
सरकारले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) आज संसद्मा टेबल गर्ने तयारी गरेपछि एमसीसीको विरोधमा विभिन्न समूहले संसद् भवनबाहिर प्रदर्शन शुरू गरेका छन् ।
सरकारले संसद्मा एमसीसी अगाडि बढाउने तयारी गरेसँगै नेकपा माओवादी केन्द्र र नेकपा एसका भ्रातृ संगठनले बुधवारदेखि नै प्रदर्शन गर्दै आएका थिए ।
गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा सडकमा उत्रिएको छ भने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सहितका वामपन्थी दलहरूले पनि विरोध गरिरहेका छन् ।
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, देशभक्त गणतान्त्रिक मोर्चा लगायतका संगठन पनि सडक आन्दोलनमा उत्रिएका छन् ।
बुधवार र शुक्रवार बानेश्वर क्षेत्रमा झडप भएको थियो । प्रदर्शनका कारण बानेश्वर आसपासको यातायात प्रभावित बनेको छ ।
विगतको तुलनामा आइतवार बानेश्वर क्षेत्रमा प्रदर्शनकारी आक्रोशित बनेका छन् ।
नेकपा एसको भातृ संगठनले सडकमा ‘एमसीसी स्वाहा’, ‘एमसीसीमा हस्ताक्षर गर्ने दलाल स्वाहा’ भन्दै होम समेत गरेको छ ।
हेर्नुहोस्, थप तस्वीरहरू :








