०३ साउन २०८३, आइतबार

अब कर्णालीमै मिर्गौला प्रत्यारोपण सेवा शुरू गरिने

अब कर्णालीमै मिर्गौला प्रत्यारोपण सेवा शुरू गरिने

कर्णालीमा मिर्गाैला प्रत्यारोपण सेवा शुरूआत गरिने भएको छ ।

यस सम्बन्धी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र कर्णाली प्रदेश अस्पताल सुर्खेतबीच बिहीवार सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले हस्ताक्षर गरेका छन् । 

प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्राडा खड्काले चालु आर्थिक वर्षभित्र प्रदेश अस्पताल सुर्खेतमा मिर्गौला प्रत्यारोपण कार्य शुरू गर्ने गरी सम्झौता भएको जानकारी दिए । 

प्रदेश अस्पतालअन्तर्गतका अस्पतालमा डायलासिस सेवा विस्तार गर्नेजस्ता सम्झौता भएको जनाइएको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर कालागाउँस्थित प्रदेश अस्पताल सुर्खेतले विशेषज्ञ र ठूला खालका सेवा शुरू गर्ने पहल र योजनाले कर्णालीवासीमा खुशी छाएको छ ।

कर्णाली सरकारको एकमात्र ठूलो स्वास्थ्य संरचना प्रदेश अस्पतालले सेवामा बढोत्तरी गर्दै लगेपछि यहाँका नागरिकको आफ्नो स्वास्थ्य सुरक्षाको अधिकार सुनिश्चित हुने आशा गरेका छन् ।

पहिलोपटक कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट जटिल खालको मानव अंग प्रत्यारोपण सेवा शुरू हुने भएपछि मिर्गौला रोगीले सहजै उपचार पाउने र आर्थिक भार कम हुनेछ ।

अब उनीहरूले मिर्गौला उपचारको सेवा प्रदेश बाहिरबाट लिनुपर्ने बाध्यता हट्ने प्रदेश अस्पतालले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्