०४ साउन २०८३, सोमबार

उम्मेदवार हुन चाहने जनप्रतिनिधिले पदबाट किन राजीनामा दिनुपर्ने ? यसो भन्छ निर्वाचन आयोग

उम्मेदवार हुन चाहने जनप्रतिनिधिले पदबाट किन राजीनामा दिनुपर्ने ? यसो भन्छ निर्वाचन आयोग

स्थानीय तह निर्वाचन आचारसंहिताको दफा २६ अनुसार उम्मेदवार हुन चाहने जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने भएको छ । 

आयोगका प्रवक्ता शालिग्राम पौडेलले चुनावमा सबै उम्मेदवारलाई समान मैदान उपलब्ध गराउन सकियोस् भन्ने उद्देश्यले उक्त प्रावधान राखिएको बताएका हुन् ।

अहिले बहालवाला प्रतिनिधिले राज्यको स्रोत साधनको दुरुपयोग गर्न सक्ने हुनाले पनि उक्त प्रावधान राखिएको उनको भनाइ छ । 

मनोनयनपत्रमा पनि लाभको पदमा छैन, सार्वजनिकरुपमा पदाधिकारी छैन भनेर स्वःघोषणासमेत गर्नुपर्ने हुनाले उनीहरूले पदबाट राजीनामा दिएर उम्मेदवारी दिनुपर्ने प्रावधान राखिएको उनले बताए ।

जम्माजम्मी २०/२१ दिनको लागि मात्र पदबाट राजीनामा दिनुपर्ने उनको भनाइ छ । 'सम्पूर्ण पालिका नै रिक्त हुन्छ भन्ने हुँदैन, त्यहाँ रहेका स्थायी कर्मचारीतन्त्रबाट काम हुने हुनाले नयाँ निर्वाचित प्रतिनिधि नआउँदासम्म सेवाग्राहीको सेवामा असर पर्दैन,' उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्