×

उपभोक्तामाथि लुट

उपभोक्ता ठग्दै बज्र ग्रुप : महंगोमा गाडी बेचेर ६ महिनामा फिर्ता लाँदा १० लाख झ्वाम !

काठमाडाैं | बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए ।

अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुपैयाँ रहे पनि ३ लाख रुपैयाँ डिस्काउन्ट दिन्छौं भनेर उनलाई २८ लाख रुपैयाँमा गाडी बिक्री गरियो । १५ लाख रुपैयाँ नगद र १३ लाख रुपैयाँको चेक उनले दिएका थिए । १९० दिनपछिको मिति राखेर चेक दिएको उनले बताए ।


Advertisment

२०८० साउन २ गते उनले उक्त गाडीको डेलिभरी पनि पाए । तर, उक्त गाडीको बजार मूल्य ३१ लाख नभएर २५ लाखमै बिक्री भइरहेको सूचना इन्टरनेटबाट प्राप्त गरेपछि बल्ल उनलाई आफू ठगिएको थाहा भयो ।


Advertisment

ढुंगानाले बुझाएको नगद र चेकको विवरण:

null

'मलाई ३ लाख छुट भनेर ३१ लाखको गाडी २८ लाखमा दियो । तर, बजारमा त्यही गाडी २५ लाखमै बिक्री हुने गरेको रहेछ,' ढुंगानाले लोकान्तरसँग भने, '३ लाख रुपैयाँ बढी लिएर ठग्यो भन्ने लागेपछि मैले डिलरलाई फोन गरेर गाडी फिर्ता लग्न पटक–पटक भने पनि शुरूमा फिर्ता लगेनन् ।'

आफूले दिएको १५ लाख नगद र १३ लाखको चेक फिर्ता गरी गाडी लैजाऊ भनेर पटक–पटकभन्दा शुरूमा नमानेको र पछि आएर जबरजस्ती गाडी लगेको उनको भनाइ छ ।

null

'गाडी पनि मेरो नाममा थिएन, कम्पनीकै नाममा थियो । ठगी गरेको बुझेपछि गाडी फिर्ता लैजान पटक–पटक अनुरोध गरे पनि उनीहरूले मानेनन्,' ढुंगानाले थपे, 'तर, पछि २०८० माघ ९ गते छापामार शैलीमा कम्पनीका पुरुषोत्तम अधिकारीसहितका ४/५ जना आएर गाडी फिर्ता लगे ।'

गाडी फिर्ता लाँदा २ हजार १८० किलोमिटर गुडेको थियो । ७९० किलोमिटर गुडिसकेको अवस्थामा गाडी डेलिभरी गरिएको भन्दै उनले आफूले १ हजार ३९० किलोमिटर मात्र गुडाएको बताए ।

'गाडी फिर्ता लगिसकेपछि रकम फिर्ता दिनका लागि पटक–पटक ताकेता गरे पनि रकम फिर्ता गरेनन्,' उनले भने, 'तेरो गाडी रिसेल गर्दैछु, ५ लाख ८८ हजार १९२ रुपैयाँ दिन्छु भनेर २०८१ वैशाख १२ गते ५ हिसाब पठायो ।'

गाडीको बिक्री मूल्य २८ लाख रहेको, १५ लाख भुक्तानी पाएको, १३ लाख बाँकी रहेको भन्दै उक्त गाडीको रिसेल मूल्य २० लाख, लेट फी (ब्याज)को १ लाख २१ हजार ८०८ रुपैयाँ देखाउँदै ५ लाख ८८ हजार १९२ रुपैयाँ फिर्ता लिन आऊ भनेर भनेर डिलरका फाइनान्स हेड लुसन श्रेष्ठले हिसाब पठाएको उनले बताए ।

लुसन श्रेष्ठले पठाएको हिसाब :

null

६ महिनामा गाडीको डिप्रिसिएसन भ्यालु ९ लाख रुपैयाँ भएको भन्दै आफूलाई कम्पनीले ठगेको उनको गुनासो छ ।

'यो उपभोक्तामाथिको लूट हो । म मात्र ठगिएको छैन, अन्य धेरै उपभोक्तालाई उक्त कम्पनीले ठग्दै आएको मैले सुनेको छु,' ढुंगानाले थपे, 'गाडी नै मेरो नाममा आएको थिएन । ६ महिना गाडी राखेको भन्दै १० लाख रुपैयाँ कसरी काट्न मिल्छ ?'

यस विषयमा प्रतिक्रिया लिन खोज्दा बज्र ग्रुपका फाइनान्स हेड (सीएफओ) लुसन श्रेष्ठले केही प्रतिक्रिया दिन चाहेनन् ।

'त्यतिबेलाका सेल्स एजेन्ट एनके शरदसँग कुरा गर्नुस्, उहाँले नै सबै कुरा भन्नुहुन्छ,' श्रेष्ठले लोकान्तरसँग भने ।

कम्पनीका एमडी प्रकाश बज्राचार्यसँग पनि फोनमा प्रतिक्रिया लिन खोज्दा मीटिङमा व्यस्त रहेको भनेर कुरा गर्न चाहेनन् ।

सेल्स एजेन्ट शरदले भने आफू अहिले उक्त कम्पनीमा कार्यरत नरहेको बताए ।

'उक्त गाडीको त्यतिबेलाको प्रज्ञापन पत्रमा ३० लाख ९९ हजार रुपैयाँ कायम गरिएको थियो । सोही आधारमा उहाँलाई ३ लाख छुट गरेर २८ लाखमा गाडी दिइएको थियो,' शरदले भने, 'उहाँले १५ लाख नगद र १३ लाखको चेक दिए पनि चेक बाउन्स भएको थियो ।'

केही महिनापछि बजारमा कोमेडको पनि गाडी आएकाले आफूहरूले प्रतिस्पर्धामा बजार मूल्य घटाएको उनले स्वीकारे ।

'नाडामा कोमेडको गाडी आएपछि उक्त गाडीको एमआरपी घटेर २६ लाख ९९ हजार रुपैयाँ कायम भएको हो,' उनले थपे, 'तर, ढुंगानाजीले खरिद गरेको बेलामा गाडीको मूल्य ३१ लाख नै थियो ।'

उनले थपे, '३ हजार किलोमिटर गाडी पनि गुडाउनु भयो । भुक्तानी पनि गर्नु भएन । त्यसकारण कम्पनीले गाडी फिर्ता लिएर रिसेल गर्न लागेको हो ।'

३ हजार किलोमिटरसम्म गाडी गुडाएपछि कम्पनीले डेप्रिसिएसन भ्यालू काटेर, ब्याज समेत काटेर हिसाब पठाएको उनको जिकिर छ ।

'कम्पनीले उहाँलाई हिसाब पठाएको छ । सेटलमेन्ट गर्न दुवै पक्षको भ्यालुएटर राखेर हिसाब गर्न सकिन्छ,' शरदले थपे, '१० लाख रुपैयाँ डिप्रिसिएसनमा उहाँको चित्त बुझेको छैन भने दुवै पक्षको भ्यालुएटर राखेर सेटलमेन्ट गर्न सकिन्छ ।'

जेठ १५, २०८१

सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ । मंगलबार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड रहेको ...

जेठ १५, २०८१

सरकारले आर्थिक वर्ष २०८१–८२ को बजेटका ५ विषयलाई प्राथमिकतामा राखेको छ ।  अर्थमन्त्री वर्षमान पुनले आज (मंगलवार) संघीय संसदमा बजेट आव २०८१–८२ को बजेट प्रस्तुत गर्दै ५ प्राथमिकता सार्वजनिक गर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

जेठ १, २०८१

निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

x