![भूकम्पले छियाछिया बनाएको खलंगा र मक्किएका भवन [ड्रोनबाट खिचिएका १३ तस्वीर]](https://lktcdn2.prixacdn.net/media/jajarkot_drone6_5W52jVLhcb.jpg)
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।
बाँचेकाहरू शोक र पीडामा छन् ।

केन्द्रविन्दु रहेको जाजरकोटमा सबैभन्दा धेरै मानवीय र भौतिक क्षति भएको छ । जिल्लाका अधिकांश कच्ची घर भत्किएका छन् ।
भूकम्पले जिल्ला सदरमुकाम खलंगामा पनि भौतिक क्षति गरेको छ । सदरमुकामका केही कच्ची घरहरू भत्किएका छन् ।
हेरौं ड्रोनबाट खिचिएका सदरमुकाम खलंगाका तस्वीरहरू:










