२३ असार २०८३, मंगलबार

बीएमडब्ल्यूले गर्‍यो आफ्नो कार संसारभरि सबभन्दा बढी बिकेको दाबी

फागुन २२, २०७८
बीएमडब्ल्यूले गर्‍यो आफ्नो कार संसारभरि सबभन्दा बढी बिकेको दाबी

जर्मन कार कम्पनी बीएमडब्ल्यूले प्रतिस्पर्धी मर्सिडिज बेन्जलाई पछि पार्दै आफ्नो कार संसारमा सबभन्दा बढी बिकेर आफू पहिलो स्थानमा कायम रहेको दाबी गरेको छ । 

पुस २८ गते एक प्रेस विज्ञप्ति जारी गरेर बीएमडब्ल्यूले यस्तो दाबी गरेको हो । 

बीएमडब्ल्यूले सन् २०२१ मा २५ लाखभन्दा बढी कार बिक्री भएको बताएको छ । आफ्ना प्रतिस्पर्धीहरूभन्दा अघि रही बीएमडब्ल्यूले प्रतिवर्षको बिक्रीको हिसाबमा सन् २०२१ मा ८.४ प्रतिशतको वृद्धि हासिल गरेको हो । 

बीएमडब्ल्यूले बनाएको पूर्ण विद्युतीय कारले सन् २०२० को तुलनामा दोब्बर बिक्री भएको छ । सन् २०२१ मा बीएमडब्ल्यूका कुल १ लाख ३ हजार ८ सय ५५ कार विद्युतीय कार बिक्री भएका छन् । 

कोरोनाभाइरस महामारीका कारण विश्वभरि आपूर्ति शृंखलामा देखिएको समस्याको सन्दर्भमा विचार गर्ने हो भने बीएमडब्ल्यूको यो सफलता प्रशंसायोग्य छ । महामारीको समयमा संसारभरिका कार कम्पनीहरूले सेमीकन्डक्टरको अभावको समस्या बेहोर्नुपरेको थियो । 

आधुनिक कार निर्माणमा सेमीकन्डक्टर अपरिहार्य वस्तु हो । कार कम्पनीहरूलाई सेमीकन्डक्टर चिप सहजै उपलब्ध नहुँदा समस्या परेको अवस्थामा समेत बीएमडब्लयूले यस बाधालाई छिचोल्दै ग्राहकहरूको विश्वास जित्न सफल भएको देखिन्छ । बीएमडब्ल्यू कारको भारी बिक्रीले त्यसलाई प्रमाणित गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्