
नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले लाइटडिउटी डिउटी ट्रक सेग्मेन्टमा फोटोन अमार्क मार्च महिनामा नेपालमा ल्याउने तयारी गरेको छ ।
एमएडब्लु वृद्धि ले मार्चको पहिलो साता फोटोन अमार्क नेपालमा ल्याउने जानकारी दिएको छ ।
ट्रक भन्ने वित्तिकै ठूला र धेरै भारबहन गर्न सक्ने साधनको रुपमा आम मानिसले बुझ्दै आएको पाइन्छ । तर, अहिले बजारमा लाइट ट्रक सेग्मेन्टमा उपलब्ध साधनमा धेरै व्यवसायीले रुची देखाउन थालेका छन् ।
फोटोनको आउँदै गरेको अमार्क ट्रक उत्कृष्ट पावर र आकर्षक डिजाइनको लागि चर्चित रहेको छ । फोटोन अमार्कमा क्याविनको डिजाइन पनि उत्कृष्ट रहेको छ । यसलाई फोटोनले अत्याधुनीक फिचरले सुसज्जीत रहेको छ ।
यो ट्रकमा २.८ लिटर क्षमताको टर्बो चार्ज्ड डिजेल, वाटर कुलिङ इन्जिन दिइएको छ । यसमा रहेको इन्जिनले अधिकतम १०२ हर्सपावर र २२५ न्यूटन मिटर टर्क जेनरेट गर्छ ।यसका साथै ड््यास बोर्डमा माउन्ट भएको गियर लिभरले लामो समयको यात्रामा पनि सजिलो एंव थकानमुक्त महसुस गराउँछ । यसको भरपर्दाे एंव विश्वसनीय इन्जिन, गियर बक्स, क्राउन र च्यासिसको सम्योजनले समस्टिमा न्युन मर्मत खर्च गराउँछ र यो जस्तै गाडीहरुको श्रेणीमा यसलाई उत्कृप्ट रोजाईको गाडी बनाउँछ ।
ठूलो लोड बडी, ४१३० केजी को अधिकतम् भार बहन क्षमता, सर्वोत्कृष्ट माइलेज र मजबुत इन्जिन, गियर बक्स, क्राउन र च्यासिस भएको यो कम्प्याक्ट ट्रक, न्यून सञ्चालन खर्चमा सवारी धनीलाई अधिकतम मुनाफा हुने गरी निर्माण गरिएको छ । यसमा अति साँघुरो गल्लीमा पनि सजिलै मोड्न मिल्ने मात्र ५.५ मिटरको टर्निङ्ग सर्कल रेडियस छ । यसमा भएको केवल सिफ्ट मेकानिज्म र ५–स्पीड गीयर बक्सले सहज एवं भन्झटमुक्त यात्रा सुनिश्चित् गर्दछ ।
नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले पिकअप टुनल्यान्ड ई, टुनल्यान्ड एस जी, १९-सिट क्षमताको भ्यान भ्यु सीएस२ एल, १६-सिट क्षमताको भ्यान भ्यु सीएस२ र १५-सिट क्षमताको भ्यान भ्यु सी २ का साथै विभिन्न प्रकारका एम्बुलेन्स बेच्दै आएको छ ।