जेठ १४, २०७९
नेपालीको प्रतिव्यक्ति आय १३८१ डलर पुगेको छ । आर्थिक वर्ष ०७८/७९ को आर्थिक सर्वेक्षण अनुसार नेपालीको आय एक वर्षमा १०.८ प्रतिशतले बढेको हो । यसअघि आर्थिक वर्ष ०७७÷७८ मा १२४६ डलर रहेको प्रतिव्यक्ति आय चालु आ...
काठमाडाैं | माघ ९, २०७८
चालु आर्थिक वर्षको पहिलो ६ महिनमा (साउनदेखि पुससम्म) मात्रै नेपालमा साढे २५ अर्ब रूपैयाँभन्दा बढीको मोबाइल फाेन भित्रिएको छ ।
हरेक महिना करीब साढे ४ अर्ब मूल्य बराबरको मोबाइल आयात हुँदा पनि नेपाली बजारमा मोवाइलको माग धान्न धौधौ पर्नेगरेको व्यवसायीहरू बताउँछन् ।
भन्सार विभागको तथ्यांकअनुसार, गएको ६ महिनामा मात्रै २५ अर्ब ६२ करोड ९२ लाख ५३ हजार रुपैयाँको मोबाइल आयात भएको छ ।
त्यसलाई मासिक रूपमा हिसाब गर्ने हो भने औसमतमा हरेक महिना ४ अर्ब २७ करोड रूपैयाँको मोबाइल फोन नेपालले आयात गर्दै आएको छ ।
यस वर्षको ६ महिनामा ३५ लाख थान मोवाइल नेपाल भित्रिएको भन्सार विभागको तथ्यांक छ । यो गत वर्षको सोही अवधिको भन्दा एक लाख १९६ थान कम हो ।
तर, मूल्यको हिसाबमा भने अघिल्लो वर्षको तुलनामा यस वर्ष मोबाइल फोनको आयात बढेको छ ।
यस वर्षको ६ महिनामा गत वर्षभन्दा ४ अर्ब ९९ करोड ८९ लाख ३१ हजार रूपैयाँ बढीको मोवाइल सेट आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।
गत आर्थिक वर्षको पहिलो ६ महिनामा २० अर्ब ६३ करोड ३ लाख रुपैयाँको मोवाइल फोन आयात भएको थियो ।
गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो ६ महिनामै २४.२३ प्रतिशतले मोवाइल फोनको आयात बढेको हो ।
हरेक महिना आयात भएका मोबाइल फोन त्यही महिनामा बिक्री भइसक्ने व्यवसायीहरू बताउँछन् । बैंक तथा वित्तीय क्षेत्रमा लगानी योग्य पुँजी (तरलता) कम भएका कारण आउनुपर्ने जति मोबाइल फोन आउन नसकेको मोबाइल आयात संघका अध्यक्ष दीपक मल्होत्रा बताउँछन् ।
‘मोबाइल फोन जति आए पनि बिक्री भइहाल्छ । स्टकमा रहँदैन । बैंकिङ प्रणालीमा तरलता अभाव हुँदा त्यसको असर मोबाइलको ब्यापारमा पनि परेको छ’, मल्होत्राले भने, ‘ग्राहक खर्च गरिहाल्न तयार नभएको कारण दुई महिनादेखि मोबाइलको व्यापार पनि स्लो–डाउन छ ।’
दैनिक उपभोग्य बस्तुहरूमा नेपालको परनिर्भरता बढ्दै गइरहेको चिन्ता व्यक्त भइरहेको अवस्थामा विलाशिताको साधन मानिने मोबाइल फोनको आयात पछिल्लो समयमा आश्चर्यजनक रूपमा बढ्दै गएको छ ।
सस्ता मोबाइलको तुलनामा महंगो मूल्य पर्ने मोबाइल फोन आयातको संख्या पनि दिनप्रतिदिन बढिरहेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।
फिचर वा बार फोन भन्दा स्मार्ट फोनमा ग्राहकको ध्यान केन्द्रित भएको हुँदा महंगा मोबाइलको बिक्री पनि बढी हुने गरेको व्यवसायीहरू बताउँछन् ।
महंगा मोबाइलले बढायो कारोबार
पछिल्लो समय स्मार्ट फोनको प्रयोगकर्ता बढेका छन् । कोरोना महामारीका कारण शिक्षण संस्थाहरूले अनलाइको माध्यमबाट पढाउन थालेकाले पनि ग्राहक स्मार्ट फोन किन्न बाध्य भएका थिए ।
अर्कोतर्फ, युवा पुस्ताले नयाँ फिचरको फोनमा रूची राख्ने हुँदा महंगा मोबाइलको कारोबार बढिरहेको व्यवसायीहरू बताउँछन् ।
व्यवसायी मल्होत्रा भन्छन्, ‘मोबाइल फोन जति धेरै महंगो भयो त्यति धेरै फिचर हुन्छ । यसो हुँदा आवश्यकता र पहुँच अनुसार मोबाइल बोक्ने जमातको रोजाइ पनि महंगोतर्फ गएको छ ।’
उनका अनुुसार नयाँ सुविधा मोवाइल फोन बजारमा आउनसाथ मोवाइल फेर्ने समूह ठूलो रहेको छ । मोबाइल फोन निर्माता कम्पनीले सार्वजनिक गरेदेखि नै बुकिङ गरेर कुरेर बस्ने समूह पनि रहेको उनले बताए ।
नेपालमा सामसुङ मोबाइलको आधिकारिक बिक्रेता आइएमएस ग्रुपका अध्यक्षसमेत रहेका मल्होत्राका अनुसार हालसम्म नेपालमा भित्रिएको महंगो मोबाइल सामसुङको जेड फोल्ड–३ हो । ५१२ जिबि स्टोरेज क्षमता भएको यो मोबाइलको मूल्य २ लाख २९ हजार रूपैयाँ छ ।
यो मोबाइल नेपाली बजारमा आएको तीन महिना मात्रै भयो । तीन महिनामै जेड फोल्ड–३ मोवाइल १८ सय वटा बिक्री भइसकेको उनले बताए ।
उनका अनुसार, यो मोबाइल नेपाली बजारमा आउनु अघि नै एक हजार वटा बुकिङ भइसकेको थियो । मोबाइल नेपाली बजारमा आएपछि पनि थप ८ सय वटा बिक्री भइसकेको उनले बताए ।
मोबाइल ‘चिप’को अभावले आउनै छाड्यो सस्ता फोन
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा मोबाइलमा प्रयोग हुने ‘चिप’को अभावले सस्ता फोन आउन छोडेको मोबाइल एशोसिएसनका सचिव तथा न्यूरोडका मोबाइल व्यापारी मुकुन्द बास्कोटाले बताए ।
उत्पादक कम्पनीले मोबाइलमा प्रयोग हुने चिप महंगा फोनमा प्रयोग गर्न स्टोर गर्ने गरेका कारण अन्तर्राष्ट्रिय बजारमै अभाव हुने गरेको छ । जसले गर्दा सस्ता फोन उत्पादन पनि कम हुने गरेका छन् ।
‘फिचर फोनमा प्रयोग हुने चिप स्मार्ट फोनमा प्रयोग हुँदा राम्रो नाफा आउने भएकाले उत्पादक कम्पनीले महंगा मोबाइलमै प्रयोग गर्छन । त्यसो हुँदा सस्तो फोन उत्पादन हुनै छाडिसक्यो’, बास्कोटाले भने ।
बास्कोटाका अनुसार बजारमा अहिले फिचर फोनको अभाव छ । त्यसैगरी, १० देखि २० हजार रूपैयाँसम्म मूल्यका मोबाइल फोन पनि अभाव देखिएको छ ।
‘ग्राहकले १५ हजार रुपैयाँसम्मको मोबाइल फोन किन्ने मनस्थिति बनाएर गएको छ भने कि त फर्कनुपर्छ होइन भने २० हजार रुपैयाँ वा त्यसभन्दा माथिको फोन किन्नुपर्ने बाध्यता छ’, बास्कोटाले भने ।
गत वर्ष भन्दा एक लाख थान कम मोवाइल फोन भित्रदा पनि मूल्यको आकार बढ्को कारण नै अन्तर्राष्ट्रिय बजारमा चिपको अभावलाई मान्न सकिने व्यवसायीहरूको भनाई छ ।
बास्कोटाका अनुसार, बजारमा अहिले सबैभन्दा बढी बिक्री हुने मोबाइल २५ देखि ३० हजार रुपैयाँका छन् ।
नेपालीको प्रतिव्यक्ति आय १३८१ डलर पुगेको छ । आर्थिक वर्ष ०७८/७९ को आर्थिक सर्वेक्षण अनुसार नेपालीको आय एक वर्षमा १०.८ प्रतिशतले बढेको हो । यसअघि आर्थिक वर्ष ०७७÷७८ मा १२४६ डलर रहेको प्रतिव्यक्ति आय चालु आ...
चालू आर्थिक वर्ष २०७८/७९ मा अघिल्लो आर्थिक वर्षको तुलनामा अर्थतन्त्रको वृद्धिदर सामान्य रूपमा सुधार भएको छ । अर्थमन्त्री जनार्दन शर्माले शनिबार संसदमा पेश गरेको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण अनुसार, यस वर्ष नेपाल...
सरकारले पेट्रोलियम पदार्थमा कर घटाउने निर्णय गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्रप्रसाद बडूले शुक्रवारको संसदको बैठकमा १० जेठको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा कर घटाउने प्रस्तावला...
नेपालको अर्थतन्त्रको आकार ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । अर्थ मन्त्रालयले शनिवार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८÷७९ को आर्थिक सर्वेक्षण अनुसार कुल गार्हस्थ्य उत्पादन (उपभोक्ता मूल्यमा) नेपालको...
सरकारले सञ्चालन गरेका विभिन्न क्षेत्रका ४४ वटा सार्वजनिक संस्थानमध्ये १९ वटा घाटामा सञ्चालित भएका छन् । आर्थिक वर्ष २०७७/७८ मा जम्मा २२ वटा संस्थान मात्रै नाफामा रहेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको संस्थानहरूको वा...
नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशतमा सीमित हुने भएको छ । सरकारले चालू आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक बृद्धि गर्ने लक्ष्य राखेको थियो । तर, सरकारको लक्ष्यअनुसार आर्थिक बृद्धि हुन सकेन् । अर्थमन्त्रालयले शनिवार सार्वज...
हामीले चौधौं गणतन्त्र दिवस मनाइरहँदा गणतन्त्रको उत्कट अभिलाषा राखेका तर गणतन्त्र देख्न नपाएका नेपाली वाम आन्दोलनका चर्चित नेता क. मदन भण्डारीबारे चर्चा गर्नु सान्दर्भिक हुनेछ । नेपालको वाम आन्दोलनलाई दिशानिर्देश...
दोस्रो जनआन्दोलन सम्पन्न भएपछिको सम्बोधनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भनेका थिए, ‘मेरो जीवन प्रजातन्त्रको लडाइँमै सकियो, नयाँ पुस्ताले फेरि प्रजातन्त्रको लागि आन्दोलन गर्न नपरोस् !’ ...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...