×

NMB BANK
NIC ASIA

एमसीसी अनुमोदनको सन्दर्भ

कांग्रेस जोड्ने 'रसायन' एमसीसी : गगनको परिपक्वता परीक्षण, देउवालाई जस

फागुन १६, २०७८

NTC
Premier Steels

अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता अनुमोदन गर्ने या नगर्ने भन्ने विषयलाई लिएर देश नै राजनीतिक ध्रुवीकरणमा जाँदै थियो ।

Muktinath Bank

सरकारमा सहभागी दल नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादी भित्र हलचल पैदा भयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

व्याख्यात्मक घोषणासहित संसदबाट एमसीसी अनुमोदन भइसकेपछि पनि वामपन्थी दलमा परकम्प रोकिएको छैन । 


Advertisment
Nabil box
Kumari

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ‘व्याख्यात्मक घोषणा’सहितको प्रस्तावको नाममा एमसीसी अनुमोदन गरिएको भन्दै आपत्ति जनाएका छन् । 

Vianet communication

नेकपा एसका सम्मानित नेता झलनाथ खनालले पनि ‘व्याख्यात्मक घोषणा’को हैसियतमाथि प्रश्न उठाइरहेका छन् । 

सरकारमा सहभागी अर्को घटक जनता समाजवादी पार्टी (जसपा)भित्र पनि एमसीसीले ध्रुवीकरण निम्त्याएको थियो । डा. बाबुराम भट्टराई पक्षमा र उपेन्द्र यादव विपक्षमा थिए । ‘व्याख्यात्मक घोषणा’पछि जसपा पनि माओवादी केन्द्र र नेकपा एसजस्तै पक्षमा उभियो । 

सत्ता गठबन्धनमा सहभागी सानो वामपन्थी दल राष्ट्रिय जनमोर्चाले गठबन्धन नै छाडेको घोषणा गरेको छ ।

गत जेठ ८ गते दोस्रोपटक भएको प्रतिनिधि सभा विघटनविरुद्ध पाँच दल सर्वोच्च अदालत गएका थिए । त्यो बेलादेखि राष्ट्रिय सभा निर्वाचनसम्म सहकार्य गरेको गठबन्धन अब चार दलीय गठबन्धन बनेको छ । 

सत्ता साझेदार दलहरूमा एमसीसीका कारण विवाद र झमेला निम्तिँदा सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसलाई भने यो पार्टीलाई एकताबद्ध बनाउने नयाँ रसायन बनेको छ । 

भर्खरै सम्पन्न १४ औं महाधिवेशनका क्रममा भएको प्रतिस्पर्धाले दुई खेमा जस्तो देखिएको कांग्रेसलाई एमसीसीले जोड्ने काम गरेको छ ।

महत्त्वपूर्ण कुरा कांग्रेस महाधिवेशनका क्रममा देउवासँग प्रतिस्पर्धा गरेका नेताहरू नै एमसीसी पारित गर्ने निर्णायक बैठकमा मुख्य भूमिकामा देखा परे ।

प्रतिनिधि सभामा भएको छलफलका क्रममा डा. शेखर कोइराला प्यानलबाट महामन्त्री लडेका गगन थापा र डा. मीनेन्द्र रिजालले सरकार र एमसीसीको प्रतिरक्षा गरे । 

कोइराला समूहकै नेता डा. रामशरण महतले एमसीसीको पक्षमा वकालत गरे । र, सांसदहरूलाई प्रशिक्षण दिने काम गरे ।

देउवालाई अर्को सफलता

एमसीसी संसदबाट अनुमोदन गर्ने प्रक्रियामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले अर्को सुझबुझपूर्ण कदम लिएका छन् । कुनै पनि हालतमा एमसीसी अनुमोदन गर्ने मिसन बनाएका देउवाले सत्ता गठबन्धन र प्रतिपक्षी दल दुवैसँग समानान्तर ढंगले संवाद अगाडि बढाएर एक अर्कालाई दबाबमा पार्ने काम गरे । 

गठबन्धनका नेताहरूलाई दबाबमा राख्न देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

नेकपा एसको स्थायी कमिटी बैठकमा अध्यक्ष माधव नेपालले देउवा ओलीसँग मिल्न थालेकाले एमसीसीको पक्षमा उभिनुपर्ने बाध्यता आइलागेको बताएका थिए । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतवार बिहान खुमलटारमा बसेको बैठकमा सभामुख र माधव नेपालका १४ सांसद हटाउने तयारी रोक्न एमसीसीको पक्षमा उभिनुपरेको सुनाए ।

देउवाले ओलीसँग वार्ता अघि बढाएपछि प्रचण्ड र नेपाल गलेको विश्लेषण भइरहेको छ । 

एमसीसी पारित भएपछि आइतवार राति नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भनेका थिए, ‘प्रधानमन्त्री देउवा नहतारिएको भए उहाँहरू (प्रचण्ड–नेपाल)ले व्याख्यात्मक घोषणाविना नै एमसीसीमा ल्याप्चे लगाउनु हुनेथियो । ’

सरकारमा रहेका कम्युनिस्टविरुद्ध प्रतिपक्षमा रहेको अर्को कम्युनिस्ट पार्टीसँग छलफल बढाएर देउवाले एमसीसी पारित गराएरै छाडे ।

‘प्रधानमन्त्रीको चाहना गठबन्धन बचाएरै एमसीसी पास गर्ने थियो । गठबन्धनमा सहमति नभए प्रतिपक्षी दललाई विश्वासमा लिएर भएपनि पारित गर्ने विकल्पमा छलफल गरिराख्नुभएको थियो,’ नेपाली कांग्रेसका एक नेताले लोकान्तरसँग भने, ‘देउवाको सुझबुझका कारण एमसीसी पनि पारित भयो र गठबन्धन पनि कायम रह्यो ।’ 

एमसीसी प्रकरणलाई लिएर वर्तमान गठबन्धन भत्कियोस् भन्ने प्रतिपक्षी दलको चाहना थियो । गठबन्धन भत्किँदा चुनावमा एमाले हावी हुने देउवाको विश्लेषण छ । अहिले गठबन्धन भत्किए प्रतिनिधि सभा चुनावसम्म वामपन्थी दलहरू मिल्छन् भन्ने आशंकामा उनी देखिन्छन् ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत देउवाको परिपक्वता र धैर्यताका कारण एमसीसी पारित भएको बताउँछन् । ‘एमसीसी परियोजना पारित गर्ने क्रममा हाम्रो पार्टी सभापति, देशका प्रधानमन्त्री आदरणीय शेरबहादुर देउवाजीको सुझबुझपूर्ण, परिपक्वता र धैर्यताले यो बिन्दुमा समझदारीका साथ यो परियोजनालाई संसदबाट पारित गर्ने आधार तयार भयो,’ महतले भने । 

गगन थापाको सफलता 

एमसीसी संसदबाट अनुमोदन गराउने क्रममा कांग्रेस महामन्त्री गगन थापाको भूमिकाको पनि कांग्रेसजनमा प्रशंसा भइरहेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटदेखि सत्ता गठबन्धनको बैठकसम्ममा गगन थापा सक्रिय थिए । 

फागुन ५ गते बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा गगनले नै एमसीसीबारे व्याख्यात्मक घोषणा सहितको प्रस्ताव पारित गर्ने विषय प्रवेश गराएका थिए । भलै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यस्तो प्रस्ताव पारित गरौं भनेर नेकपाको सरकार रहँदा नै आफूले कुरा उठाएको सोमवार आएर दाबी गरेका छन् । 

बाहिर हेर्दा ‘हार्डलाइनर जस्तो र भित्र सहमतिका लागि विकल्प सहितको प्रस्ताव’ ल्याएर गगनले एमसीसीलाई सेफल्यान्डिङ गराएका छन् । फागुन १० गते प्रचण्डको गृहजिल्ला चितवन पुगेर उनले एमसीसीको विपक्षमा मतदान गर्ने र फेरि यही गठबन्धनमा कायम रहने भन्ने कुरा सम्भव नहुने बताए । 

प्रतिनिधि सभामा एमसीसी टेबुल भइसकेपछि नेकपा माओवादी, नेकपा एस र जसपाका दोस्रो तहका प्रभावशाली नेताहरूसँग अनौपचारिक छलफल गरेर ‘व्याख्यात्मक घोषणा’बारे सहमति जुटाउने कोशिश गरे । दोस्रो तहका नेताहरूले पार्टी अध्यक्षसँग छलफल गरेपछि मध्यमार्गी विकल्पमा सहमति भयो । 

एमसीसी पारित हुने दिन आइतवार प्रतिनिधि सभा बैठकमा एमालेका भीम रावलले एमसीसीको समर्थन गर्नेहरू देशद्रोही र गद्दार भनेर आरोप लगाएपछि गगनले सदनमा सेन्टिमेन्टल भाषण गरे– राष्ट्रघात भएको भए मलाई मुण्डन गरेर थानकोट कटाउनू ।

गगनको भाषणले एमसीसीको प्रतिरक्षा गर्ने कांग्रेस कार्यकर्तालाई बल पुग्यो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय सिवाकोटी व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन हुनुमा गगन थापाको भूमिका महत्त्वपूर्ण रहेको बताउँछन् । 

‘अहिलेका समकक्षी नेताहरूसँग बैठकमा सँगै बसेर र विद्यार्थी राजनीति गर्ने समयमा समकालीन नेताहरूसँग 'ट्र्याक टु'मार्फत वार्ता गरेर सहमतिका लागि प्रयास भयो’ सिवाकोटीले लोकान्तरसँग भने, ‘गठबन्धन जोगाउन र एमसीसी पारित गर्नमा गगन थापासहितको टीमले महत्वपूर्ण भूमिका खेल्यो ।’

एमसीसी पारित भएपछि सोमवार आफ्नो निवासमा आयोजित पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष प्रचण्डले विज्ञहरूको सल्लाहमा व्याख्यात्मक घोषणा ल्याइएको दाबी गरेका थिए । प्रचण्डले अन्तर्राष्ट्रिय कानूनका ज्ञाता सूर्य सुवेदी, डा. अर्जुनबहादुर थापा र गोविन्द बन्दीको नाम लिए । 

स्रोतका अनुसार गगन थापासहितको टोलीसँग कुरा गरेपछि विज्ञहरूले प्रचण्डलाई यसबारे बुझाएका थिए । 

‘आफूले छिटो बुझ्ने र अरूलाई बुझाउने क्षमता भएका कारण विज्ञहरूले पनि गगन थापासँग कुरा गर्न सहज माने,’ स्रोतले भन्यो, ‘प्रचण्डले नाम लिएका विज्ञहरूले पनि पहिला गगनसँग कुरा गरेर वैकल्पिक प्रस्तावको सुझाव दिएका हुन् ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x