२२ असार २०८३, सोमबार

पोखरामा टिभिएस एन्टर्क राइड, ९३ जनाले जनाए सहभागीता

पोखरामा टिभिएस एन्टर्क राइड, ९३ जनाले जनाए सहभागीता

टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले पोखरामा आफ्नो पहिलो एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।

गत चैत्र १२ गते शनिबार आयोजना भएको उक्त राइड पोखराको नयाँबजार स्थित बतास ब्रदसको टिभिएस शोरुमबाट शुरु भएर लेकसाइड, हेम्जा हुँदै नौडाँडा स्थित हिमालयन देउराली रिसोर्ट सम्म पुगेको थियो । र त्यहाँ सहभागिहरू बीच विभिन्न मनोरन्जनात्मक र अन्तरक्रियात्मक कार्यक्रमहरू गरिएको थियो । 

राइडमा टिभिएस एनटर्कका ९३ जना राइडरहरू सहभागि रहेको जगदम्बा मोटर्सकी स्कुटर सेगमेन्ट हेड करुणा पुडासैनीले जानकारी दिइन् । टिभिएस एनटर्कका राइडरहरूबीच आत्मीयता बढाउन तथा ग्राहक र कम्पनी बीचको सम्बन्ध थप प्रगाढ बनाउन राइड सफल भएको उनले बताइन् । 

उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरूका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । नेपालमा टिभिएस एनटर्क ५० हजार बिक्री भएको अवसरमा राइड आयोजना गरिएको हो । राइडमा सहभागीहरूबीच विभिन्न मनोरञ्जनात्मक खेलहरू खेलाइएको थियो । विजेतालाई बतास व्रदर्शका सिओओ राजेश रानाभाटले पुरस्कार वितरण गरेका थिए ।

राइडमा प्रसिद्ध मोटो भ्लगर सुरक्षा केसि र पोखराका अरु मोटो भ्लगर्सहरूको पनि सहभागिता  रहेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्