
जगदम्बा स्टील्सले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात शुरू गरेको छ ।
कम्पनीले जगदम्बा स्टील्सका उत्पादनहरू, जगदम्बा सुपर शाइन र ग्याल्भा प्लस रोमानिया, युएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमारमा उच्च मागका साथ आपूर्ति हुन थालेको छ ।
जगदम्बा स्टील्सले केही समय अगाडि मात्रै ‘सीआर सिट एंड कोइल्स’हरू दक्षिण पूर्वी, मध्य पूर्वी एसियाली देशहरु तथा दक्षिण अफ्रिकामा निर्यातको थालनी गरेको थियो ।
‘नेपाली उत्पादन तेस्रो देशमा निर्यात गर्ने पहिलो कम्पनीका रुपमा स्थापित हुन पाउँदा हामी निकै गौरवान्वित छौँ,’ जगदम्बा सुपर साइन र ग्याल्भा+को तेस्रो देश निर्यात थालनीबारे कम्पनीले भनेको छ ।