११ असार २०८३, बिहीबार

कैलालीका बन्द विद्यालय फागुन १ गतेदेखि खोल्न पाइने

कैलालीका बन्द विद्यालय फागुन १ गतेदेखि खोल्न पाइने

कोरोना महामारीले बन्द रहेका कैलाली जिल्लास्थित विद्यालयहरू फागुन १ गतेदेखि सञ्चालन हुने भएका छन् ।

जिल्ला संकट व्यवस्थापन केन्द्र कैलालीको बुधवार बसेको बैठकले फागुन १ गतेदेखि भौतिक रूपमा विद्यालय सञ्चालन गर्न सकिने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम लगायतका शैक्षिक संस्था सञ्चालनको हकमा कोभिड विरुद्धको खोप लगाएको सुनिश्चित गरी फागुन १ गतेदेखि स्वास्थ्य मापदण्ड अवलम्बन गरी सञ्चालन गर्न सकिने भएको छ तर १२ वर्षभन्दा कम उमेर समूहका विद्यार्थीको हकमा सम्बन्धित विद्यालयले उपयुक्त वैकल्पिक विधि अपनाई कक्षा सञ्चालन गर्न सक्ने निर्णय भएको सूचना अधिकारी जोशीले जानकारी दिए । 

खोप लगाउन छुटेका १२ वर्षमाथिका विद्यार्थीको हकमा अविलम्ब खोप लगाउने व्यवस्था मिलाउन सम्बन्धित स्थानीय तह, स्वास्थ्य कार्यालय र सम्बन्धित विद्यालयलाई अनुरोध गर्ने निर्णय भएको उनले बताए ।

कैलालीमा कोभिड विरुद्धको पूर्ण खोप अभियानको पुस मसान्तसम्मको लक्ष्य ६६ प्रतिशत रहेकोमा शतप्रतिशत लक्ष्य हासिल भएको जिल्ला प्रशासन कार्यालयले जनाएका छ । जसलाई मध्यनजर गरी सबै क्षेत्रमा खुकुलो पार्दै जाने बताइएको छ ।

विभिन्न प्रकारका गोष्ठी, सेमिनार, समीक्षा बैठक जस्ता क्रियाकलाप सञ्चालन गर्दा सकेसम्म भर्चुअल माध्यमबाट गर्नुपर्ने बताइएको छ । भौतिक रूपमा उपस्थित भई गर्नुपर्ने भएमा तोकिए अनुसारको जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी बढीमा ५० जना (कोभिड विरुद्धको खोप लगाएका) मात्र सहभागी रहने गरी सञ्चालन गर्नुपर्ने निर्णय भएको सूचना अधिकारी जोशीले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्