
स्वस्थ रहनका लागि नियमित जुस पिउने गर्नुपर्छ । जुस पिउँदा शरीरले ताजा अनुभव गर्छ अनि आवश्यक सबै तत्त्व पनि उपलब्ध गराउँछ ।
यहाँ हामी उखुको रसका फाइदाको चर्चा गर्नेछौं ,
स्वास्थ्यविद्हरूका अनुसार, जन्डिस लाग्दा उखुको रस पिउनुपर्छ । यसले शरीरलाई छिटो निको हुन सहायता गर्छ ।
उखुको रसमा ग्लाइसिमिक इन्डेक्स एकदमै कम हुन्छ । मधुमेहका रोगीहरूले पनि यसलाई पिउँदा फरक पर्दैन ।
दिनदिनै उखुको रस पिउँदा मांसपेशी र हाडहरू बलियो हुन्छन् ।
यसले इम्युनिटी बढाउन पनि सहायता गर्छ । रुघा, खोकी, ज्वरो र अन्य मौसमी रोग लाग्नबाट यसले जोगाउँछ ।
उखुको रसले शरीरमा जम्मा भएको अतिरिक्त बोसोलाई डढाउन मद्दत गर्छ । यसले शरीरलाई राम्रो आकार दिन्छ ।
यसमा पोटेसियम हुन्छ जसले गर्दा पाचन प्रणाली सही रहन्छ । पेटमा हुने संक्रमणबाट पनि यसले बचाउँछ । कब्जियत हुनेहरूले उखुको रस पिउनु लाभदायक हुन्छ ।
उखुको रसमा अल्फा हाइड्रोक्सी र ग्लाइकोलिक एसिड हुन्छ । यसले छालालाई गहिरो गरी सफा गर्छ र पोषण दिन्छ । रगत सफा गर्ने हुनाले उखुको रस पिएपछि अनुहारमा प्राकृतिक ग्लो आउँछ ।