
ल्याटीन ए.बी.एसको ब्रान्ड एम्बेसडरमा चर्चित युट्युब भ्लगर राज कुमार थापा मगर नियुक्त भएका छन् ।
मङ्गलवार राजधानीमा आयोजित कार्यक्रममा ल्याटीन ए.बी.एसका संस्थापक तथा प्रबन्धक विकल्प चौलागाई र राजकुमार थापाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
युट्युब भ्लगर मगरले आफूले कम्पनीको राम्रो र विश्वसनीयताका कारण ब्राण्ड एम्बेस्डरको रुपमा आवद्ध भएको प्रतिक्रिया दिएका छन् ।
काठमाडौ कपन तेन्जीङ्गचोकमा कम्पनीले दुई पांग्रे सवारी साधनको मर्मतको सुविधा दिँदै आएको छ ।