×

NMB BANK
NIC ASIA

मिडियाको निरन्तरको निगरानी, मतदाताको खबरदारी र आलोचनापछि सांसदहरूले संसद्मा उपस्थिति बढाएको पाइएको छ । तर, दलका शीर्ष र प्रभावशाली नेताले भने अझै पनि संसद्का बैठकलाई कम महत्त्व दिएको देखिन्छ । 

Muktinath Bank

संघीय संसद् सचिवालयले लोकान्तरलाई उपलब्ध गराएको विवरणमा बजेट अधिवेशनमा सांसदको उपस्थिति बढेको पाइएको हो । २०८० माघ २२ गते शुरू भई २०८१ वैशाख २ गतेसम्म चलेको संसद् अधिवेशनमा ३९ जना सांसद पूरै बैठकमा उपस्थित भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लोकान्तर डट्कमले २०७५ सालदेखि नै प्रतिनिधिसभाको प्रत्येक अधिवेशनको हाजिरी विवरणको विश्लेषणात्मक समाचार प्रकाशन गर्दै आएको छ । 


Advertisment
Nabil box
Kumari

बजेट अधिवेशनमा केही सांसदले महिनामा एक दिन पनि हाजिरी नगरी महिनाभरको तलब भत्ता बुझेको समाचार लोकान्तरले प्रकाशित गरेको थियो । 

Vianet communication

संसद् बैठकमा सांसदको हाजिरी न्यून भएपछि बैठकमा नियमित उपस्थित हुन सभामुख देवराज घिमिरेले दलहरूसँग आग्रह गरेका थिए । गणपूरक संख्या नपुगेर बैठक स्थगित हुने अवस्था आएपछि सभामुखले सांसदलाई नियमित उपस्थित गराउन ताकेता गरेका थिए ।

सांसदहरू गयल भएको भन्दै आलोचना भएपछि सम्बन्धित दलले आफ्ना सांसदलाई नियमित उपस्थित हुन निर्देशन दिएका थिए । 

विधेयक अधिवेशन भनेर चिनिने हिउँदे अधिवेशनमा एउटा मात्र विधेयक पारित भएको थियो । 

सबै बैठकमा लगातार उपस्थित हुने ३९ जना

माघ महिनामा शुरू भई वैशाखमा सकिएको संसद्को हिउँदे अधिवेशनमा २३ दिन बैठक बसेका थिए । माघ महिनामा २, फागुनमा ८, चैतमा १२ र वैशाखमा १ दिन गरी २३ दिन बैठक चलेका थिए । 

संसद् सचिवालयले लोकान्तरलाई उपलब्ध गराएको विवरणअनुसार सांसद अम्बिका बस्नेत, असिम साह, इन्दिरा राना, ईश्वरी घर्ती, ईश्वरीदेवी न्यौपाने र कृष्णगोपाल श्रेष्ठ २३ वटै बैठकमा उपस्थित भएका छन् । गणेश पराजुली, छिरिङ डम्डुल लामा (भोटे), दयालबहादुर शाही, दीपक खड्का, दीपा शर्मा, देवराज घिमिरे, नारायणी शर्मा, निशा डाँगी, पूर्णबहादुर घर्ती, प्रतीक्षा तिवारी र प्रेम सुवाल संसदका सबै बैठकमा उपस्थित भएका छन् । 

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, सांसदहरू माधव सापकोटा, मीना तामाङ, मैना कार्की, रघुजी पन्त, रमा कोइराला पौड्याल, रामकुमार राई, रामहरि खतिवडा, रुक्मिणी राना बराइली, रूपा सोसी चौधरी र लालवीर चौधरी पनि संसद्का सबै बैठकमा उपस्थित भएका छन् । 

विनिताकुमारी सिंह, शान्ति श्रेष्ठ, शोभा ज्ञवाली, सरस्वती सुब्बा, सीता मिजार, सूर्यकुमारी श्रेष्ठ, सूर्यबहादुर थापा क्षेत्री, संगीता मण्डल धानुक, हितराज पाण्डे, ज्ञानु बस्नेत सुवेदी र ज्ञानेन्द्रबहादुर पनि कार्की २३ वटै बैठकमा उपस्थित भएका छन् । 

null

‘हाजिरीमा बाहानाबाजी चल्दैन’

संसद्का सबै बैठकमा उपस्थित भएका एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले संसदीय मामिलाको गतिविधिलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए । 

‘जनप्रतिनिधिको मुख्य काम कानून बनाउने र सरकारलाई जवाफदेही बनाउने हो । जब सांसद बैठकमा नियमित उपस्थित हुँदैन, उसको मुख्य भूमिका कमजोर भइहाल्छ’ बर्तौलाले लोकान्तरसँग भने, ‘हामीले सबै सांसदलाई संसद् र संसदीय समितिको बैठकमा नियमित उपस्थित हुने, छलफलमा भाग लिनेलगायत संसदीय मामिलाका गतिविधिलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिएका छौं ।’

संसद् बैठकमा अनुपस्थित हुने सांसदले निर्वाचन क्षेत्रमा जान परेको बहाना गर्ने गरेका छन् । एमाले प्रमुख सचेतक बर्तौलाले निर्वाचन क्षेत्रमा जाने बहानामा संसद् बैठक छल्न नमिल्ने बताए । 

‘तपाईंसँग कुरा गर्दा (सोमबार अपराह्न) म निर्वाचन क्षेत्र (मकवानपुर)मै छु । निर्वाचन क्षेत्रमा जान परेको भनेर म संसद्मा जनाने भन्ने हुँदैन, कुनै पनि मतदाताले संसद् बैठकमा नगएर हामीलाई भेट्न आऊ भन्नुहुन्छजस्तो लाग्दैन ।’ 

संसद् बैठकमा लगातार उपस्थित हुने नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा बैठकमा उपस्थित हुने कुरालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउँछन् । 

‘संसद् बैठकमा हाजिर हुने सँगसँगै संसदीय समिति चलाउनु पर्ने जिम्मेवारी रहेकाले संसदीय गतिविधिलाई केन्द्रमा राखेर काम गरेको छु,’ राज्य व्यवस्था समिति सभापति समेत रहेका खतिवडाले लोकान्तरसँग भने, ‘संसद्मा उपस्थित हुने र निर्वाचन क्षेत्रमा जाने विषयलाई सन्तुलन मिलाएर काम गरिरहेको छु ।’

वैशाख २ गते प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले लगातार १० बैठकमा अनुपस्थित हुने सांसदको बिदा स्वीकृत गराउने समयमा सांसद खतिवडाले लगातार १० बैठकमा उपस्थित हुनेको नाम पनि सार्वजनिक गर्न माग गरेका थिए । 

संघीय संसद् सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले विगतका अधिवेशनको तुलनामा सांसदको उपस्थिति बढेको बताए ।

‘संसद्ले क्यालेन्डर बनाएर बैठक बस्ने मिति तोकेपछि सांसदहरूलाई अन्य कार्यक्रमको व्यवस्थापन गर्न सहज भएको बुझ्न सकिन्छ । दोस्रो कुरा, यो अधिवेशनमा दलहरूले सांसदलाई ह्वीप लगाएका कारण पनि उपस्थिति बढ्यो,’ धमलाले लोकान्तरसँग भने, ‘तपाईंहरू लगायत मिडियाले निरन्तर लेखेपछि स्वयं सांसदहरूमा पनि बैठकमा नियमित उपस्थित हुनुपर्छ र छलफलमा भाग लिनुपर्छ भन्ने जागरण पैदा भएको देखियो ।’

शीर्ष नेतामा को कति उपस्थित ? 

बिरामी भएर अनुपस्थितिको सूचना दिएकी मनोरमा शेरचन र अस्वस्थ रहेका राप्रपा सांसद दीपक बोहोरालाई अपवाद मान्दा कम उपस्थित हुने सांसदमा कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेसकै सांसद डिगबहादुर लिम्बू छन् । 

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलको संसदीय दलका नेता समेत रहेका देउवा अधिवेशनमा २३ मध्ये मात्र ६ बैठकमा उपस्थित भएका छन् । संसदीय व्यवस्थालाई आदर्श मान्ने संसद्को सबैभन्दा ठूलो दल कांग्रेसका सभापति देउवा माघ महिनामा पूरै गयल छन् भने फागुनमा ३, चैतमा २ र वैशाखमा १ दिन उपस्थित भएका थिए । देउवा अधिवेशन चलेको समयमा विदेश या आफ्नो निर्वाचन क्षेत्रमा पनि गएका थिएनन् ।

nullप्रतिनिधिसभाको दोस्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २३ मध्ये १२ वटा बैठकमा उपस्थित भएका छन् । ओली चैत महिनामा ७, फगुनमा ३ तथा माघ र वैशाख महिनामा एक–एक दिनका बैठकमा उपस्थित थिए । 

प्रतिनिधिसभाको तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ६ वटा बैठकमा उपस्थित भएका छन् । 

संसद् बैठक सञ्चालनका लागि एकजना मन्त्री उपस्थित हुनु अनिवार्य भएपनि प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको उपस्थितिलाई बाध्यकारी मानिएको छैन । 

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल २३ मध्ये २२ बैठकमा उपस्थित भएका छन् । 

गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछाने प्रतिनिधिसभामा १४ बैठकमा उपस्थित भएका छन् । सहकारी ठगीमा संलग्न रहेको भन्दै कांग्रेसले संसद्मा गृहमन्त्री लामिछानेविरुद्ध संसदीय छानबिनको माग गर्दै आएको छ । संसद्को पाँचौ ठूलो दल राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन १२ वटा बैठकमा उपस्थित भएका छन् । उपप्रधान एवं स्वास्थ्य मन्त्री समेत रहेका जसपा अध्यक्ष उपेन्द्र यादव १० वटा बैठकमा उपस्थित भएका छन् ।

कांग्रेस महामन्त्री गगन थापा २३ मध्ये १८ बैठकमा उपस्थित भएको संसद् सचिवालयले उपलब्ध गराएको हाजिरी विवरणमा उल्लेख छ । अर्का महामन्त्री विश्वप्रकाश शर्मा ९ वटा बैठकमा मात्र उपस्थित भएका छन् । 

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का १० बैठकमा उपस्थित भएका छन् । अर्का उपाध्यक्ष धनराज गुरुङ १६ बैठकमा उपस्थित भएको सचिवालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ । यसअघि संसद्मा निकै कम उपस्थित भएका कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौर ९ वटा बैठकमा उपस्थित भएका छन् । 

जनमत पार्टीका अध्यक्ष डा. सीके राउत ९ बैठकमा उपस्थित भएका छन् भने लोसपा अध्यक्ष महन्थ ठाकुर १८ बैठकमा उपस्थित भएका छन् । जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी १८ वटा बैठकमा उपस्थित भएका छन् ।

एमाले सचेतक सुनिता बराल २१ बैठकमा उपस्थित भएकी छिन् । कांग्रेस सचेतक सुशीला थिङ २२ बैठकमा उपस्थित भएकी छिन् । रास्वपा सांसद डा. तोसिमा कार्की २२ वटा बैठकमा उपस्थित भएकी छिन् भने रास्वपाकै अर्की सांसद सोविता गौतम २० बैठकमा उपस्थित भएकी छिन् । कृषि समितिको सभापति समेत रहेकी कांग्रेस सांसद डा. आरजु देउवा ८ वटा बैठकमा मात्र उपस्थित भएको तथ्यांकमा उल्लेख छ ।​​​​

पढ्नुहोस्, यो पनि:​

EXCLUSIVE : महिनामा एकदिन पनि हाजिर नभई देउवा, माधव, स्वर्णिमसहित ३७ सांसदले पचाए तलब

महिनामा एकदिन पनि हाजिरी नगरी सांसदले बुझे तलब, नयाँ भनिएका पनि औसत !

हेर्नुहोस्, हाजिरी विवरण :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x