
नेपालका लागि जीपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले पुरानो गाडीलाई एक्सचेन्ज गरेर २०२२ जीप कम्पास खरिद गर्न चाहने ग्राहकका लागि आजबाट देशव्यापी रुपमा जीप एक्सचेन्ज इभेन्ट, ‘अपग्रेड योर एड्भेन्चर’ शुरू गरेको छ ।
यो एक्सचेन्ज इभेन्टमा ग्राहकले आफ्नो जुनसुकै ब्रान्डको पुरानो गाडीको बजारमा सबैभन्दा उच्च मूल्य पाउनुका साथै स्पट फाइनान्सिङको सुविधा पाउनेछन् । साथै, ग्राहकले एक वर्षका लागि निःशुल्क इन्स्योरेन्स, एक वर्षका लागि निःशुल्क सडक कर र एसेसोरिज पाउनेछन् ।
यसबीच, एमएडब्लु लाइफले २०२२ कम्पासका सबै मोडेल अधिकतम ७० प्रतिशत फाइनान्सिङ र १२ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने भएको छ । जीपले मात्र २४ घन्टामा लोन स्विकृत गरी ग्राहकलाई जीप डेलिभरी गर्ने व्यवस्था पनि मिलाएको छ ।
यसै वर्षको शुरुमा जीपको नयाँ कम्पास सार्वजनिक गरिएपछि प्रिमियम एसयुभी सेग्मेन्टमा जीपको विक्री उल्लेखनीय रुपमा बढेको छ ।
यो आर्थिक वर्षको मध्यसम्म आइपुग्दा जीपले यो सकारात्मक गतिलाई कायमै राखेको छ ।
जीप कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र मोडेल एस गरी चार ट्रिममा उपलब्ध छ जसको मूल्य ८७ लाख ९० हजारदेखि एक करोड ३९ लाख ९० हजार रुपैयाँसम्म छ ।
नयाँ कम्पास १.४ लिटरको पेट्रोल र २.० लिटरको डिजेल इन्जिनमा उपलब्ध छ ।
पेट्रोल इन्जिनले १६३ एचपी पावर र २५० एनएम टर्क उत्पन्न गर्छ भने डिजेल इन्जिनले १७० एचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्छ ।
जीपको लेजेन्डरी ४ बाई ४ सिस्टम भने डिजेल भेरियन्टमा उपलब्ध छ जसमा अटो, स्नो, स्यान्ड र मड गरी चार मोड उपलब्ध छ ।
एमएडब्लुले लाइफले नेपाल बजारमा कम्पासबाहेक र्यांग्लर, र्यांगलर अनलिमिटेड, ग्रान्ड चेरोकी र ग्लेडियटर उपलब्ध गराउँदै आएको छ ।