×

NMB BANK
NIC ASIA

ज्येष्ठ नागरिक योद्धा सीताराम ढकालको कृति लोकार्पण

पुस २४, २०७८

NTC
Premier Steels

ज्येष्ठ नागरिक योद्धा स्व. सीताराम ढकालको कृति लोकार्पण भएको छ । 

Muktinath Bank

नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेती, पूर्व मन्त्रीहरू शंकर कोइराला, टंक ढकाल, पूर्व राज्यमन्त्री पदम राई लगायतले शनिवार राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा संयुक्त रूपमा विमोचन गरेका हुन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२००१ साउन २३ गते भोजपुरमा जन्मिएका समाजसेवी एवं ज्येष्ठ नागरिक योद्धा ढकालको प्रथम वार्षिक पुण्यतिथिमा प्रकाशित कृति (स्मृति ग्रन्थ)मा उनको जीवनी, व्यक्तित्व र योगदानका विविध आयाम प्रस्तुत गर्ने लेख रचना तथा अन्य सामग्रीको संयोजन गरिएको छ । 


Advertisment
Nabil box
Kumari

उनको सक्रिय जीवनशैली, समाज सेवाका क्षेत्रमा गरेका उदाहरणीय कार्यहरू, ज्येष्ठ नागरिक योद्धाका रूपमा दिएका अविस्मरणीय योगदानलाई उल्लेख गरिएको छ । यो कृति सीताराम–पदमकुमारी फाउन्डेसनले प्रकाशन गरेको हो । ढकालको कोटेश्वर क्षेत्रको विकासमा पनि उल्लेखनीय योगदान छ । 

Vianet communication

कृतिमाथि प्रा.डा. गोविन्दमानसिंह कार्की र डा. शैलेन्द्र प्रकाश नेपालले टिप्पणी गरेका थिए । कार्कीले भने, ‘उहाँको जीवनको पछिल्ला पाटामा मात्रै कृति केन्द्रित भएको छ । पूरा जीवनी यो पुस्तकले समेट्दैन तर व्यक्तित्व पहिल्याउने काम यसले गरेको छ । केही सच्याउन पर्ने पनि छ । आगामी कृतिमा त्यसलाई समेट्नुहोला ।’ 

अर्का टिप्पणीकर्ता नेपालले भने, ‘उनको जीवन अत्यन्त सार्थक भएको पाए । आत्मदाहका लागि सरकारलाई चुनौती दिएकोसम्म उहाँको योगदान छ । पुस्तक एउटा इतिहास हो । सत्यमोहन जोशीको शुभकामना सन्देशले ओज बढाउने काम गरेको छ । शिवप्रसाद ढकाल राष्ट्रको सम्पत्ति हो ।’ 

कलाकार मदनदास श्रेष्ठले ज्येष्ठ नागरिकको शिक्षाका लागि श्रेष्ठ लडेको बताए । ‘ज्येष्ठ नागरिक सञ्जाल बनाउनुभयो । जिल्ला संघहरू गठन भए । यति गर्दा राष्ट्रले सेवा नदिएपछि सडक आन्दोलनमा उत्रिए । सम्मानजनक बाँच्ने कानून ज्येष्ठ नागरिकमैत्री नीति नियम प्राप्त भएको छ । अहिले सम्मानपूर्वक बाच्न पाउने अवस्था छ । यसमा सीताराम ढकालको योगदान छ ।’

कार्यक्रममा ९२ वर्षीय ज्येष्ठ नागरिक गोपाल प्रजापतिलाई सम्मान गरिएको छ । 

ज्येष्ठ नागरिक योद्धा ढकालको परिवारले बुवाआमाको सम्झनामा सीताराम–पदमकुमारी फाउन्डेसन स्थापना गरेको छ । ढकालको गत वर्ष २०७७ पुस २० गते निधनपछि उनको योगदान र समाजसेवाका कामलाई निरन्तरता दिन परिवारले २ महिनापछि फागुन ५ गते फाउन्डेसन स्थापना गर्‍यो । फाउन्डेसनले स्व. ढकालले जुन जुन क्षेत्रमा योगदान गरे तिनै क्षेत्रलाई केन्द्रित गरेर काम गरिरहेको उपाध्यक्ष विन्दु अधिकारी ढकाल बताउँछिन् ।

उनका अनुसार फाउन्डेसनले ज्येष्ठ नागरिकलाई पलाञ्चोक भगवती दर्शन गराउने, हकहित संरक्षणका लागि सक्रिय रहने, आर्थिक रूपमा विपन्न विद्यार्थी (अनुरोध कोइराला काठमाडौं स्कूल अफ ल–सृजन ढकाल सिटिजन कलेज) लाई छात्रवृत्ति, ढकालको जन्म स्थानमा वृक्षारोपण गरिएको छ । 

फाउन्डेसनले शनिवार ढकालका योगदान समेटिएका स्मृति ग्रन्थ प्रकाशन गरेको हो । 

ढकालका छोरा एवं नेपाल प्रहरीका एसएसपी भीमप्रसाद ढकालले बुवाले देखाएका मार्ग र सपनामा आफूहरु अघि बढेको बताए । बुवाले देखाएको बाटोअनुसार समाजसेवामा सक्रिय रहिरहने उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ७, २०८१

दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।  प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x