०१ साउन २०८३, शुक्रबार

ताप्लेजुङमा कोरोना विरुद्धको बुस्टर डोज लगाउने तयारी

ताप्लेजुङमा कोरोना विरुद्धको बुस्टर डोज लगाउने तयारी

ताप्लेजुङमा शनिवारदेखि कोरोना विरुद्धको कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुस्टर डोज लगाइने भएको छ ।

कोभिशिल्ड खोप लगाएको ६ महिना समय पुगेकालाई बुस्टर डोज दिन लागिएको हो ।

जिल्लामा ६० वर्षभन्दा माथि उमेर समूहका, दीर्घरोगी, अग्रपंक्तिमा खटिने र सामाजिक कार्यमा अग्रसर हुनेलाइ प्राथमिकता दिएर बुस्टर डोज लगाउने तयारी भएको जिल्ला खोप अनुगमन तथा व्यवस्थापन समितिले जनाएको छ ।

नगरपालिका–४ वडा कार्यालय र तोक्मेडाँडामा प्रत्येक शनिवार नियमित खोप सञ्चालन गर्ने र खोप केन्द्रहरूमार्फत बुस्टर डोज दिइने स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त प्रमुख राजकुमार पोखरेलले बताए ।

salt training

कमेन्ट गर्नुहोस्