×

NMB BANK
NIC ASIA

जेलभित्रैबाट गुड्डुको लागूऔषध धन्दा- तलब दिएर तीन तहमा कर्मचारी राखेको खुलासा

पुस २०, २०७८

NTC
Premier Steels

काठमाडौं कारागारमा बसेर लागूऔषधको सञ्जाल चलाउने गरेको खुलेको छ । सो सञ्जालका १७ जनालाई लागूऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेपछि यस्तो खुलासा भएको हो । 

Muktinath Bank

सिन्धुली कारागारबाट उपत्यकालगायत देशका विभिन्न ठाउँ लागूऔषध बिक्री वितरण गर्ने मुख्य नाइके भनिएका गुड्डु गुप्ताको सञ्जाललाई ब्यूरोले पक्राउ गरेर 'नेक्सस' तोडेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारत घर भएका गुड्डु अहिले लागूऔषध मुद्दामै १८ वर्ष कैद र १० लाख जरिवानासहित सिन्धुली कारागारमा कैद भुक्तान गरिरहेका छन् । उनले अर्का कैदी सन्तोष स्याङताङको सहयोगमा विभिन्न व्यक्तिहरूलाई तलबमा राखेर लागूऔषधको कारोबार गर्दै आएको खुलासा भएको छ । 


Advertisment
Nabil box
Kumari

मंगलवार ब्यूरोले पत्रकार सम्मेलन गर्दै उनले तीन तहमा कर्मचारी राखेर लागूऔषधको कारोबार गर्दै आएको बताएको छ । 

Vianet communication

ब्यूरोका प्रवक्ता एसपी जीवनराम श्रेष्ठका अनुसार उनले दीपक महर्जन, पन्च साङताङ र संगा्रम मोक्तानलाई पहिलो तहमा राखेर २० हजार मासिक तलब दिएका थिए । सुजन ठकुरी र दुई नाबालकलाई मासिक १५ हजार रूपैयाँ तलब दिएर लागूऔषध कारोवार सञ्चालन गर्दै आएको खुलेको एसपी श्रेष्ठले जानकारी दिए । 

सन्तोष र गुड्डुलाई कारागार व्यवस्थापन विभागले केही दिन अगाडि रौतहट करागार सरुवा गरेको थियो । 

त्यस्तै भारतीय नागरिक रम्भादेवी दासले पनि नेपालमा बसेर लागूऔषधको सञ्जाल सञ्चालन गर्दै आएकी थिइन् । उनीसहित ७ जनालाई पनि ब्यूरोले पक्राउ गरेको छ ।

उनले पनि उपत्यकाका विभिन्न होटलबाट भुषण लामा, कुष्णराम घुकुछु, विष्णुकुमार देउला, नानीमैया लामा, पप्पु यादव र मोहम्द रफिक रैन रद्दिनलाई प्रयोग गरेर लागूऔषधको सञ्जाल सञ्चालन गरिरहेको प्रहरीको भनाइ छ । उनीहरूलाई ७ हजार एम्पुल लागूऔषधसहित प्रहरीले पक्राउ गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x