फागुन ५, २०७८
आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन आउन ८४ दिन मात्र बाँकी रहँदा सर्वोच्च अदालतको एउटा आदेशले तोकिएको समयमा चुनाव हुनेमा संशय थपिएको छ । वैशाख ३० गते चुनाव हुँदा आफ्नो कार्यकाल पूरा...
ओमिक्रोन नाम दिइएको कोरोना भाइरसको नयाँ भेरिएन्टले विश्वभर संक्रमणको तेस्रो लहर शुरू भएको छ ।
संक्रमणदर तीव्र रहेको ओमिक्रोन नेपालमा व्यापक मात्रामा देखिन थालेको छ ।
कोरोनाको तेस्रो लहर शुरू भएसँगै काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा जिल्ला प्रशासन कार्यालयहरूले संक्रामक रोग नियन्त्रण ऐन, २०२० अनुसारको आदेश जारी गरेका छन् ।
कोरोना संक्रमणको नियन्त्रण, रोकथाम र उपचारलाई प्रभावकारी बनाउन कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने लगायत विभिन्न सुझाव सरकारलाई दिएको थियो ।
सोहीअनुसार काठमाडौं उपत्यकाका तीन लगायत धेरैजसो जिल्ला प्रशासन कार्यालयले पुस २७ गतेदेखि भीडभाड कम गर्न आदेश जारी गरेका छन् ।
घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउनुपर्ने, २५ जनाभन्दा बढी भेला हुन नपाइने, सार्वजनिक यातायातले सीट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने लगायत नियम जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा उल्लेख छ ।
विमानस्थल, पार्क, रंगशाला लगायतका स्थानमा प्रवेश गर्दा खोप लगाएको कार्ड अनिवार्य गरिएको छ ।
एकातर्फ सबै नागरिकले खोप नपाएको र अर्कातिर सार्वजनिक स्थलमा खोप कार्ड अनिवार्य गर्ने कुरा आफैँमा विरोधाभाषपूर्ण छ ।
कोरोना संक्रमणको त्रास बाँकी नै रहेको अवस्थामा जिल्ला प्रशासन कार्यालयहरूले जारी गरेको आदेशका धेरैकुरा पालना गर्नुपर्ने किसिमका थिए ।
कोरोना महामारी पूर्ण रूपले नियन्त्रणमा नआउँदै स्वास्थ प्रोटोकलका मापदण्डलाई नजरअन्दाज गर्ने र भीडभाड गर्ने काम रोकिएको थिएन । राजनीतिक दलका सभा सम्मेलन पनि संक्रमण बढ्ने कारक बनेका छन् ।
लापरवाहीकै कारण संक्रमणको ग्राफ फेरि उकालो लाग्न थालेको छ । मंगलवार २ हजार ४ सय ४४ जनामा संक्रमण देखिएको थियो ।
संक्रमण बढेकै समयमा राष्ट्रिय एकता दिवसको नाममा मंगलवार नै राप्रपाले पृथ्वीनारायण शाहको सालिक अगाडि भीडभाड जम्मा गरेर संक्रमण फैलिने जोखिम बढायो ।
तराईका जिल्लामा सिके राउत नेतृत्वको जनमत पार्टीले राजनीतिक गतिविधि कायम राखेको छ, यस्ता राजनीतिक गतिविधि पूर्ण रूपले रोकिनुपर्छ ।
कोरोना संक्रमण नियन्त्रणको नाममा दुई वर्षयता पटक– पटक गरिएका बन्दाबन्दी (लकडाउन)का कारण देशको अर्थतन्त्र जर्जर बनेको थियो ।
फेरि गरिने लकडाउनले भर्खर लय समात्न थालेको अर्थतन्त्रलाई फेरि नराम्रोसँग आघात पार्नेछ । अहिलेको आवश्यकता मानव जीवनको रक्षासँगै अर्थतन्त्रलाई जोगाउनु हो ।
ओमिक्रोनको संक्रमण दर धेरै भएपनि मृत्युदर कम रहेको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा आइरहेका छन्, त्यसैले पनि बजार नै बन्द गर्ने खालको लकडाउन या बन्द गर्न हतारो गर्नु हुन्न ।
संक्रमण फैलिने जोखिम रहेका सार्वजनिक यातायातमा भीडभाड कम गर्न कडाइ गर्ने तथा भीडभाड हुने अन्य क्षेत्रमा प्रशासनको कडा अनुगमन जरुरी छ ।
आदेश जारी गर्ने तर कार्यान्वयन फितलो भयो भने त्यसको अर्थ हुने छैन ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश र स्वास्थ्य मापदण्डको कडाइका साथ अनुगमन र कार्यान्वयनमा सम्बन्धित निकायले तदारुकता देखाउन जरुरी छ ।
महामारी नियन्त्रण र रोकथाममा आम नागरिकको भूमिका र दायित्व उत्तिकै छ । जनताको जीवन रक्षालाई प्राथमिकतामा राख्दै अर्थतन्त्रलाई पनि चलायमान बनाइराख्नु आजको आवश्यकता हो ।
पूर्वतयारी र सावधानीले क्षति कम गर्दै महामारीको सामना गर्न सकिनेछ ।
आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन आउन ८४ दिन मात्र बाँकी रहँदा सर्वोच्च अदालतको एउटा आदेशले तोकिएको समयमा चुनाव हुनेमा संशय थपिएको छ । वैशाख ३० गते चुनाव हुँदा आफ्नो कार्यकाल पूरा...
प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार आफ्नो तीन दिने भारत भ्रमण पूरा गर्दैछन् । नेपाल र भारतबीच लामो समयसम्म हुन नसकेको उच्चस्तरीय संवाद देउवाको भ्रमणबाट पुनः सुचारु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र म...
सर्वोच्च अदालतका आदेश/फैसला सितिमिति विवादमा आउँदैनन्, सर्वसाधारणले टिप्पणी गर्दैनन् । तर पछिल्लो समय अदालतका आदेशमा व्यापक जनगुनासो बढ्न थालेको छ । अदालतका आदेश विवादमा तानिन थालेको एउटा उदाहरण हो, निजगढ वि...
तनहुँ सदरमुकाम दमौलीमा आइतवार भएको आगलागी नियन्त्रण गर्नका लागि काठमाडौंबाट हेलिकप्टर गएर पानी ओसार्नुपरेको दृष्य अलि अस्वाभाविक जस्तो देखियो । हेलिकप्टरमा पानी ओसारेर चार घण्टा लगाई बल्लतल्ल आगलागी न...
भर्खरै सम्पन्न चुनावको नतिजा बिर्साउने गरी सरकारले इन्धनमा फेरि भारी मूल्यवृद्धि गरेको छ । देश स्थानीय तह चुनावको नतिजाले रंगीन बनिरहेको समयमा भएको मूल्यवृद्धिबाट जनता ब्याकुल बनेका छन् । आइत...
नेपालमा विवादको भुमरीमा परेको अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट किनारा लागेको छ । फागुन १५ गते राति बसेको प्रतिनिधि सभा बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी...
हामीले चौधौं गणतन्त्र दिवस मनाइरहँदा गणतन्त्रको उत्कट अभिलाषा राखेका तर गणतन्त्र देख्न नपाएका नेपाली वाम आन्दोलनका चर्चित नेता क. मदन भण्डारीबारे चर्चा गर्नु सान्दर्भिक हुनेछ । नेपालको वाम आन्दोलनलाई दिशानिर्देश...
दोस्रो जनआन्दोलन सम्पन्न भएपछिको सम्बोधनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भनेका थिए, ‘मेरो जीवन प्रजातन्त्रको लडाइँमै सकियो, नयाँ पुस्ताले फेरि प्रजातन्त्रको लागि आन्दोलन गर्न नपरोस् !’ ...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...