११ साउन २०८३, सोमबार

उम्मेदवार बन्न राजीनामा दिनुपर्ने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चबाट अन्तरिम आदेश

उम्मेदवार बन्न राजीनामा दिनुपर्ने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चबाट अन्तरिम आदेश

आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्ने जनप्रतिनिधिले पदबाट राजीनामा गर्नुपर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
 
सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलका अनुसार न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले कारण देखाऊ आदेशसहित कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
 
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले सोमवार दर्ता गराएको रिटमाथि मंगलवार सुनुवाइ भएको थियो ।

चुनावअघि जनप्रतिनिधिले राजीनामा दिँदा स्थानीय तह जनप्रतिनिधिविहीन हुने भएकाले निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा राखेको प्रावधान हटाउनुपर्ने माग गर्दै शेर्पाले रिट दर्ता गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्