सबै विद्यार्थीलाई आ-आफ्नो कक्षामा जान निर्देशन दिनुभयो | हामी पनि प्रधानाध्यापक बुद्ध (तामांग) गोले सर, उपप्रधानाध्यापक श्रीकृष्ण बराल सर (गणित विषय) र विनोद बजगाई (विवस) सरसँगै विद्यालयको प्रांगणतिर गयौँ | त्यहाँ गएर हामीले संवाद गर्दै एकसाथ बसेर तस्विर खिच्यौं | सबैजना सरहरुले सान्दर्भिक कार्यक्रम रहेको भनि प्रसंसा गर्नुभयो | बुद्ध सरले त झन् रमाइलो रुपमा "तपाईंहरूको प्रशिक्षण सुनेपछि मलाई एकदमै भोक लाग्दा टन्न खाना खान पाएको जस्तो अनुभूति भयो । यति राम्रो कार्यक्रम सबै स्कुलहरूमा गर्नुहोला । यस्तो कार्यक्रम एकदमै आवश्यक थियो । तपाईंहरूले गर्नुभयो, साह्रै राम्रो गर्नुभयो।" यस किसिमले वताउनुभयो |

hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७९

सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...

मंसिर ८, २०८०

दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...

माघ ७, २०७९

जाडो मौसममा दिन काट्न धेरैलाई गाह्रो हुन्छ । जाडोभन्दा गर्मी नै ठीक भन्नेहरू पनि धेरै भेटिन्छन् । हुन पनि कठ्यांग्रिने जाडो कसलाई मन पर्ला र ? तर पनि हाम्रा चाडपर्व र अवसरहरूले जाडोबाट जोगिन र शरीरलाई तताइरा...

माघ ८, २०८०

राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...

असोज ८, २०७९

समाजमा विभिन्न किसिमका मानिसहरू भेटिन्छन्, सबैले आफ्नै कुरालाई ध्यान दिइरहेका हुन्छन् । जहाँकहीँ होस्, चाहे पार्टी, पिकनिक, समारोह, गोष्ठी, भेटघाट सबैतिर आफ्नै बखान गर्छन् आफ्नै नाम, काम, धाम, पेशा र व्यवसायको । ...

भदौ ५, २०७८

आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x